Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal
1. 2078.11.03 – संघको माग प्रति भारतीय केन्द्रीय मन्त्रीको आश्वासन, एक महिना भित्रै नयाँ पुल संचालन गरिने

२०७८ फागुन ३ गते, मंगलबार, मोरंग व्यापार संघले बथनाहा–जोगबनी सडक खण्डमा पर्ने परमान नदीमा निर्मित नयाँ पुलको शिघ्र संचालनका लागि विगत एक महिना देखि उठाउँदै आएको माग प्रति भारतीय सडक, परिवहन तथा राजमार्ग मन्त्री माननीय नीतिन गड्करीज्यूले सकारात्मकता दर्शाउँदै आगामी एक महिना भित्र सो पुल पूर्ण रुपमा संचालनमा ल्याउने गरी कार्य अघि बढाउन आफूले निर्देशन […]

Read More

2. 2078.11.01 – संघीय र प्रदेश सरकारका पूर्व मन्त्रीहरु समक्ष समस्या समाधानार्थ संघको पहल

आज मिति २०७८ फागुण १ गते, आइतबार, मोरंग व्यापार संघका अध्यक्ष श्री नवीन रिजालज्यूले ने.क.पा. एमालेका महासचिव एवं पूर्व अर्थ मन्त्री माननीय विष्णु पौडेलज्यूसँग भेटघाट गर्नु भई विराटनगर नाका जोड्ने भारतको बथनाहा–जोगबनी खण्डमा अवस्थित मीरगञ्ज पुलको विकल्पमा संघको पहलमा निर्मित नयाँ पुलको अस्थायी संचालनका लागि भारतका सम्बन्धित निकायहरुमा पहल गरिदिन अनुरोध गर्दै ज्ञापन पत्र बुझाउनु […]

Read More

3. 2078.10.26 – विराटनगर नाका जोड्ने नवनिर्मित पुलको अस्थायी संचालनका लागि संघद्वारा भारतको विभिन्न निकायमा पत्राचार

आज मिति २०७८ माघ २६ गते, बुधबार, विराटनगर नाका जोड्ने भारतको बथनाहा–जोगबनी खण्डमा अवस्थित मीरगञ्ज पुलको समानान्तरमा संघको पहलमा निर्माणाधिन नयाँ पुललाई अस्थायी रुपमा तत्कालै संचालनमा ल्याउन मोरंग व्यापार संघले भारतका विभिन्न निकायहरुमा पत्राचार गरेको छ । संघले आज भारतका प्रधानमन्त्री, सडक, पारवहन तथा राजमार्ग मन्त्री, विहार सरकारका मुख्य मन्त्री, सडक निर्माण मन्त्री, कला तथा […]

Read More

4. 2078.10.21 – भारतीय मन्त्रीको आमन्त्रणमा संघको टोली भारतको पटनामा

आज मिति २०७८ माघ २१ गते, शुक्रबार मीरगञ्ज पुलको समस्या समाधान तथा विराटनगर नाकासम्मको आवागमन सुचारु गराउन पहल गरी रहेको मोरंग व्यापार संघलाई भारतीय मन्त्रीले आमन्त्रण गरी विहारको राजधानी पटनामा भेटघाट गरेका छन् । भारतका विभिन्न अधिकारीहरु समक्ष समस्या निराकरणका लागि पहल गरिरहनु भएका अध्यक्ष श्री नवीन रिजालज्यू सहितको टोलीलाई भारतको विहार राज्यका कला, संस्कृति […]

Read More

5. 2078.10.20 – विराटनगर नाकासम्मको आवागमन सुचारु गराउन भारतीय अधिकारीहरु समक्ष संघको पहल

आज मिति २०७८ माघ २० गते, बिहीबार मोरंग व्यापार संघका अध्यक्ष श्री नवीन रिजालज्यूको नेतृत्वमा संघको टोलीले मीरगंज पुलको समस्या निराकरण एवं सम्भावित वैकिल्पक मार्गहरु मार्फत विराटनगर नाकासम्मको आवागमन सुचारु गराउने विषयमा भारतको अररिया स्थित विभिन्न भारतीय अधिकारीहरुसँग प्रत्यक्ष भेटघाट गरी ज्ञापन पत्र बुझाएको छ । अध्यक्ष श्री नवीन रिजालज्यू सहित सचिव श्री संजय श्रेष्ठज्यू, […]

Read More

6. 2078.10.18 – रेल्वे यार्ड निर्माण कार्य शिघ्र सम्पन्न गर्न संघको पहल

आज मिति २०७८ माघ १८ गते, मंगलबार मोरंग व्यापार संघका अध्यक्ष श्री नवीन रिजालज्यू सहित पदाधिकारीज्यूहरु र कार्यसमिति सदस्यज्यूहरुले विराटनगरको आई.सी.पी. स्थित निर्माणाधिन रेल्वे यार्डको निरीक्षण गर्नु भएको छ । संघको विगतका निरन्तर पहलबाट थालनी भएको आई.सी.पी.को निर्माण कार्य अन्तरगत हाल आई.सी.पी., विराटनगर संचालनमा आई सकेको छ भने सो सम्मको रेल्वे यार्डको निर्माण कार्य अन्तिम […]

Read More

7. 2078.10.15 – मीरगञ्ज पुल सहित विभिन्न समस्याहरु निराकरण गर्न संघको पहल

आज मिति २०७८ माघ १५ गते, शनिबार मोरंग व्यापार संघका अध्यक्ष श्री नवीन रिजालज्यू सहित संघका पदाधिकारीज्यूहरु र कार्यसमिति सदस्यज्यूहरुले विराटनगर नाका जोड्ने भारतको जिर्ण अवस्थाको मीरगञ्ज पुलको स्थलगत निरिक्षण गर्दै सोबाट मोरङ–सुनसरी आर्थिक कोरिडोरको औद्योगिक/ व्यवसायिक क्षेत्रमा श्रृजित समस्याहरुको तत्कालै निराकरणका लागि सम्बन्धित निकायमा पहल गरेको छ । अध्यक्ष श्री नवीन रिजालज्यूको नेतृत्वमा आज […]

Read More

8. 2078.10.14 – औद्योगिक प्रयोजनका सवारी साधनबाट अनुचित शुल्क/जरिवाना नअसुल्न संघको आग्रह

आज मिति २०७८ माघ १४ गते, शुक्रबार, मोरंग व्यापार संघका अध्यक्ष श्री नवीन रिजालज्यू सहित कार्यसमितिका पदाधिकारीज्यूहरुको टोलीले जिल्ला प्रशासन कार्यालय, मोरङका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी उपरीक्षकलाई भेट गरी मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानहरुमा औद्योगिक प्रयोजनका मालवाहक सवारी साधनहरुबाट हुने गरेको अव्यवहारिक शुल्क/जरिवाना असुली कार्य बारे अवगत गराई त्यस्ता […]

Read More

9. 2078.10.13 – मोरंग व्यापार संघको ३३औं कार्यसमिति गठन,
अध्यक्षमा श्री नवीन रिजाल सहित पदाधिकारीहरु निर्विरोध निर्वाचित

आज मिति २०७८ माघ १४ गते, बिहीबार, मोरंग व्यापार संघको ३३औं कार्यकारिणी समितिको पदाधिकारी निर्वाचन एवं कार्यसमिति गठन कार्य सफलतापूर्वक सम्पन्न भएको छ । ३२औं कार्यसमितिका अध्यक्ष श्री प्रकाश मून्दडाज्यूको अध्यक्षतामा संघमा आयोजित सो पदाधिकारी निर्वाचनबाट संघको ३३औं का.का. समितिको अध्यक्ष पदमा श्री नवीन रिजालज्यू निर्विरोध निर्वाचित हुनु भएको छ भने वरिष्ठ उपाध्यक्षमा श्री अनुपम […]

Read More

10. 2078.09.20 – संघको ३३औं कार्यकारिणी समिति सदस्य पदको निर्वाचन सम्पन्न

आज मिति २०७८ पौष २० गते, मंगलबार मोरंग व्यापार संघको ३३औं कार्यकारिणी समितिको सदस्य पदको निर्वाचन कार्यक्रम सम्पन्न भएको छ । निर्वाचन आयोग, मोरंग व्यापार संघले जनाए अनुसार संघको ३३औं कार्यकारिणी समितिको सदस्य पदको निर्वाचनमा उम्मेदवारहरुको नामावली उपर कुनै दावी विरोध नपरेको, कसैले उम्मेदवारी फिर्ता नलिएको तथा संघको विधान, नियमावली अनुसारको वाणिज्य तर्फ ८ जना […]

Read More

11. 2078.09.13 – ‘चालुपूँजी कर्जा सम्बन्धी मार्गदर्शन, २०७८’ सम्बन्धि संघमा छलफल

आज मिति २०७८ पौष १३ गते, मंगलबार, नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएको ‘चालुपूँजी कर्जा सम्बन्धी मार्गदर्शन, २०७८’का सम्बन्धमा चार्टड एकाउन्टेन्टहरु, अर्थ विद्हरु र बैंकर्सहरुको प्रतिक्रिया लिनु हुँदै संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यू, उपाध्यक्षद्वय श्री बिकास कुमार बेगवानीज्यू, श्री अनुपम राठीज्यू र महासचिव श्री अनिल कुमार साहज्यूः

Read More

12. 2078.09.05 – भारतीय कस्टम्स कमिश्नरसँगको सी.सी.एफ.सी. बैठकमा संघद्वारा सुझाव प्रस्तुत

आज मिति २०७८ पौष ५ गते, मोरंग व्यापार संघले जोगबनीमा पाल्नु भएका पटना, भारतका कस्टम्स कमिश्नर श्री पी.के. कट्यारज्यू सहित भारतका भन्सार अधिकारीहरुसँग भेट गरी नेपाल–भारत व्यापार सहजीकरण विषयहरुमा छलफल गरेको छ । पटनाका कस्टम्स कमिश्नरद्वारा गठित कस्टम्स क्लियरेन्स फेसिलिटेशन कमिटी (सी.सी.एफ.सी.)को सदस्यको रुपमा रहेको मोरंग व्यापार संघले आज आई.सी.पी., जोगबनीमा आयोजित सी.सी.एफ.सी. बैठकमा भाग […]

Read More

13. ‘मोरंग व्यापार संघ’को ६५औं वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न
अर्थमन्त्रीद्वारा संघलाई ‘आर्थिक सल्लाहकार’ घोषणा

मिति २०७८ मंसिर १७ गते, शुक्रबार, मुलुककै जेठो उद्योग वाणिज्य संघ ‘मोरंग व्यापार संघ’को ६५औं वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न भएको छ । संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यूको अध्यक्षतामा आयोजित उक्त वार्षिक साधारण सभामा प्रमुख अतिथिका रुपमा संघीय सरकारका अर्थमन्त्री माननीय जनार्दन शर्मा ‘प्रभाकर’ज्यू पाल्नु भएको थियो भने विशिष्ठ अतिथिका रुपमा प्रदेश नं. १का […]

Read More

14. 2078.07.09 – सिंघिया पुल जिर्णोद्वारका लागि संघको ज्ञापन पत्र

आज मिति २०७८ कार्तिक ९ गते, मंगलबार मोरंग व्यापार संघले विराटनगरको हाटखोला स्थित जिर्ण अवस्थामा रहेको सिंघिया पुलको यथाशिघ्र जिर्णोद्वार गरिनु पर्ने माग राख्दै जिल्ला प्रशासन कार्यालय, मोरङलाई ज्ञापन पत्र बुझाएको छ । संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यूको नेतृत्वमा गएको टोलीले जिल्ला प्रशासन कार्यालय, मोरङका प्रमुख जिल्ला अधिकारी श्री काशिराज दाहालज्यू समक्ष सो ज्ञापन पत्र […]

Read More

15. 2078.07.03 – संघद्वारा प्रमुख कर अधिकृतको विदाई

आज मिति २०७८ कार्तिक ३ गते, बुधबार मोरंग व्यापार संघले आन्तरिक राजस्व कार्यालय, विराटनगरबाट सरुवा हुनु भएका प्रमुख कर अधिकृत श्री विमल सापकोटाज्यूको विदाई गरेको छ । संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यूको अध्यक्षतामा संघमा आयोजित विदाई कार्यक्रममा पाल्नु भएका प्रमुख कर अधिकृत श्री विमल सापकोटाज्यूलाई अध्यक्ष श्री मून्दडाज्यूले संघमा स्वागत गर्नु भई वहाँको सरल एवं […]

Read More

16. 2078.06.21 – नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक श्री कुलमान घिसिङ्गज्यू समक्ष विद्युत आपूर्ति सम्बन्धित सुझावहरु प्रस्तुत

२०७८ असोज २१ गते, बिहिबार, विराटनगर पाल्नु भएका नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक श्री कुलमान घिसिङ्गज्यू सहित प्रादेशिक कार्यालय, प्रदेश नं. १का निर्देशकज्यूसँग यस संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यूले भेटघाट गर्नु भई मोरङ–सुनसरी आर्थिक कोरिडोरका उद्योगी÷व्यवसायीहरुको विद्युत सम्बन्धित समस्या र त्यसका समाधानका लागि सुझावहरु प्रस्तुत गर्नु भएको छ । संघका अध्यक्ष श्री मून्दडाज्यू सहित निर्वतमान […]

Read More

17. 2078.06.14 – President Prakash Mundara’s interview at Prime Times TV (Topic: Mero Desh, Merai Utpadan)
Read More

18. 2078.06.14 – मुलुकका राष्ट्र प्रमुखज्यूहरु सहित उच्च पदस्थ व्यक्तित्वहरुलाई ‘मेरो देश, मेरै उत्पादन’ अभियानको प्रवद्र्धन गर्न आग्रह

मिति २०७८ असोज १४ गते, बिहिबार, मोरंग व्यापार संघ र उद्योग संगठन मोरङका पदाधिकारीज्यूहरु र पूर्व अध्यक्षज्यूहरु सहितको टोलीले मुलुकका राष्ट्र प्रमुखज्यूहरु सहित नेपाल सरकारका उच्च पदस्थ व्यक्तित्वहरुसँग प्रत्यक्ष भेट गरी संघ–संगठनद्वारा संचालित ‘मेरो देश, मेरै उत्पादन’ अभियानलाई सरकार पक्षबाट समेत प्रवद्र्धन गर्न आग्रह गर्दै अभियानका प्रवर्दनात्मक सामग्रीहरु, निमोनिक लोगो सहितको फ्रेम र टेवल स्टेन्डहरु […]

Read More

19. 2078.05.16 – विराटनगरको सिंघिया पुलको जिर्णोद्वार र क्षमता विस्तारका लागि मोरंग व्यापार संघको पहल

विराटनगर महानगरपालिका र कटहरी गाउँपालिका जोड्ने रंगेली रोड सडक खण्डमा पर्ने विराटनगरको हाटखोला स्थित सिंघिया पुलको जिर्ण अवस्था प्रति मोरंग व्यापार संघले सरकारका विभिन्न निकायहरुलाई ध्यानाकर्षण गराउने कार्य थालेको छ । मोरङ–सुनसरी आर्थिक कोरिडोर अन्तरगत कटहरी गाउँपालिका लगायत आसपासका क्षेत्रमा संचालनमा रहेका सयौँ उद्योग, कल–कारखानाहरु र मोरङका पूर्वी भेगका अधिकांश बजारहरुलाई प्रादेशिक राजधानी, औद्योगिक नगरी […]

Read More

20. 2078.04.28 – प्रदेशस्तरीय बाल अस्पताल निर्माणार्थ मोरंग व्यापार संघलाई प्रस्ताव

मिति २०७८ श्रावण २८ गते, बिहीबार मोरंग व्यापार संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यूले संघमा पाल्नु भएका काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)का अध्यक्ष एवं वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोईरालाज्यू र नेपाली सेनाका उपरथी एवं सामाजिक अभियन्ता श्री अनन्त कार्कीज्यूलाई स्वागत गरी भेटघाट र छलफल गर्नु भएको छ । भेटघाटका क्रममा किओचका अध्यक्ष डा. […]

Read More

21. Monetary Policy 2078-79

Monetary Policy 2078-79 published by Nepal Rastra Bank on 2078.04.29

Read More

22. 2078.04.28 – कोभिड–१९ सम्बन्धी छलफल कार्यक्रम

मिति २०७८ साउन २८ गते, बिहिबारका दिन मोरंग व्यापार संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यूको अध्यक्षातामा नेपाली सेनाका उपरथी, श्री अनन्त कार्कीज्यू तथा डा. भगवान कोइरालाज्यूसँग कोभिड–१९ को सम्भावय तेस्रो लहर लगायत समसामयिक विषयमा संघमा आयोजित छलफल कार्यक्रमको झलकहरु :

Read More

23. 2078.04.18 – विद्युत आपूर्तिका समस्याहरु बारे प्राधिकरणका प्रमुखहरुसँग छलफल

मिति २०७८ श्रावण १८ गते, सोमबार, मोरंग व्यापार संघले नेपाल विद्युत प्राधिकरणको प्रदेश नं. १का प्रादेशिक कार्यालय र विराटनगर वितरण केन्द्रका प्रमुखज्यूहरुसँग कटहरी गाउँपालिका एवं मोरङ–सुनसरी औद्योगिक कोरिडोरका विद्युत सम्बन्धी समस्याहरु बारे छलफल गरेको थियो । संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यूले संघमा पाल्नु भएका नेपाल विद्युत प्राधिकरण, प्रदेश नं. १ प्रादेशिक कार्यालयका प्रमुख श्री टेकनाथ […]

Read More

24. 2078.04.13 – मेरो देश, मेरै उत्पादनको दोश्रो चरणको अभियान प्रारम्भ

मेरो देश, मेरै उत्पादनको दोश्रो चरणको अभियान प्रारम्भ स्वदेशी वस्तुहरुको उपभोग अभिवृद्धि गरी देशलाई आत्मनिर्भर वनाउदै सम्मुनत राष्ट्र निर्माणमा सहयोग पु¥याउने लक्ष्य लिई मोरंग व्यापार संघ र उद्योग संगठन मोरङले प्रारम्भ गरेको मेरो देश, मेरै उत्पादनको अभियानलाई जनस्तरसम्म पु¥याउन दुवै संस्थाले तयार पारेको निमोनिक लोगो फ्रेम र प्रतिवद्धता पत्र प्रदेश नं. १ का माननीय मुख्यमन्त्री […]

Read More

25. 2078.04.11 – ६५औं वार्षिक साधारण सभाको सूचना:

मोरंग व्यापार संघको ६५औं वार्षिक साधारण सभाको सूचना: प्रकाशित मितिः २०७८/०४/११ – न्यू सृष्टि दैनिक – पेज १

Read More

26. 2078.04.03 – संघद्वारा शाखाहरु मार्फत राहत सामग्री वितरण

मिति २०७८ साउन ३ गते, मोरंग व्यापार संघले जिल्लाका आफ्ना शाखाहरुलाई खाद्य तथा स्वास्थ्य सुरक्षाका सामग्रीहरु वितरण गरेको छ । संघले जिल्लाका विभिन्न स्थानहरुमा कोभिड १९का कारण प्रभावित विपन्न तथा असहाय वर्गहरुलाई वितरण गर्ने उद्देश्यले आफ्ना नौ वटा शाखामार्फत उक्त राहत सामग्रीहरु हस्तान्तरण गरेको हो । मोरंग व्यापार संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यूको अध्यक्षतामा आयोजित […]

Read More

27. 2078.03.27 – संघमा प्रहरी प्रमुखज्यूहरुको स्वागत

मिति २०७८ आषाढ २७ गते, मोरंग व्यापार संघले सुरक्षा निकायका प्रमुखज्यूहरुको संघमा स्वागत गरी भेटघाट गरेको छ । संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यूको सभापतित्वमा आयोजित उक्त कार्यक्रम माप्रदेश नं. १ प्रहरी प्रमुखका रुपमा सरुवा भई आउनु भएका प्रहरी नायव महानिरिक्षक श्री अरुण कुमार बीसीज्यू, जिल्ला प्रहरी कार्यालय, मोरङमा सरुवा भई आउनु भएका प्रहरी उपरिक्षक श्री […]

Read More

28. 2078.03.22 – मोरंग व्यापार संघद्वारा ट्रेड युनियनहरुसँग छलफल

आज मिति २०७८ आषाढ २२ गते, मोरंग व्यापार संघले मोरङ–सुनसरी कोरिडोरका ट्रेड युनियन प्रमुख एवं प्रतिनिधिज्यूहरुसँग भेटघाट गरी छलफल गरेको छ । संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यूको अध्यक्षतामा सामाजिक दुरी कायम गरी आज संघमा आयोजित उक्त भेटघाट तथा छलफल कार्यक्रममा मोरङका टे«ड युनियनका प्रमुख एवं प्रतिनिधिहरुलाई अध्यक्ष श्री मून्दडाज्यूले संघमा स्वागत गर्नु भई मोरङ–सुनसरी कोरिडोरका […]

Read More

29. 2078.02.01 – मोरंग व्यापार संघको हार्दिक अपिल

कोभिड १९ (दोश्रो लहर)को संक्रमण नेपालमा पनि तिब्र गतिले फैलिरहेकोमा त्यसको रोकथाम एवं नियन्त्रणार्थ सरकारले विभिन्न स्थानहरुमा निषेधाज्ञा लागू गरेतापनि हाल अस्पताल तथा स्वास्थ्य चौकीहरुमा संक्रमितहरुको चाप अत्याधिक रुपले बढेको, संक्रमितहरुको अवस्था जटिल बन्दै गएको, उपचारका सामग्रीहरुको अभावमा मृत्युदर बढेको एवं मानव जीवन रक्षा चुनौतिपूर्ण बन्दै गईरहेको अवस्थालाई मध्येनजर गरी यस संघले संक्रमितहरुका निम्ति आवश्यक […]

Read More

30. 2078.01.30 – मोरंग व्यापार संघको अपिल तथा अनुरोध

मुलुकमा हाल कोभिड १९ (दोश्रो लहर)को संक्रमण समुदायस्तरमा तिब्र गतिमा फैलिरहेकोमा त्यसको रोकथाम, नियन्त्रण र समयमै स्वास्थ्योपचारका कार्यहरु शिघ्रताका साथ अघि बढाउनु पर्ने आवश्यक रहेसँगै सरकारले हाल विभिन्न स्थानहरुमा निषेधाज्ञा जारी गरेतापनि अस्पताल तथा स्वास्थ्य चौकीहरुमा संक्रमितहरुको चाप अत्याधिक रुपले बढिरहेको अवस्था छ । हाल अत्याधिक संख्यामा रहेका संक्रमितहरुको अवस्था जटिल बन्दै गई रहेको, मृत्युदर […]

Read More

31. 2078.01.23 – मोरंग व्यापार संघको अनुरोध

कोभिड १९ (दोश्रो लहर)को संक्रमण समुदायस्तरमा तिब्र गतिमा फैलिरहेकोमा त्यसको रोकथाम, नियन्त्रण र समय मै उपचार व्यवस्थापनका कार्यहरु शिघ्रताका साथ गरिनु पर्ने आवश्यकता रहेसँगै विद्यमान विषम् परिस्थितिमा संक्रमितहरुको उपचारार्थ अस्पताल तथा स्वास्थ्य चौकीहरुमा अक्सीजनको खपत बढेको हुँदा समयमै अक्सीजन सिलिण्डरहरुको समुचित व्यवस्थापन गर्न हाल उद्योग प्रतिष्ठान र आम सर्वसाधारणहरुले जगेर्ना गरी राख्नु भएका अक्सीजन सिलिण्डरहरु […]

Read More

32. 2078.01.06 – स्वागत तथा भेटघाट कार्यक्रम

मिति २०७८ बैशाख ६ गते, सोमबारका दिन मोरंग व्यापार संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यूको अध्यक्षतामा उद्योग संगठन मोरङका नव निर्वाचित अध्यक्ष श्री सुयस प्याकुरेलज्यू, पदाधिकारीज्यूहरु र कार्यकारी सदस्यज्यूहरुलाई संघमा स्वागत तथा भेटघाट कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा यस संघका पदाधिकारीज्यूहरु र कार्यसमितिज्यूहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रमका केही झलकहरु :

Read More

33. 2077.12.30 – पूर्व अध्यक्ष श्री शंकरलाल अग्रवालज्यूलाई हार्दिक बधाई
Read More

34. 2077.12.28 – उत्कृष्ट उद्योग वाणिज्य संघको रुपमा मोरंग व्यापार संघ सम्मानित

‘उद्योग वाणिज्य दिवस २०७७’ एवं नेपाल उद्योग वाणिज्य महासंघको ५५औँ वार्षिक साधारण सभाको अवसरमा १ नं. प्रदेशबाट ‘क’ वर्गको उत्कृष्ट उद्योग वाणिज्य संघको रुपमा मोरंग व्यापार संघलाई सम्मानित गरिएको छ । उद्योग, व्यापार, व्यवसायको विकास तथा प्रवद्र्धनमा उत्कृष्ट भूमिका निर्वाह गरी महत्वपूर्ण योगदान पु¥याए वापत मुलुककै जेठो उद्योग वाणिज्य संघ ‘मोरंग व्यापार संघ’लाई सम्माननीय प्रधानमन्त्री […]

Read More

35. 2077.12.19 – भेटघाट तथा छलफल

मिति २०७७ चैत्र १९ गते, बिहीबारका दिन मोरंग व्यापार संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यूको अध्यक्षतामा राष्ट्रिय स्वयंसेवक संघ भारतका राष्ट्रिय प्रचार प्रमुख माननीय सुनिल अम्वेकरज्यू, अखिल भारतीय विद्यार्थी परिषद भारतका राष्ट्रिय संगठन मन्त्री श्री आशिस चौहानज्यू र प्राज्ञिक विद्यार्थी परिषदका नेपालका प्रमुख श्री नारायण प्र. ढकालज्यूको सहभागीतामा आयोजित भेटघाट तथा छलफल कार्यक्रमको झलकहरु

Read More

36. 2077.12.13 – मेरो देश मेरै उत्पादन

मिति २०७७ चैत्र १३ गते, शुक्रबारका दिन सम्माननीय प्रधानमन्त्री के.पि.शर्मा ओलीज्यूद्वारा भर्चुअल माध्यमबाट सम्बोधन तथा प्रदेश नं १ मुख्यमन्त्री माननीय शेरधन राईज्यूको बिशिष्ठ आतिथ्यतामा मोरंग व्यापार संघ र उद्योग संगठन मोरङद्वारा स्वदेशी उत्पादन प्रवद्र्धनका लागि थालनी गरिएको ‘मेरो देश मेरै उत्पादन’ अभियानको शुभारम्भ र उद्योग संगठन मोरङको नवनिर्वाचिन कार्यसमितिको पदस्थापनमा कार्यक्रमा यस संघका अध्यक्ष श्री […]

Read More

37. 2077.12.07 – प्रथम गोल्डकप फुटबल प्रतियोगिता

मिति २०७७ चैत्र ७ गते, शनिबारका दिन मिल्स गोल्डकप फुटबल ट्रष्ट रानी, विराटनगरले आयोजना गरेको प्रथम गोल्डकप फुटबल प्रतियोगिताको समुद्घाटन कार्यक्रमको प्रमुख अतिथिका रुपमा यस संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यूको सहभागिता रहेको थियो ।

Read More

38. 2077.12.06 – मोरंग व्यापार संघमा ‘नेपाल ट्रेड इन्फर्मेसन पोर्टल’ विषयक अभिमुखिकरण कार्यक्रम सम्पन्न

आज मिति २०७७ चैत्र ६ गते, शुक्रवार, मोरंग व्यापार संघमा ‘नेपाल ट्रेड इन्फर्मेसन पोर्टल’को अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । मोरंग व्यापार संघको पहल र उद्योग संगठन मोरंगको सहकार्यमा संघमा आयोजित उक्त कार्यक्रममा नेपाल सरकार, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रद्वारा निर्मित पोर्टल बारे उद्यमी व्यवसायीहरुलाई अभिमुखिकरण दिइएको थियो । संघका सचिव श्री अनिल सारडाज्यूले संचालन […]

Read More

39. 2077.11.28 – ४८औं वार्षिक साधारण सभा

मिति २०७७ फागुन २८ गते, शुक्रबारका दिन नेपाल राष्ट्र बैंकका गभर्नर श्री महाप्रसाद अधिकारीज्यूको प्रमुख आतिथ्यतामा उद्योग संगठन मोरङको ४८औं वार्षिक साधारण सभाको समुद्घाटन समारोहमा यस संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यू, निवर्तमान अध्यक्ष श्री पवन कुमार सारडाज्यू लगायत पूर्व अध्यक्षज्यूहरु, पदाधिकारीज्यूहरु, का.का.सदस्यज्यूहरु, महिला उद्यम विकास समिति सदस्यज्यूहरु, प्रमुख कार्यकारी अधिकृतज्यू र वरिष्ठ अधिकृतज्यूको सहभागिता रहेको […]

Read More

40. 2077.11.28 – भेटघाट कार्यक्रम

मिति २०७७ फागुन २८ गते, शुक्रबारका दिन मोरंग व्यापार संघमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष श्री शेखर गोल्छाज्यूसँग संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यू लगायत पदाधिकारीज्यूहरु र कार्यसमिति सदस्यज्यूहरुसँग भेटघाट ।

Read More

41. 2077.11.17 – वाणिज्य तथा आपूर्ति सचिवज्यूको स्वागत गरी भेटघाट

मिति २०७७ फाल्गुण १७ गते, सोमबार मोरंग व्यापार संघमा नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव श्री दिनेश भट्टराईज्यूको स्वागत गरी भेटघाट गरिएको छ । मोरंग व्यापार संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यू र उद्योग संगठन मोरङका अध्यक्ष श्री भीम घिमिरेज्यूको सभापतित्वमा आयोजित उक्त कार्यक्रम संघका महासचिव श्री अनिल कुमार साहज्यूले संचालन […]

Read More

42. 2077.11.16 – सहायक प्रमुख जिल्ला अधिकारी श्री ध्रुव बहादुर खड्काज्यूको विदाई

मिति २०७७ फागुन १६ गते, आइतबारका दिन मोरंग व्यापार संघ र उद्योग संगठन मोरङको संयुक्त आयोजनामा मोरङ जिल्लाबाट सरुवा हुनु भएका सहायक प्रमुख जिल्ला अधिकारी श्री ध्रुव बहादुर खड्काज्यूको विदाई कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा दुबै संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यू र उद्योग संगठन मोरङका अध्यक्ष श्री भीम घिमिरेज्यू लगायत दुबै संघ र संगठनका […]

Read More

43. 2077.11.16 – राजस्व नीति सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया

मिति २०७७ फागुन १६ गते, आइतबारका दिन नेपाल राजस्व परामर्श समितिको आयोजनामा माननीय अर्थमन्त्री विष्णु प्रसाद पौडेलज्यू, अर्थ सचिव श्री शिशिर कुमार ढुङ्गानाज्यू र नेपाल राजस्व परामर्श समितिको अध्यक्षज्यूको समुपस्थितिमा आगामी आ.व. २०७८/०७९ को राजस्व नीति सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया तथा छलफल कार्यक्रममा यस संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यू, विशेष सल्लाहकार श्री सुनिल टिवडेवालाज्यू, उपाध्यक्ष […]

Read More

44. 2077.11.13 – Secret of Healthy and Successful Life विषयक आध्यात्मिक कार्याशाला

मिति २०७७ फागुन १३ गते, बिहिबारका दिन मोरंग व्यापार संघद्वारा आयोजित Secret of Healthy and Successful Life विषयक आध्यात्मिक कार्याशाला कार्यक्रमको झलक ।भारतको लखनऊ स्थित Mind Power Research Training Institute का Director श्री रजनिश कुमार मिश्राज्यूले संचालन गर्नु भएको उक्त कार्यशालामा संघका कार्यवाहक अध्यक्ष श्री नविन रिजालज्यू, निवर्तमान अध्यक्ष श्री पवन कुमार सारडाज्यू, पूर्व अध्यक्ष […]

Read More

45. 2077.11.07 – ७१औं राष्ट्रिय प्रजातन्त्र दिवस २०७७

मिति २०७७ फागुन ७ गते, शुक्रबारका दिन ७१औं राष्ट्रिय प्रजातन्त्र दिवस २०७७ प्रदेश स्तरीय मूल समारोह समिति प्रदेश नं. १ विराटनगरले प्रदेश प्रमुख माननीय सोमनाथ अधिकारी ‘प्यासी’ज्यूको प्रमुख आतिथ्यतामा आयोजित ७१औं प्रजातन्त्र दिवस २०७७ कार्यक्रममा यस संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यू, का.का.सदस्य श्री श्याम राठीज्यूको सहभागिता ।

Read More

46. 2077.11.04 – विदाई तथा स्वागत कार्यक्रम

मिति २०७७ फागुन ४ गते, मंगलबारका दिन मोरंग व्यापार संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यू र उद्योग संगठन मोरङका अध्यक्ष श्री भीम घिमिरेज्यूको अध्यक्षमा आयोजित विदाई तथा स्वागत कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, प्रदेश नं. १ बाट सरुवा हुनुभएका प्रमुख सचिव श्री दिनेश भट्टराईज्यू तथा सचिव (कानुन) श्री भतरमणि रिजालज्यूको विदाई गरिएको थियो । त्यसैगरी प्रदेश […]

Read More

47. 2077.10.16 – दाम्पत्य जीवनको शुभकामना व्यक्त

मिति २०७७ माघ १६ गते, शुक्रबार, वैवाहिक जीवनमा प्रवेश गर्नु भएका प्रदेश नं. १ का मुख्यमन्त्री माननीय शेरधन राईज्यूको सुखद दाम्पत्य जीवनको शुभकामना व्यक्त गर्नु हुँदै संघका अध्यक्ष श्री प्रकाश मुन्दडाज्यू, वरिष्ठ उपाध्यक्ष श्री नवीन रिजालज्यू, उपाध्यक्षद्वय श्री विकास बेगवानीज्यू र अनुपम राठीज्यू र महासचिव श्री अनिल कुमार साहज्यू ।

Read More

48. 2077.10.14 – ६९औं अन्तर्राष्ट्रिय भन्सार दिवस

मिति २०७७ माघ १४ गते, बुधबारका दिन ६९औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा ल्याण्ड कष्टम्स अफिस, जोगवनीद्वारा आयोजित छलफल तथा भेटघाट कार्यक्रममा यस संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यू, वरिष्ठ उपाध्यक्ष श्री नविन रिजालज्यू महासचिव श्री अनिल कुमार साहज्यू र का.का.सदस्य श्री अमित सारडाज्यू सहभागी ।

Read More

49. 2077.10.09 – सहायक प्रमुख जिल्ला अधिकारी श्री मुकेश कुमार केशरीज्युको बिदाइ

मिति २०७७ माघ ९ गते शुक्रबारका दिन कार्यबाहक अध्यक्ष श्री नवीन रिजालज्युको अध्यक्षता मोरङ जिल्लाबाट सरुवा भइ जानुभएका जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी श्री मुकेश कुमार केशरीज्युको बिदाइ कार्यक्रमको आयोजना गरिएको थियो ।कार्यक्रममा मोरङ व्यापार संघका निवर्तमान अध्यक्ष श्री पवन कुमार सारडाज्यु, पुर्व अध्यक्ष श्री महेश जाजुज्यु लगायत पदाधिकारीज्युहरु, कार्यसमिति सदस्यज्युहरु र […]

Read More

50. 2077.10.05 – सम्माननीय प्रधानमन्त्रीज्यूको विशेष आर्थिक सल्लाहकार पदमा नियुक्त हुनु भएका यस संघका पूर्व उपाध्यक्ष श्री मोतीलाल दुगडज्यूलाई हार्दिक बधाई

यस संघका पूर्व उपाध्यक्ष, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका पूर्व राज्यमन्त्री, नेकपाका केन्द्रीय सदस्य एवं वरिष्ठ उद्योगपति श्री मोतीलाल दुगडज्यू नेपाल सरकारका सम्माननीय प्रधानमन्त्रीज्यूको विशेष आर्थिक सल्लाहकार पदमा नियुक्त हुनु भएकोमा वहाँलाई हार्दिक बधाई ज्ञापन गर्दछौँ । साथै, लामो समयदेखि नेपाल सरकारको निकट रही मुलुकका उद्योग, व्यवसाय लगायत समग्र आर्थिक क्षेत्रको संरक्षण, सम्बद्र्धन, विकास एवं […]

Read More

51. 2077.09.25 – मोरंग व्यापार संघमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रीज्यूको स्वागत

आज मिति २०७७ पौष २५ गते, शनिबार मोरंग व्यापार संघमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री माननीय भानुभक्त ढकालज्यूलाई स्वागत गरी भेटघाट कार्यक्रम आयोजना गरिएको थियो । प्रदेश नं. १ क्षेत्रका पर्यटन प्रवद्र्धन लगायत समसामयिक विषयहरुमाथि छलफल गर्न मोरंग व्यापार संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यूको पहलमा मोरंग व्यापार संघ र उद्योग संगठन मोरङले संयुक्त रुपमा […]

Read More

52. 2077.09.15 – संघमा ‘निर्यात प्रवद्र्धन, पारवहन र व्यापार सहजीकरण’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

आज मिति २०७७ पौष १५ गते, बुधबार मोरंग व्यापार संघ र उद्योग, वाणिज्य तथा आपूति मन्त्रालय, नेपाल–भारत क्षेत्रीय व्यापार तथा पारवाहन आयोजनाले संयुक्त रुपमा ‘निर्यात प्रवद्र्धन, पारवहन र व्यापार सहजीकरण’ विषयक अन्तरक्रिया कार्यक्रम संघमा आयोजना गरेको थियो । मोरंग व्यापार संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यूको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव […]

Read More

53. २०७७।०८।२२ – कटहरी गाउँपालिकालाई प्याथोलोजी ल्याब हस्तान्तरण

आज मिति २०७७ मंसीर २२ गते, सोमबार, मोरंग व्यापार संघद्वारा संचालित प्याथोलोजी ल्याब कटहरी गाउँपालिकालाई हस्तान्तरण गरी समुद्घाटन गर्नु हुँदै संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यू, पूर्व अध्यक्ष श्री महेश कु. जाजूज्यू र कटहरी गाउँपालिकाका अध्यक्ष श्री राम कुमार कामतज्यू । मोरङको कटहरी लगायत आसपासका गाउँपालिकाहरुका बासिन्दाहरुलाई लक्षित गरी निजहरुको सामान्य चेकजाँच गराउन पनि विराटनगर धाउनु […]

Read More

54. २०७७.०८.१५ – नेपाल उद्योग वाणिज्य महासंघको नवनिर्वाचित कार्य समितिलाई हार्दिक बधाई तथा शुभकामना

नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वकालागि चुनिनु भएका अध्यक्ष श्री शेखर गोल्छाज्यू, वरिष्ठ उपाध्यक्ष श्री चन्द्र प्रसाद ढकालज्यू, उपाध्यक्षज्यूहरूः श्री दिनेश श्रेष्ठज्यू, श्री अंजन श्रेष्ठज्यू, श्री रामचन्द्र संघाईज्यू लगायत पदाधिकारीज्यूहरु र सम्पूर्ण कार्यकारिणी समितिका सदस्यज्यूहरुलाई हार्दिक वधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु । निजी क्षेत्रहरुको छाता संगठनमा वहाँहरुको नेतृत्वले निजी क्षेत्रका प्रत्येक स्तरको हकहितको […]

Read More

55. २०७७.०८.१४ – पूर्व अध्यक्ष श्री अविनाश बोहराज्यू र पूर्व वरिष्ठ उपाध्यक्ष श्री राजेन्द्र राउतज्यूलाई हार्दिक बधाई

नेपाल उद्योग वाणिज्य महासंघको ५४औँ वार्षिक साधारण सभा तथा निर्वाचनमा महासंघको कार्यकारिणी सदस्यकालागि एशोसिएट समुहबाट निर्वाचित हुनु भएका यस संघका पूर्व अध्यक्षश्री अविनाश बोहराज्यू र महासंघको प्रदेश नं. १को केन्द्रीय सदस्य पदमा निर्विरोध चयन हुनु भएका यस संघका पूर्व वरिष्ठ उपाध्यक्ष श्री राजेन्द्र राउतज्यूलाई हार्दिक बधाई ज्ञापन गर्दछौँ । साथै, महासंघमा वहाँहरुको प्रतिनिधित्वमा निजी क्षेत्रका […]

Read More

56. २०७७.०८.०२ – मोरंग व्यापार संघमा उद्योग, वाणिज्य तथा आपूर्ति राज्य मन्त्रीज्यूसँगको स्वागत तथा भेटघाट कार्यक्रम

आज मिति २०७७ मंसीर २ गते, मंगलबार मोरंग व्यापार संघले उद्योग, वाणिज्य तथा आपूर्ति राज्य मन्त्री माननीय मोतीलाल दुगडज्यूको संघमा स्वागत गरी भेटघाट तथा छलफल कार्यक्रमको आयोजना गरेको छ । माननीय राज्य मन्त्रीज्यू गृह नगर पाल्नु भएको अवसरमा मोरंग व्यापार संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यू र उद्योग संगठन मोरङका अध्यक्ष श्री भीम घिमिरेज्यूको सभापतित्वमा आयोजित […]

Read More

57. २०७७.०७.१९ – मोरंग व्यापार संघको कार्यकारिणी सदस्यमा महिला उद्यमी बन्दना जैन मनोनित

मुलुकको जेठो उद्योग वाणिज्य संघ, ‘मोरंग व्यापार संघ’को कार्यसमितिको सदस्य पदमा वर्धमान इण्डष्ट्रिज, विराटनगरकी संचालिका श्रीमती बन्दना जैनज्यू मनोनित हुनु भएको छ । उद्यमशिलता क्षेत्रमा महिलाको सक्षमता र पहुँचको कदर हुनु पर्ने मान्यता र महिला उद्यमीहरुलाई समेत यथोचित स्थान दिई प्रोत्साहन गर्नु पर्ने धारणा सहित अध्यक्ष मून्दडाज्यूले संघको नियमावलीको दफा १६.१ (ङ) को व्यवस्था अनुरुप […]

Read More

58. संघका अध्यक्ष श्री प्रकाश मुन्दडाज्यूबाट कोभिड अस्पतालको उद्घाटन

मिति २०७७ भाद्र ११ गते, बिहीबार, विराटनगरको न्यूरो अस्पतालले संचालनमा ल्याएको कोभिड अस्पतालको उद्घाटन गर्नु हुँदै मोरंग व्यापार संघका अध्यक्ष श्री प्रकाश मुन्दडाज्यू ।

Read More

59. संघमा पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीज्यूको स्वागत

आज मिति २०७७ श्रावण ८ गते, बिहिबारका दिन यस मोरंग व्यापार संघले आफ्ना सहयात्री संस्थाहरु उद्योग संगठन मोरंग र विराट व्यापार संघसँगको संयुक्त आयोजनामा संघीय सरकारका पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री माननीय लालबाबु पण्डितज्यूलाई संघमा स्वागत गरी उद्योग व्यवसायका समसामयिक विषयहरुमाथि छलफल गरेको छ । सामाजिक दुरी कायम गर्दै आयोजना गरिएको उक्त कार्यक्रमको […]

Read More

60. उद्योगी व्यवसायीहरुको समस्याहरु सम्बोधनकालागि संयुक्त ज्ञापन पत्र प्रस्तुत

आज मिति २०७७ आषाढ २२ गते, सोमबारका दिन मोरंग व्यापार संघ तथा सहयात्री संस्था उद्योग संगठन मोरङ र विराट व्यापार संघको समन्वयमा प्रदेश नं १ उद्योग वाणिज्य महासंघ लगायत जिल्ला÷नगर उद्योग वाणिज्य संघहरु, मोरंग व्यापार संघका शाखा उद्योग वाणिज्य संघहरु तथा वस्तुगत संघहरुका अध्यक्ष तथा पदाधिकारीज्यूहरु सहितको सहभागितामा संघीय सरकार तथा प्रदेश सरकारका विभिन्न निकायहरु […]

Read More

61. संघद्वारा निःशुल्क होमियोपैथिक औषधि वितरण

मिति २०७७ आषाढ १९ गते, शुक्रबारका दिन रिलायन्स स्पीनिङ मिल्स् लिमिटेडले आफ्नो उद्योगमा कार्यरत २२०० जना कर्मचारी/कामदारहरुकालागि रोग प्रतिरोधात्मक अभिवृद्धि गर्ने होमियोपैथिक औषधीकालागि यस संघमा माग गरेकोमा संघका अध्यक्षज्यू, पूर्व अध्यक्षज्यू, निर्वतमान अध्यक्षज्यू एवं पदाधिकारीज्यूहरुले संघद्वारा संचालित निःशुल्क होमियोपैथिक औषधालय मार्फत उक्त उद्योगलाई सो होमियोपैथिक औषधीहरु वितरण गर्नु भएको छ ।औषधी वितरण कार्यक्रमका केहि झलकहरुः

Read More

62. प्रदर्शनी स्थल निर्माण गर्न संघ र संगठन बीच सम्झौता

आज मिति २०७७ असार १० गते, बुधबार विराटनगर–४ स्थित सत्यनारायण मन्दिरको २ बीघा खाली जग्गा लीजमा लिई अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी स्थल निर्माण गर्न मोरंग व्यापार संघ र उद्योग संगठन मोरङबीच सम्झौता भएको छ । सम्झौता पत्रमा संघका तर्फबाट अध्यक्ष श्री प्रकाश मुन्दडाज्यू, संगठनका तर्फबाट अध्यक्ष श्री भीम घिमिरेज्यू लगायत संघ र संगठनका पूर्व अध्यक्षज्यूहरु र पदाधिकारिज्यूहरुले […]

Read More

63. संघमा प्रदेश सरकार, स्थानीय सरकार र निजी क्षेत्र बीच स्थानीय कर बारे छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

आज मिति २०७७ आषाढ ८ गते, सोमबार मोरंग व्यापार संघमा प्रदेश १ सरकार, स्थानीय सरकार र निजी क्षेत्रका उद्योगी व्यवसायीहरु बीच स्थानीय कर बारे छलफल गर्न अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री माननीय इन्द्र बहादुर आङ्बोज्यूको प्रमुख आतिथ्यतामा मोरङ सुनसरी औद्योगिक कोरिडोरका स्थानीय तहका प्रमुखज्यूहरुसँग स्थानीय […]

Read More

64. संघद्वारा प्रहरी उपरिक्षक श्री विश्व अधिकारीज्यूलाई सम्मान गर्दै विदाई

आज मिति २०७७ आषाढ ५ गते, शुक्रबार, मोरंग व्यापार संघले काठमाडौँ सरुवा भई जान लाग्नु भएका प्रहरी उपरिक्षक श्री विश्व अधिकारीज्यूलाई सम्मान गर्दै विदाई गरेको छ । संघका अध्यक्ष श्री प्रकाश मुन्दडाज्यूको सभापतित्वमा आयोजित उक्त विदाई कार्यक्रममा अध्यक्ष मून्दडाज्यूले प्रहरी निरिक्षक अधिकारीज्यू अत्यन्त मिलनसार रहनुका साथै मुलुकको शान्ति सुरक्षा तथा सुशासन कार्यमा कुशल एवं देशभक्त […]

Read More

65. १० स्थानमा पानीटंकी (स्टेन्ड सहित) र ह्याण्डवासको व्यवस्था

आज मिति २०७७ जेठ २७ गते, मंगलबारका दिन विराटनगर बजार क्षेत्रमा हुने भीडभाड र त्यसकालागि आवश्यक स्वास्थ्य सुरक्षाका विधिहरुलाई ध्यानमा राखी सो क्षेत्रमा आवागमन गर्ने सर्वसाधारणहरुलाई हात धुन सहजता प्रदान गर्न मोरंग व्यापार संघले विराटनगर बजार क्षेत्रका विभिन्न १० स्थानमा पानीटंकी (स्टेन्ड सहित) र ह्याण्डवासको व्यवस्थापन गरेको छ । मोरंग व्यापार संघ लगायत एशियन थाई […]

Read More

66. Coordination for operation of Industries, Trade & Market amid COVID 19 विषयक WEBINAR कार्यक्रम सम्पन्न:

आज मिति २०७७ जेठ १२ गते, सोमबार मोरंग व्यापार संघ र उद्योग संगठन मोरङद्वारा संयुक्त रुपमा Coordination for operation of Industries, Trade & Market amid COVID 19 विषयक वेभिनार कार्यक्रम संचालन गरिएको थियो । मोरंग व्यापार संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यू र उद्योग संगठन मोरङका अध्यक्ष श्री भीम घिमिरेज्यूकोे सभापतित्वमा आज बेलुकी ४ः०० बजेदेखि आयोजना […]

Read More

67. कोशी अञ्चल अस्पताललाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण

विश्व व्यापी महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाईरस (कोभिड १९) को संक्रमण नेपालमा पनि व्यापक रुपले फैलिन थालेको सन्दर्भमा त्यसको रोकथाम एवं नियन्त्रण गर्न ने.उ.वा.महासंघका संस्थापक सदस्य ‘मोरंग व्यापार संघ’ र सदस्य ‘उद्योग संगठन मोरङ’ले सरकारका स्वास्थ्य संरक्षणका हरेक कदमहरुलाई आत्मसात गरी निरन्तर रुपले सहकार्य गर्दै आएको छ । यसै सन्दर्भमा आज मिति २०७७ जेठ […]

Read More

68. प्रदेश बजेटका लागि सुझाव प्रस्तुत

आज मिति २०७७ जेठ ५ गते, सोमबारका दिन प्रदेश नं. १ सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि प्रस्तुत गर्ने बजेट नितिमा सम्बोधन गरिनु पर्ने निजी क्षेत्रका उद्योगी व्यवसायीहरुको समष्टिगत मागहरु समेट्दै मोरंग व्यापार संघ र उद्योग संगठन मोरङले संयुक्त रुपमा तयार पारेको सुझाव पत्र प्रदेश १ का मुख्यमन्त्री माननीय शेरधन राईज्यू समक्ष पेश गर्नु हुँदै […]

Read More

69. रोजगारदाता र ट्रेड युनियनका प्रमुखहरु बीच मोरंग व्यापार संघमा छलफल

आज मिति २०७६ चैत्र ६ गते मोरंग व्यापार संघमा रोजगारदाता तथा ट्रेड युनियनहरुका प्रमुखज्यू एवं पदाधिकारीज्यूहरुको उपस्थितिमा वर्तमान परिस्थितिका विभिन्न विषयहरुमाथि छलफल गरिएको छ । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड १९) बाट जोगिन मोरङ–सुनसरी औद्योगिक कोरिडोरमा अवस्थित सयौँ उद्योगहरुमा कार्यरत हजारौँ कर्मचारीहरु र श्रमिकहरुको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गरी दैनिक कार्यशैलीमा अपनाउनु पर्ने सर्तकताहरु […]

Read More

70. मुख्य मन्त्रीज्यूलाई संघको ज्ञापन पत्र

मुख्य मन्त्रीज्यूलाई संघको ज्ञापन पत्र एवं रोजगारीमूलक उद्योगहरुको विधूत आपूर्ति कटौति प्रति आपत्ति आज मिति २०७६ चैत्र ५ गते, बुधबार मोरंग व्यापार संघले प्रदेश नं. १ का मुख्य मन्त्री माननीय शेरधन राईज्यूसँग भेट गरी वर्तमान परिवेशमा निजी क्षेत्रका औद्योगिक–व्यवसायीक क्षेत्रले भोगिरहेका समस्याहरु बारे अवगत गराई ज्ञापन पत्र बुझाएको छ । संघका अध्यक्ष प्रकाश मुन्दडाज्यूको नेतृत्वमा […]

Read More

71. श्री श्याम राठी संघको वर्तमान कार्यकारिणी सदस्यमा मनोनित

अन्नपूर्ण केवलका संचालक श्री श्याम राठी मोरंग व्यापार संघको वर्तमान कार्यकारिणी सदस्यमा मनोनित मुलुककै जेठो उद्योग वाणिज्य संघ, मोरंग व्यापार संघको वर्तमान ३२औँ कार्यसमितिको सदस्य पदमा अन्नपूर्ण केवल, विराटनगरका संचालक श्री श्याम राठीज्यू मनोनित हुनु भएको छ । आज बसेको संघको का.का. बैठकमा संघका अध्यक्षज्यूले उद्योगी राठीलाई मनोनित गरिएको जानकारी सबै कार्यसमिति सदस्यहरु समक्ष गराउनु […]

Read More