Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

(Issuing Certificate of Origin)

test details


अनलाइन आवेदन


अनलाइन आवेदन


स्थानीय खाद्यान्न वस्तुहरुको दैनिक बजारभाउ संकलन तथा वितरण


(राजश्व, श्रम, कानून, मध्यस्थता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यवसायिक परामर्श आदि)


(सबै प्रकारका रोगहरुको परिक्षण तथा निःशुल्क औषधी वितरण)

संघद्वारा वि.स. २०२१ सालमा स्थापित निःशुल्क होमियो दातव्य औषधालय नियमित रुपमा संचालन हुँदै आएको छ । यसको सेवालाई अझ विस्तार गरी समयानुकूल बनाउन आधुनिक औषधालयको रुप दिई सबैलाई सेवा दिने गरेको छ । सामान्य विरामीका अलावा यस औषधालयले कृतिम अवस्थाका छाला रोग, छारे रोग, ट्युमर, सेलाटाईसिस, ग्यास्टाईसिस, वटस् (मुसा) आदि समेतको प्रभावकारी औषधोपचार गर्न सफल रहेको छ । साथै, भविष्यमा औषधालयबाट अझ सेवा दिई औषधालयलाई अझ बढी सेवाप्रदायक बनाउने योजना रहेको छ ।


(सहुलियत दरमा रगतका सबै प्रकारको परिक्षण तथा प्राथमिक स्वास्थ्य उपचार एवं परामर्श)

स्वास्थ्य क्षेत्रमा संघको गतिविधिलाई अझ विस्तार गर्ने उद्देश्यले संघले सहुलियत दरमा प्याथोलोजी सेवा सहितको प्याथोलोजी ल्याबको स्थापना गरी रगत, दिसा, पिसाव, सुगर लगायत सबै प्रकारका जाँचहरु एवं चिकित्सा सेवा समेत विशेष सहुलियत दरमा प्रदान गर्दै आएकोले यसबाट सबै वर्ग लाभान्वित हुने गरेका छन् ।


संघले आफ्ना सदस्यहरुको सुविधाकालागि आन्तरीक राजस्व कार्यालय, विराटनगरको कार्यालय हाता भित्र करदाता सहयोगी केन्द्र संचालन गर्दै आएको छ । उक्त सहयोगी केन्द्र करदाताको सुविधाकालागि आय विवरण, नयाँ पान नम्बर लिने, विवरण भर्ने, राजस्व बुझाउन भर्नुपर्ने अनलाईन फाराम लगायत अन्य सबै सेवाहरु हाल निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ र यसबाट मोरङ जिल्ला भरीका करदाताहरुले सेवा लिईरहेका छन् ।


(पानी, खाद्य वस्तु, अल्कोहलिक पेय पदार्थ, साबुन, माटो आदिको भौतिक, रसायनिक, जैविक र विषादी परिक्षण वायु तथा ध्वनीको परिक्षण)

विगतमा नेपाल सरकार र फिनल्याण्ड सरकारको संयुक्त सहयोगमा संचालित स्थानीयस्तरमा वातावरणीय प्रशासन तथा व्यवस्थापन सुदृढिकरण (सिमएन) आयोजनाको प्राविधिक सहयोगमा यस संघमा अत्याधुनिक वातावरणीय प्रयोगशालाको स्थापना भएको अवगत नै छ । सन् २०१५ जनवरीदेखि उक्त आयोजनाको अवधि समाप्त भएपछि प्रयोगशालाको व्यवस्थापनको पूर्ण जिम्मेवारी यस संघमै आएको जानकारी गराउँदै हाल सो प्रयोगशाला ‘नेपाल वातावरणीय सेवा केन्द्र’को नामले नेपाल गुणस्तर मान्यता प्राप्त गरी संचालनमा रहेको छ । उक्त प्रयोगशालाको संस्थापक एवम् व्यवस्थापकीय सदस्यको रुपमा मोरंग व्यापार संघ रहेको र सदस्यहरुमा मोरङ्ग, सुनसरी र झापाका जिल्ला समन्वय समितिहरु र विराटनगर महानगरपालिका रहेका छन् । उक्त प्रयोगशालाबाट पिउने तथा विभिन्न श्रोतहरुका पानी जस्तैः नदी, खोला, इनार, ट्युवेल तथा औद्योगिक प्रयोजन एवम् सम्पूर्ण प्रदूषित पानीको आर्सेनिक सहित भौतिक, रासायनिक तथा जैविक परीक्षण र खाद्य वस्तुहरुको समेत परिक्षण अत्याधुनिक वैज्ञानिक उपकरणहरु र दक्ष प्राविधिकहरुबाट गरिँदै आएको छ । साथै, यस प्रयोगशालाले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका वैज्ञानिक प्राध्यापकज्यूहरुको प्रत्यक्ष प्राविधिक सहयोग पाउनुका साथै त्यस क्याम्पसका विज्ञान संकायका विद्यार्थीहरुलाई अनुसन्धान एवं अध्ययन गर्न विशेष मद्दत पुर्याउदै आएको छ ।


(उद्योगहरुबाट उत्पादित वस्तुहरुको संग्रह)

संघको हाताभित्र स्थापित प्रदर्शनी कक्षमा मोरङ–सुनसरी औद्योगिक कोरिडोर र यस भेगका औद्योगिक उत्पादनहरु प्रदर्शनमा राखिएका छन् । साथै, उक्त प्रदर्शनी कक्षमा प्रदेश नं. १ का सबै उत्पादनहरु राख्ने लक्ष्य रहेकोमा
आ–आफ्नो क्षेत्रका उत्पादनहरु प्रदर्शनी कक्षमा राखी लाभ उठाउन हुन सबै महानुभावहरुमा अनुरोध गरिन्छ ।


सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तरगत विराटनगर महानगरपालिका र यस संघबीच भएको सम्झौता अनुरुप यस संघले वीरेन्द्र सभागृह छेऊ फाउन्टेन इको पार्कको निर्माण गरी सञ्चालनमा ल्याएको छ । पव्लीक प्राईभेट पार्टनरशिप (पी.पी.पी.) अवधारणा अनुरुप विराटनगर महानगरपालिकाको नीति नियम अनुसार संघद्वारा निर्माण गरिएको उक्त अत्याधुनिकस्तरको पार्क विराटनगरकै नमूना पार्कको रुपमा रहेको छ । पार्कमा स्वच्छ, शान्त, हरियाली, रमणीय वातावरण र वाल उद्यान आदिका कारण प्रत्येक दिन सयौँको संख्यामा मानिसहरुको आगमन हुने गरेको छ । संघका का.का. सदस्यहरु श्री पवन राठीज्यू र श्री देवाशिष गोल्छाज्यूको निगरानीमा पार्कको संचालन एवं व्यवस्थापन कार्य प्रभावकारी ढंगले भई रहेको छ ।


युवा स्वरोजगार कार्यक्रम अन्तरगत मोरङ जिल्लामा गठन भएको जिल्ला संयोजन तथा अनुगमन समितिबाट यो कार्यक्रम संचालन हुँदै आएको छ । श्रीमान् प्रमुख जिल्ला अधिकारीज्यूको संयोजकत्वमा रहेको उक्त समितिमा मोरंग व्यापार संघ सह–संयोजक रहेको छ ।


(राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यवसायिक तथा अन्य जानकारीमूलक पुस्तक तथा पत्र–पत्रिकाको संग्रह)

सूचना केन्द्रमा विभिन्न राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय ट्रेड डाइरेक्ट्री तथा व्यवसायसँग सम्बन्धित पुस्तक र पत्रपत्रिकाहरु उपलब्ध रहेका छन् ।


– फर्म दर्ता, फर्म नविकरण, लगायतका सिफारिशहरु,
– व्यवसायिक तथ्यांकहरु
– कर, राजस्व, लेखा, बजार, क्षमता अभिवृद्धि लगायतका तालिमहरु
– विभिन्न सामाजिक सेवाहरु