Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal
1. Notice dated 2079.05.10 – Customs Office, Biratnagar – Auction
Read More

2. Notice dated 2079.04.17 – Customs Office, Biratnagar – Auction
Read More

3. 2078.11.03 – संघको माग प्रति भारतीय केन्द्रीय मन्त्रीको आश्वासन, एक महिना भित्रै नयाँ पुल संचालन गरिने

२०७८ फागुन ३ गते, मंगलबार, मोरंग व्यापार संघले बथनाहा–जोगबनी सडक खण्डमा पर्ने परमान नदीमा निर्मित नयाँ पुलको शिघ्र संचालनका लागि विगत एक महिना देखि उठाउँदै आएको माग प्रति भारतीय सडक, परिवहन तथा राजमार्ग मन्त्री माननीय नीतिन गड्करीज्यूले सकारात्मकता दर्शाउँदै आगामी एक महिना भित्र सो पुल पूर्ण रुपमा संचालनमा ल्याउने गरी कार्य अघि बढाउन आफूले निर्देशन […]

Read More

4. 2078.11.01 – संघीय र प्रदेश सरकारका पूर्व मन्त्रीहरु समक्ष समस्या समाधानार्थ संघको पहल

आज मिति २०७८ फागुण १ गते, आइतबार, मोरंग व्यापार संघका अध्यक्ष श्री नवीन रिजालज्यूले ने.क.पा. एमालेका महासचिव एवं पूर्व अर्थ मन्त्री माननीय विष्णु पौडेलज्यूसँग भेटघाट गर्नु भई विराटनगर नाका जोड्ने भारतको बथनाहा–जोगबनी खण्डमा अवस्थित मीरगञ्ज पुलको विकल्पमा संघको पहलमा निर्मित नयाँ पुलको अस्थायी संचालनका लागि भारतका सम्बन्धित निकायहरुमा पहल गरिदिन अनुरोध गर्दै ज्ञापन पत्र बुझाउनु […]

Read More

5. 2078.10.26 – विराटनगर नाका जोड्ने नवनिर्मित पुलको अस्थायी संचालनका लागि संघद्वारा भारतको विभिन्न निकायमा पत्राचार

आज मिति २०७८ माघ २६ गते, बुधबार, विराटनगर नाका जोड्ने भारतको बथनाहा–जोगबनी खण्डमा अवस्थित मीरगञ्ज पुलको समानान्तरमा संघको पहलमा निर्माणाधिन नयाँ पुललाई अस्थायी रुपमा तत्कालै संचालनमा ल्याउन मोरंग व्यापार संघले भारतका विभिन्न निकायहरुमा पत्राचार गरेको छ । संघले आज भारतका प्रधानमन्त्री, सडक, पारवहन तथा राजमार्ग मन्त्री, विहार सरकारका मुख्य मन्त्री, सडक निर्माण मन्त्री, कला तथा […]

Read More

6. 2078.10.21 – भारतीय मन्त्रीको आमन्त्रणमा संघको टोली भारतको पटनामा

आज मिति २०७८ माघ २१ गते, शुक्रबार मीरगञ्ज पुलको समस्या समाधान तथा विराटनगर नाकासम्मको आवागमन सुचारु गराउन पहल गरी रहेको मोरंग व्यापार संघलाई भारतीय मन्त्रीले आमन्त्रण गरी विहारको राजधानी पटनामा भेटघाट गरेका छन् । भारतका विभिन्न अधिकारीहरु समक्ष समस्या निराकरणका लागि पहल गरिरहनु भएका अध्यक्ष श्री नवीन रिजालज्यू सहितको टोलीलाई भारतको विहार राज्यका कला, संस्कृति […]

Read More

7. 2078.10.20 – विराटनगर नाकासम्मको आवागमन सुचारु गराउन भारतीय अधिकारीहरु समक्ष संघको पहल

आज मिति २०७८ माघ २० गते, बिहीबार मोरंग व्यापार संघका अध्यक्ष श्री नवीन रिजालज्यूको नेतृत्वमा संघको टोलीले मीरगंज पुलको समस्या निराकरण एवं सम्भावित वैकिल्पक मार्गहरु मार्फत विराटनगर नाकासम्मको आवागमन सुचारु गराउने विषयमा भारतको अररिया स्थित विभिन्न भारतीय अधिकारीहरुसँग प्रत्यक्ष भेटघाट गरी ज्ञापन पत्र बुझाएको छ । अध्यक्ष श्री नवीन रिजालज्यू सहित सचिव श्री संजय श्रेष्ठज्यू, […]

Read More

8. 2078.10.18 – रेल्वे यार्ड निर्माण कार्य शिघ्र सम्पन्न गर्न संघको पहल

आज मिति २०७८ माघ १८ गते, मंगलबार मोरंग व्यापार संघका अध्यक्ष श्री नवीन रिजालज्यू सहित पदाधिकारीज्यूहरु र कार्यसमिति सदस्यज्यूहरुले विराटनगरको आई.सी.पी. स्थित निर्माणाधिन रेल्वे यार्डको निरीक्षण गर्नु भएको छ । संघको विगतका निरन्तर पहलबाट थालनी भएको आई.सी.पी.को निर्माण कार्य अन्तरगत हाल आई.सी.पी., विराटनगर संचालनमा आई सकेको छ भने सो सम्मको रेल्वे यार्डको निर्माण कार्य अन्तिम […]

Read More

9. 2078.10.13 – मोरंग व्यापार संघको ३३औं कार्यसमिति गठन,
अध्यक्षमा श्री नवीन रिजाल सहित पदाधिकारीहरु निर्विरोध निर्वाचित

आज मिति २०७८ माघ १४ गते, बिहीबार, मोरंग व्यापार संघको ३३औं कार्यकारिणी समितिको पदाधिकारी निर्वाचन एवं कार्यसमिति गठन कार्य सफलतापूर्वक सम्पन्न भएको छ । ३२औं कार्यसमितिका अध्यक्ष श्री प्रकाश मून्दडाज्यूको अध्यक्षतामा संघमा आयोजित सो पदाधिकारी निर्वाचनबाट संघको ३३औं का.का. समितिको अध्यक्ष पदमा श्री नवीन रिजालज्यू निर्विरोध निर्वाचित हुनु भएको छ भने वरिष्ठ उपाध्यक्षमा श्री अनुपम […]

Read More

10. 2078.09.20 – संघको ३३औं कार्यकारिणी समिति सदस्य पदको निर्वाचन सम्पन्न

आज मिति २०७८ पौष २० गते, मंगलबार मोरंग व्यापार संघको ३३औं कार्यकारिणी समितिको सदस्य पदको निर्वाचन कार्यक्रम सम्पन्न भएको छ । निर्वाचन आयोग, मोरंग व्यापार संघले जनाए अनुसार संघको ३३औं कार्यकारिणी समितिको सदस्य पदको निर्वाचनमा उम्मेदवारहरुको नामावली उपर कुनै दावी विरोध नपरेको, कसैले उम्मेदवारी फिर्ता नलिएको तथा संघको विधान, नियमावली अनुसारको वाणिज्य तर्फ ८ जना […]

Read More

11. Election Notice
Read More

12. 2078.07.28 – ६५औं साधारण सभाको सूचना

मोरंग व्यापार संघको ६५औं वार्षिक साधारण सभाको सूचना प्रकाशित मितिः २०७८/०७/२८ – न्यू सृष्टि दैनिक – पेज १

Read More

13. 2078.07.18 – ६५औं वार्षिक साधारण सभाको सूचना

मोरंग व्यापार संघको ६५औं वार्षिक साधारण सभाको सूचना प्रकाशित मितिः २०७८/०७/१८ – उद्घोष दैनिक – पेज ४

Read More

14. 2078.07.09 – सिंघिया पुल जिर्णोद्वारका लागि संघको ज्ञापन पत्र

आज मिति २०७८ कार्तिक ९ गते, मंगलबार मोरंग व्यापार संघले विराटनगरको हाटखोला स्थित जिर्ण अवस्थामा रहेको सिंघिया पुलको यथाशिघ्र जिर्णोद्वार गरिनु पर्ने माग राख्दै जिल्ला प्रशासन कार्यालय, मोरङलाई ज्ञापन पत्र बुझाएको छ । संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यूको नेतृत्वमा गएको टोलीले जिल्ला प्रशासन कार्यालय, मोरङका प्रमुख जिल्ला अधिकारी श्री काशिराज दाहालज्यू समक्ष सो ज्ञापन पत्र […]

Read More

15. Monetary Policy 2078-79

Monetary Policy 2078-79 published by Nepal Rastra Bank on 2078.04.29

Read More

16. 2078.04.26 – ६५औं वार्षिक साधारण सभाको सूचना:

मोरंग व्यापार संघको ६५औं वार्षिक साधारण सभाको सूचनाप्रकाशित मितिः २०७८/०४/२६ – उद्घोष दैनिक – पेज १

Read More

17. 2078.04.11 – ६५औं वार्षिक साधारण सभाको सूचना:

मोरंग व्यापार संघको ६५औं वार्षिक साधारण सभाको सूचना: प्रकाशित मितिः २०७८/०४/११ – न्यू सृष्टि दैनिक – पेज १

Read More

18. 2078.03.22 – मोरंग व्यापार संघद्वारा ट्रेड युनियनहरुसँग छलफल

आज मिति २०७८ आषाढ २२ गते, मोरंग व्यापार संघले मोरङ–सुनसरी कोरिडोरका ट्रेड युनियन प्रमुख एवं प्रतिनिधिज्यूहरुसँग भेटघाट गरी छलफल गरेको छ । संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यूको अध्यक्षतामा सामाजिक दुरी कायम गरी आज संघमा आयोजित उक्त भेटघाट तथा छलफल कार्यक्रममा मोरङका टे«ड युनियनका प्रमुख एवं प्रतिनिधिहरुलाई अध्यक्ष श्री मून्दडाज्यूले संघमा स्वागत गर्नु भई मोरङ–सुनसरी कोरिडोरका […]

Read More

19. 2078.02.01 – मोरंग व्यापार संघको हार्दिक अपिल

कोभिड १९ (दोश्रो लहर)को संक्रमण नेपालमा पनि तिब्र गतिले फैलिरहेकोमा त्यसको रोकथाम एवं नियन्त्रणार्थ सरकारले विभिन्न स्थानहरुमा निषेधाज्ञा लागू गरेतापनि हाल अस्पताल तथा स्वास्थ्य चौकीहरुमा संक्रमितहरुको चाप अत्याधिक रुपले बढेको, संक्रमितहरुको अवस्था जटिल बन्दै गएको, उपचारका सामग्रीहरुको अभावमा मृत्युदर बढेको एवं मानव जीवन रक्षा चुनौतिपूर्ण बन्दै गईरहेको अवस्थालाई मध्येनजर गरी यस संघले संक्रमितहरुका निम्ति आवश्यक […]

Read More

20. 2078.01.30 – मोरंग व्यापार संघको अपिल तथा अनुरोध

मुलुकमा हाल कोभिड १९ (दोश्रो लहर)को संक्रमण समुदायस्तरमा तिब्र गतिमा फैलिरहेकोमा त्यसको रोकथाम, नियन्त्रण र समयमै स्वास्थ्योपचारका कार्यहरु शिघ्रताका साथ अघि बढाउनु पर्ने आवश्यक रहेसँगै सरकारले हाल विभिन्न स्थानहरुमा निषेधाज्ञा जारी गरेतापनि अस्पताल तथा स्वास्थ्य चौकीहरुमा संक्रमितहरुको चाप अत्याधिक रुपले बढिरहेको अवस्था छ । हाल अत्याधिक संख्यामा रहेका संक्रमितहरुको अवस्था जटिल बन्दै गई रहेको, मृत्युदर […]

Read More

21. 2078.01.23 – मोरंग व्यापार संघको अनुरोध

कोभिड १९ (दोश्रो लहर)को संक्रमण समुदायस्तरमा तिब्र गतिमा फैलिरहेकोमा त्यसको रोकथाम, नियन्त्रण र समय मै उपचार व्यवस्थापनका कार्यहरु शिघ्रताका साथ गरिनु पर्ने आवश्यकता रहेसँगै विद्यमान विषम् परिस्थितिमा संक्रमितहरुको उपचारार्थ अस्पताल तथा स्वास्थ्य चौकीहरुमा अक्सीजनको खपत बढेको हुँदा समयमै अक्सीजन सिलिण्डरहरुको समुचित व्यवस्थापन गर्न हाल उद्योग प्रतिष्ठान र आम सर्वसाधारणहरुले जगेर्ना गरी राख्नु भएका अक्सीजन सिलिण्डरहरु […]

Read More

22. 2077.12.30 – पूर्व अध्यक्ष श्री शंकरलाल अग्रवालज्यूलाई हार्दिक बधाई
Read More

23. 2077.12.28 – उत्कृष्ट उद्योग वाणिज्य संघको रुपमा मोरंग व्यापार संघ सम्मानित

‘उद्योग वाणिज्य दिवस २०७७’ एवं नेपाल उद्योग वाणिज्य महासंघको ५५औँ वार्षिक साधारण सभाको अवसरमा १ नं. प्रदेशबाट ‘क’ वर्गको उत्कृष्ट उद्योग वाणिज्य संघको रुपमा मोरंग व्यापार संघलाई सम्मानित गरिएको छ । उद्योग, व्यापार, व्यवसायको विकास तथा प्रवद्र्धनमा उत्कृष्ट भूमिका निर्वाह गरी महत्वपूर्ण योगदान पु¥याए वापत मुलुककै जेठो उद्योग वाणिज्य संघ ‘मोरंग व्यापार संघ’लाई सम्माननीय प्रधानमन्त्री […]

Read More

24. २०७७.०८.१५ – नेपाल उद्योग वाणिज्य महासंघको नवनिर्वाचित कार्य समितिलाई हार्दिक बधाई तथा शुभकामना

नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वकालागि चुनिनु भएका अध्यक्ष श्री शेखर गोल्छाज्यू, वरिष्ठ उपाध्यक्ष श्री चन्द्र प्रसाद ढकालज्यू, उपाध्यक्षज्यूहरूः श्री दिनेश श्रेष्ठज्यू, श्री अंजन श्रेष्ठज्यू, श्री रामचन्द्र संघाईज्यू लगायत पदाधिकारीज्यूहरु र सम्पूर्ण कार्यकारिणी समितिका सदस्यज्यूहरुलाई हार्दिक वधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु । निजी क्षेत्रहरुको छाता संगठनमा वहाँहरुको नेतृत्वले निजी क्षेत्रका प्रत्येक स्तरको हकहितको […]

Read More

25. २०७७.०८.१४ – पूर्व अध्यक्ष श्री अविनाश बोहराज्यू र पूर्व वरिष्ठ उपाध्यक्ष श्री राजेन्द्र राउतज्यूलाई हार्दिक बधाई

नेपाल उद्योग वाणिज्य महासंघको ५४औँ वार्षिक साधारण सभा तथा निर्वाचनमा महासंघको कार्यकारिणी सदस्यकालागि एशोसिएट समुहबाट निर्वाचित हुनु भएका यस संघका पूर्व अध्यक्षश्री अविनाश बोहराज्यू र महासंघको प्रदेश नं. १को केन्द्रीय सदस्य पदमा निर्विरोध चयन हुनु भएका यस संघका पूर्व वरिष्ठ उपाध्यक्ष श्री राजेन्द्र राउतज्यूलाई हार्दिक बधाई ज्ञापन गर्दछौँ । साथै, महासंघमा वहाँहरुको प्रतिनिधित्वमा निजी क्षेत्रका […]

Read More

26. २०७७.०७.१९ – मोरंग व्यापार संघको कार्यकारिणी सदस्यमा महिला उद्यमी बन्दना जैन मनोनित

मुलुकको जेठो उद्योग वाणिज्य संघ, ‘मोरंग व्यापार संघ’को कार्यसमितिको सदस्य पदमा वर्धमान इण्डष्ट्रिज, विराटनगरकी संचालिका श्रीमती बन्दना जैनज्यू मनोनित हुनु भएको छ । उद्यमशिलता क्षेत्रमा महिलाको सक्षमता र पहुँचको कदर हुनु पर्ने मान्यता र महिला उद्यमीहरुलाई समेत यथोचित स्थान दिई प्रोत्साहन गर्नु पर्ने धारणा सहित अध्यक्ष मून्दडाज्यूले संघको नियमावलीको दफा १६.१ (ङ) को व्यवस्था अनुरुप […]

Read More

27. प्रदर्शनी स्थल निर्माण गर्न संघ र संगठन बीच सम्झौता

आज मिति २०७७ असार १० गते, बुधबार विराटनगर–४ स्थित सत्यनारायण मन्दिरको २ बीघा खाली जग्गा लीजमा लिई अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी स्थल निर्माण गर्न मोरंग व्यापार संघ र उद्योग संगठन मोरङबीच सम्झौता भएको छ । सम्झौता पत्रमा संघका तर्फबाट अध्यक्ष श्री प्रकाश मुन्दडाज्यू, संगठनका तर्फबाट अध्यक्ष श्री भीम घिमिरेज्यू लगायत संघ र संगठनका पूर्व अध्यक्षज्यूहरु र पदाधिकारिज्यूहरुले […]

Read More

28. स्वास्थ्य सुरक्षा सहित बजार/व्यवसाय सुचारु गर्न छलफल कार्यक्रम

स्वास्थ्य सुरक्षा सहित बजार/व्यवसाय सुचारु गर्ने बारे छलफल गर्न मोरंग व्यापार संघद्वारा छलफल कार्यक्रमको आयोजना विश्व व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९को संक्रमण नेपालमा समेत देखा पर्न गई सोको रोकथाम र नियन्त्रणकालागि नेपाल सरकारद्वारा समयमै लागू गरिएको बन्दाबन्दी (लकडाउन)लाई मुलुकभरीका उद्योगी व्यवासायीहरुले मानव जीवन रक्षा प्रति उत्तरदायी भई विगत दुई महिना भन्दा बढी […]

Read More

29. कोशी अञ्चल अस्पताललाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण

विश्व व्यापी महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाईरस (कोभिड १९) को संक्रमण नेपालमा पनि व्यापक रुपले फैलिन थालेको सन्दर्भमा त्यसको रोकथाम एवं नियन्त्रण गर्न ने.उ.वा.महासंघका संस्थापक सदस्य ‘मोरंग व्यापार संघ’ र सदस्य ‘उद्योग संगठन मोरङ’ले सरकारका स्वास्थ्य संरक्षणका हरेक कदमहरुलाई आत्मसात गरी निरन्तर रुपले सहकार्य गर्दै आएको छ । यसै सन्दर्भमा आज मिति २०७७ जेठ […]

Read More

30. प्रदेश बजेटका लागि सुझाव प्रस्तुत

आज मिति २०७७ जेठ ५ गते, सोमबारका दिन प्रदेश नं. १ सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि प्रस्तुत गर्ने बजेट नितिमा सम्बोधन गरिनु पर्ने निजी क्षेत्रका उद्योगी व्यवसायीहरुको समष्टिगत मागहरु समेट्दै मोरंग व्यापार संघ र उद्योग संगठन मोरङले संयुक्त रुपमा तयार पारेको सुझाव पत्र प्रदेश १ का मुख्यमन्त्री माननीय शेरधन राईज्यू समक्ष पेश गर्नु हुँदै […]

Read More

31. संघद्वारा बुद्ध जयन्तीमा दिपावली तथा डीआईजी कार्कीज्यूको स्वागत

आज मिति २०७७ वैशाख २५ गते, बिहीबार, बुद्धजयन्तीको शुभ अवसरमा नेपाल सरकारको आह्वानमा मोरंग व्यापार संघले आफ्नो प्राङ्गणमा सामाजिक दुरी कायम गर्दै बेलुकी ठिक ७ः०० बजे भव्य दीपावली गरेको छ । सोही अवसर पारी संघले विराटनगर सरुवा भई आउनु भएका डी.आई.जी. ईश्वर बाबु कार्कीज्यूको समेत संघमा स्वागत गरेको थियो । कार्यक्रममा संघ अध्यक्ष श्री प्रकाश […]

Read More

32. मोरंग व्यापार संघद्वारा सेनिटाइजर वितरण

आज मिति २०७६ चैत्र ९ गते, आइतबार कोरोना भइरस (कोभिड १९)को संक्रमण महामारीको रुपमा विश्वव्यापी फैलिरहेको वर्तमान परिप्रेक्ष्यमा मोरङ जिल्लाका विभिन्न स्थानहरुमा त्यसको रोक थाम र नियन्त्रण कार्यमा सहयोग पु¥याउने उद्देश्यले मोरंग व्यापार संघले आफ्ना जिल्ला भरिका ९ (नौ) वटा शाखाहरु र प्रदेश तथा जिल्ला स्तरीय पत्रकार महासंघहरुलाई आ–आफ्नो स्थानबाट वितरण गरिदिन रु. १,१०,०००।– (अक्षरेपिः […]

Read More

33. रोजगारदाता र ट्रेड युनियनका प्रमुखहरु बीच मोरंग व्यापार संघमा छलफल

आज मिति २०७६ चैत्र ६ गते मोरंग व्यापार संघमा रोजगारदाता तथा ट्रेड युनियनहरुका प्रमुखज्यू एवं पदाधिकारीज्यूहरुको उपस्थितिमा वर्तमान परिस्थितिका विभिन्न विषयहरुमाथि छलफल गरिएको छ । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड १९) बाट जोगिन मोरङ–सुनसरी औद्योगिक कोरिडोरमा अवस्थित सयौँ उद्योगहरुमा कार्यरत हजारौँ कर्मचारीहरु र श्रमिकहरुको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गरी दैनिक कार्यशैलीमा अपनाउनु पर्ने सर्तकताहरु […]

Read More

34. मुख्य मन्त्रीज्यूलाई संघको ज्ञापन पत्र

मुख्य मन्त्रीज्यूलाई संघको ज्ञापन पत्र एवं रोजगारीमूलक उद्योगहरुको विधूत आपूर्ति कटौति प्रति आपत्ति आज मिति २०७६ चैत्र ५ गते, बुधबार मोरंग व्यापार संघले प्रदेश नं. १ का मुख्य मन्त्री माननीय शेरधन राईज्यूसँग भेट गरी वर्तमान परिवेशमा निजी क्षेत्रका औद्योगिक–व्यवसायीक क्षेत्रले भोगिरहेका समस्याहरु बारे अवगत गराई ज्ञापन पत्र बुझाएको छ । संघका अध्यक्ष प्रकाश मुन्दडाज्यूको नेतृत्वमा […]

Read More

35. श्री श्याम राठी संघको वर्तमान कार्यकारिणी सदस्यमा मनोनित

अन्नपूर्ण केवलका संचालक श्री श्याम राठी मोरंग व्यापार संघको वर्तमान कार्यकारिणी सदस्यमा मनोनित मुलुककै जेठो उद्योग वाणिज्य संघ, मोरंग व्यापार संघको वर्तमान ३२औँ कार्यसमितिको सदस्य पदमा अन्नपूर्ण केवल, विराटनगरका संचालक श्री श्याम राठीज्यू मनोनित हुनु भएको छ । आज बसेको संघको का.का. बैठकमा संघका अध्यक्षज्यूले उद्योगी राठीलाई मनोनित गरिएको जानकारी सबै कार्यसमिति सदस्यहरु समक्ष गराउनु […]

Read More