Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

खाद्य पदार्थ आयात निर्यात एवं एस.पि.एस. सम्बन्धी कार्यक्रम.

मोरंग व्यापार संघमा खाद्य पदार्थ आयात निर्यात एवं सेनिटरी एण्ड साइटो–सेनिटरी (एस.पि.एस.) सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

आज मिति २०७६ कार्तिक २४ गते, आइतबारका दिन मोरंग व्यापार संघ र नेपाल सरकार, खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय, विराटनगरको संयुक्त आयोजनामा ‘खाद्य पदार्थ आयात निर्यात एवं सेनिटरी एण्ड साइटो–सेनिटरी (एस.पि.एस.)सँग सम्बन्धित सरोकारवालाहरुसँग अन्तरकृया कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय विराटनगरका तर्फबाट एस.पि.एस. सम्झौता र खाद्य पदार्थ आयात निर्यात सम्बन्धी नेपालको विद्यमान व्यवस्था बारे कार्यपत्र प्रस्तुत गरिएको थियो ।

प्रस्तुतिपश्चात् खाद्य पदार्थ आयात निर्यातमा उद्योग व्यवसायीहरुले हाल रुट लेवलमा भोगिरहेका समस्याहरु बारे उठान गरेका थिए ।

कार्यक्रममा परफेक्ट फुडस् प्रा.लि.का तर्फबाट संदिप बगडियाले आफ्नो उत्पादनको परिक्षण गराउँदा खाद्य विभाग र अन्य निकायको रिपोर्ट फरक पर्नुका कारण उत्पादनमा कटौती गर्नु परेको गुनासो गर्नु भएको थियो ।

त्यसैगरी वि.के.मसला उद्योगका तर्फबाट बिबेक अग्रवाल र महेश खाद्य उद्योगका तर्फबाट महेश राठीले खाद्य पदार्थ आयात गर्दा सबै निर्यातकर्ताको हकमा नेपाल सरकारबाट इजाजत पत्र लिनु पर्ने प्रावधानका कारण आयात गर्न समस्या हुने गरेको जानकारी गराउनु भएको थियो ।

त्यसैगरी मोरंग व्यापार संघका पूर्व का.का. सदस्य एवम् उद्योगी पियुष तोदीले सरकारको विधमान नीतिले धान भन्दा चामल आयात प्रोत्साहित भई स्थानीय उद्योगहरु धरासायी भएको, रोजगारीमा ह्रास आएको र मुलुकको व्यापार घाटामा समेत प्रत्यक्ष असर परेको बताउनु भएको थियो । साथै, सरकारका आन्तरिक नन टेरिफ बेरियरहरुका कारण उद्योगहरुमा थपिएका व्यय भार अन्ततः उपभोक्तामै पर्ने हुँदा त्यस तर्फ सरकारले ध्यान पु¥याउनु पर्ने बताउनु भई कार्यक्रममा उठान भएका विषयहरु सम्बन्धीत विभागसम्म पु¥याई दिन खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालयका कार्यालय प्रमुख अनुप हलुवाईलाई आग्रह गर्नु भएको थियो ।

कार्यक्रममा संघका महासचिव अनिल कुमार साह, का.का. सदस्य अमित सारडा लगायत विभिन्न उद्योग प्रतिष्ठानबाट पाल्नु भएका उद्योगी–व्यवसायीहरुले आ–आफ्नो स्तरमा भोगिरहेका समस्याहरुबारे अवगत गराउनु भएको थियो ।

कार्यक्रममा खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालयका कार्यालय प्रमुख अनुप हलुवाईले नेपाल डब्लु.टि.ओ. को सदस्य भएकाले नेपालमा पनि एस.पि.एस.लागु भएका कारण सो बारे जानकारी गराउन यस किसिमको जनचेतनामुलक कार्यक्रम राखिएको बताउनु भएको थियो । साथै, कार्यक्रममा उठान भएको विषयवस्तुहरु सम्बन्धीत विभाग/मन्त्रालयसम्म पु¥याई निराकरणका लागि भरपुर पहल गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।

अन्त्यमा, संघका वरिष्ठ उपाध्यक्ष नविन रिजालले खाद्य पदार्थ आयात निर्यात सम्बन्धी कतिपय प्रकृयाहरु काठमाडौंमै केन्द्रित रहेका कारण व्यवसायिक जटिलता झेल्नु परिरहेकोले त्यस्ता कार्यहरु स्थानीय स्तरका सम्बन्धीत निकायहरुमा विकेन्द्रितिकरण गर्नु पर्नेमा जोड दिनुभएको थियो । साथै, सम्बन्धीत निकायहरुले कार्यक्रम गरेर समस्या सुन्ने मात्र नभई निराकरणका लागि पनि छिटो छरितो ढंगले विशेष कदमहरु चाल्नु पर्ने बताउँदै कार्यक्रमको समापन गर्नु भएको थियो ।

कार्यक्रममा खाद्य पदार्थ आयात निर्यात एवम् एस.पि.एस.सँग सम्बन्धित उद्योगी व्यवसायीहरुका साथै विराटनगर भन्सार कार्यालयका प्रतिनिधि लगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।