Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal
1. 2078.10.13 – मोरंग व्यापार संघको ३३औं कार्यसमिति गठन,
अध्यक्षमा श्री नवीन रिजाल सहित पदाधिकारीहरु निर्विरोध निर्वाचित

आज मिति २०७८ माघ १४ गते, बिहीबार, मोरंग व्यापार संघको ३३औं कार्यकारिणी समितिको पदाधिकारी निर्वाचन एवं कार्यसमिति गठन कार्य सफलतापूर्वक सम्पन्न भएको छ । ३२औं कार्यसमितिका अध्यक्ष श्री प्रकाश मून्दडाज्यूको अध्यक्षतामा संघमा आयोजित सो पदाधिकारी निर्वाचनबाट संघको ३३औं का.का. समितिको अध्यक्ष पदमा श्री नवीन रिजालज्यू निर्विरोध निर्वाचित हुनु भएको छ भने वरिष्ठ उपाध्यक्षमा श्री अनुपम […]

Read More

2. 2078.09.20 – संघको ३३औं कार्यकारिणी समिति सदस्य पदको निर्वाचन सम्पन्न

आज मिति २०७८ पौष २० गते, मंगलबार मोरंग व्यापार संघको ३३औं कार्यकारिणी समितिको सदस्य पदको निर्वाचन कार्यक्रम सम्पन्न भएको छ । निर्वाचन आयोग, मोरंग व्यापार संघले जनाए अनुसार संघको ३३औं कार्यकारिणी समितिको सदस्य पदको निर्वाचनमा उम्मेदवारहरुको नामावली उपर कुनै दावी विरोध नपरेको, कसैले उम्मेदवारी फिर्ता नलिएको तथा संघको विधान, नियमावली अनुसारको वाणिज्य तर्फ ८ जना […]

Read More

3. 2078.09.05 – भारतीय कस्टम्स कमिश्नरसँगको सी.सी.एफ.सी. बैठकमा संघद्वारा सुझाव प्रस्तुत

आज मिति २०७८ पौष ५ गते, मोरंग व्यापार संघले जोगबनीमा पाल्नु भएका पटना, भारतका कस्टम्स कमिश्नर श्री पी.के. कट्यारज्यू सहित भारतका भन्सार अधिकारीहरुसँग भेट गरी नेपाल–भारत व्यापार सहजीकरण विषयहरुमा छलफल गरेको छ । पटनाका कस्टम्स कमिश्नरद्वारा गठित कस्टम्स क्लियरेन्स फेसिलिटेशन कमिटी (सी.सी.एफ.सी.)को सदस्यको रुपमा रहेको मोरंग व्यापार संघले आज आई.सी.पी., जोगबनीमा आयोजित सी.सी.एफ.सी. बैठकमा भाग […]

Read More

4. ‘मोरंग व्यापार संघ’को ६५औं वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न
अर्थमन्त्रीद्वारा संघलाई ‘आर्थिक सल्लाहकार’ घोषणा

मिति २०७८ मंसिर १७ गते, शुक्रबार, मुलुककै जेठो उद्योग वाणिज्य संघ ‘मोरंग व्यापार संघ’को ६५औं वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न भएको छ । संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यूको अध्यक्षतामा आयोजित उक्त वार्षिक साधारण सभामा प्रमुख अतिथिका रुपमा संघीय सरकारका अर्थमन्त्री माननीय जनार्दन शर्मा ‘प्रभाकर’ज्यू पाल्नु भएको थियो भने विशिष्ठ अतिथिका रुपमा प्रदेश नं. १का […]

Read More

5. 2078.07.09 – सिंघिया पुल जिर्णोद्वारका लागि संघको ज्ञापन पत्र

आज मिति २०७८ कार्तिक ९ गते, मंगलबार मोरंग व्यापार संघले विराटनगरको हाटखोला स्थित जिर्ण अवस्थामा रहेको सिंघिया पुलको यथाशिघ्र जिर्णोद्वार गरिनु पर्ने माग राख्दै जिल्ला प्रशासन कार्यालय, मोरङलाई ज्ञापन पत्र बुझाएको छ । संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यूको नेतृत्वमा गएको टोलीले जिल्ला प्रशासन कार्यालय, मोरङका प्रमुख जिल्ला अधिकारी श्री काशिराज दाहालज्यू समक्ष सो ज्ञापन पत्र […]

Read More

6. 2078.07.03 – संघद्वारा प्रमुख कर अधिकृतको विदाई

आज मिति २०७८ कार्तिक ३ गते, बुधबार मोरंग व्यापार संघले आन्तरिक राजस्व कार्यालय, विराटनगरबाट सरुवा हुनु भएका प्रमुख कर अधिकृत श्री विमल सापकोटाज्यूको विदाई गरेको छ । संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यूको अध्यक्षतामा संघमा आयोजित विदाई कार्यक्रममा पाल्नु भएका प्रमुख कर अधिकृत श्री विमल सापकोटाज्यूलाई अध्यक्ष श्री मून्दडाज्यूले संघमा स्वागत गर्नु भई वहाँको सरल एवं […]

Read More

7. 2078.06.14 – President Prakash Mundara’s interview at Prime Times TV (Topic: Mero Desh, Merai Utpadan)
Read More

8. 2078.06.14 – मुलुकका राष्ट्र प्रमुखज्यूहरु सहित उच्च पदस्थ व्यक्तित्वहरुलाई ‘मेरो देश, मेरै उत्पादन’ अभियानको प्रवद्र्धन गर्न आग्रह

मिति २०७८ असोज १४ गते, बिहिबार, मोरंग व्यापार संघ र उद्योग संगठन मोरङका पदाधिकारीज्यूहरु र पूर्व अध्यक्षज्यूहरु सहितको टोलीले मुलुकका राष्ट्र प्रमुखज्यूहरु सहित नेपाल सरकारका उच्च पदस्थ व्यक्तित्वहरुसँग प्रत्यक्ष भेट गरी संघ–संगठनद्वारा संचालित ‘मेरो देश, मेरै उत्पादन’ अभियानलाई सरकार पक्षबाट समेत प्रवद्र्धन गर्न आग्रह गर्दै अभियानका प्रवर्दनात्मक सामग्रीहरु, निमोनिक लोगो सहितको फ्रेम र टेवल स्टेन्डहरु […]

Read More

9. 2078.05.16 – विराटनगरको सिंघिया पुलको जिर्णोद्वार र क्षमता विस्तारका लागि मोरंग व्यापार संघको पहल

विराटनगर महानगरपालिका र कटहरी गाउँपालिका जोड्ने रंगेली रोड सडक खण्डमा पर्ने विराटनगरको हाटखोला स्थित सिंघिया पुलको जिर्ण अवस्था प्रति मोरंग व्यापार संघले सरकारका विभिन्न निकायहरुलाई ध्यानाकर्षण गराउने कार्य थालेको छ । मोरङ–सुनसरी आर्थिक कोरिडोर अन्तरगत कटहरी गाउँपालिका लगायत आसपासका क्षेत्रमा संचालनमा रहेका सयौँ उद्योग, कल–कारखानाहरु र मोरङका पूर्वी भेगका अधिकांश बजारहरुलाई प्रादेशिक राजधानी, औद्योगिक नगरी […]

Read More

10. 2078.04.28 – प्रदेशस्तरीय बाल अस्पताल निर्माणार्थ मोरंग व्यापार संघलाई प्रस्ताव

मिति २०७८ श्रावण २८ गते, बिहीबार मोरंग व्यापार संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यूले संघमा पाल्नु भएका काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)का अध्यक्ष एवं वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोईरालाज्यू र नेपाली सेनाका उपरथी एवं सामाजिक अभियन्ता श्री अनन्त कार्कीज्यूलाई स्वागत गरी भेटघाट र छलफल गर्नु भएको छ । भेटघाटका क्रममा किओचका अध्यक्ष डा. […]

Read More

11. 2078.03.22 – मोरंग व्यापार संघद्वारा ट्रेड युनियनहरुसँग छलफल

आज मिति २०७८ आषाढ २२ गते, मोरंग व्यापार संघले मोरङ–सुनसरी कोरिडोरका ट्रेड युनियन प्रमुख एवं प्रतिनिधिज्यूहरुसँग भेटघाट गरी छलफल गरेको छ । संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यूको अध्यक्षतामा सामाजिक दुरी कायम गरी आज संघमा आयोजित उक्त भेटघाट तथा छलफल कार्यक्रममा मोरङका टे«ड युनियनका प्रमुख एवं प्रतिनिधिहरुलाई अध्यक्ष श्री मून्दडाज्यूले संघमा स्वागत गर्नु भई मोरङ–सुनसरी कोरिडोरका […]

Read More

12. 2078.02.01 – मोरंग व्यापार संघको हार्दिक अपिल

कोभिड १९ (दोश्रो लहर)को संक्रमण नेपालमा पनि तिब्र गतिले फैलिरहेकोमा त्यसको रोकथाम एवं नियन्त्रणार्थ सरकारले विभिन्न स्थानहरुमा निषेधाज्ञा लागू गरेतापनि हाल अस्पताल तथा स्वास्थ्य चौकीहरुमा संक्रमितहरुको चाप अत्याधिक रुपले बढेको, संक्रमितहरुको अवस्था जटिल बन्दै गएको, उपचारका सामग्रीहरुको अभावमा मृत्युदर बढेको एवं मानव जीवन रक्षा चुनौतिपूर्ण बन्दै गईरहेको अवस्थालाई मध्येनजर गरी यस संघले संक्रमितहरुका निम्ति आवश्यक […]

Read More

13. 2078.01.30 – मोरंग व्यापार संघको अपिल तथा अनुरोध

मुलुकमा हाल कोभिड १९ (दोश्रो लहर)को संक्रमण समुदायस्तरमा तिब्र गतिमा फैलिरहेकोमा त्यसको रोकथाम, नियन्त्रण र समयमै स्वास्थ्योपचारका कार्यहरु शिघ्रताका साथ अघि बढाउनु पर्ने आवश्यक रहेसँगै सरकारले हाल विभिन्न स्थानहरुमा निषेधाज्ञा जारी गरेतापनि अस्पताल तथा स्वास्थ्य चौकीहरुमा संक्रमितहरुको चाप अत्याधिक रुपले बढिरहेको अवस्था छ । हाल अत्याधिक संख्यामा रहेका संक्रमितहरुको अवस्था जटिल बन्दै गई रहेको, मृत्युदर […]

Read More

14. 2078.01.23 – मोरंग व्यापार संघको अनुरोध

कोभिड १९ (दोश्रो लहर)को संक्रमण समुदायस्तरमा तिब्र गतिमा फैलिरहेकोमा त्यसको रोकथाम, नियन्त्रण र समय मै उपचार व्यवस्थापनका कार्यहरु शिघ्रताका साथ गरिनु पर्ने आवश्यकता रहेसँगै विद्यमान विषम् परिस्थितिमा संक्रमितहरुको उपचारार्थ अस्पताल तथा स्वास्थ्य चौकीहरुमा अक्सीजनको खपत बढेको हुँदा समयमै अक्सीजन सिलिण्डरहरुको समुचित व्यवस्थापन गर्न हाल उद्योग प्रतिष्ठान र आम सर्वसाधारणहरुले जगेर्ना गरी राख्नु भएका अक्सीजन सिलिण्डरहरु […]

Read More

15. 2077.12.30 – पूर्व अध्यक्ष श्री शंकरलाल अग्रवालज्यूलाई हार्दिक बधाई
Read More

16. 2077.12.28 – उत्कृष्ट उद्योग वाणिज्य संघको रुपमा मोरंग व्यापार संघ सम्मानित

‘उद्योग वाणिज्य दिवस २०७७’ एवं नेपाल उद्योग वाणिज्य महासंघको ५५औँ वार्षिक साधारण सभाको अवसरमा १ नं. प्रदेशबाट ‘क’ वर्गको उत्कृष्ट उद्योग वाणिज्य संघको रुपमा मोरंग व्यापार संघलाई सम्मानित गरिएको छ । उद्योग, व्यापार, व्यवसायको विकास तथा प्रवद्र्धनमा उत्कृष्ट भूमिका निर्वाह गरी महत्वपूर्ण योगदान पु¥याए वापत मुलुककै जेठो उद्योग वाणिज्य संघ ‘मोरंग व्यापार संघ’लाई सम्माननीय प्रधानमन्त्री […]

Read More

17. 2077.12.06 – मोरंग व्यापार संघमा ‘नेपाल ट्रेड इन्फर्मेसन पोर्टल’ विषयक अभिमुखिकरण कार्यक्रम सम्पन्न

आज मिति २०७७ चैत्र ६ गते, शुक्रवार, मोरंग व्यापार संघमा ‘नेपाल ट्रेड इन्फर्मेसन पोर्टल’को अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । मोरंग व्यापार संघको पहल र उद्योग संगठन मोरंगको सहकार्यमा संघमा आयोजित उक्त कार्यक्रममा नेपाल सरकार, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रद्वारा निर्मित पोर्टल बारे उद्यमी व्यवसायीहरुलाई अभिमुखिकरण दिइएको थियो । संघका सचिव श्री अनिल सारडाज्यूले संचालन […]

Read More

18. 2077.10.05 – सम्माननीय प्रधानमन्त्रीज्यूको विशेष आर्थिक सल्लाहकार पदमा नियुक्त हुनु भएका यस संघका पूर्व उपाध्यक्ष श्री मोतीलाल दुगडज्यूलाई हार्दिक बधाई

यस संघका पूर्व उपाध्यक्ष, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका पूर्व राज्यमन्त्री, नेकपाका केन्द्रीय सदस्य एवं वरिष्ठ उद्योगपति श्री मोतीलाल दुगडज्यू नेपाल सरकारका सम्माननीय प्रधानमन्त्रीज्यूको विशेष आर्थिक सल्लाहकार पदमा नियुक्त हुनु भएकोमा वहाँलाई हार्दिक बधाई ज्ञापन गर्दछौँ । साथै, लामो समयदेखि नेपाल सरकारको निकट रही मुलुकका उद्योग, व्यवसाय लगायत समग्र आर्थिक क्षेत्रको संरक्षण, सम्बद्र्धन, विकास एवं […]

Read More

19. 2077.09.25 – मोरंग व्यापार संघमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रीज्यूको स्वागत

आज मिति २०७७ पौष २५ गते, शनिबार मोरंग व्यापार संघमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री माननीय भानुभक्त ढकालज्यूलाई स्वागत गरी भेटघाट कार्यक्रम आयोजना गरिएको थियो । प्रदेश नं. १ क्षेत्रका पर्यटन प्रवद्र्धन लगायत समसामयिक विषयहरुमाथि छलफल गर्न मोरंग व्यापार संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यूको पहलमा मोरंग व्यापार संघ र उद्योग संगठन मोरङले संयुक्त रुपमा […]

Read More

20. 2077.09.15 – संघमा ‘निर्यात प्रवद्र्धन, पारवहन र व्यापार सहजीकरण’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

आज मिति २०७७ पौष १५ गते, बुधबार मोरंग व्यापार संघ र उद्योग, वाणिज्य तथा आपूति मन्त्रालय, नेपाल–भारत क्षेत्रीय व्यापार तथा पारवाहन आयोजनाले संयुक्त रुपमा ‘निर्यात प्रवद्र्धन, पारवहन र व्यापार सहजीकरण’ विषयक अन्तरक्रिया कार्यक्रम संघमा आयोजना गरेको थियो । मोरंग व्यापार संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यूको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव […]

Read More

21. २०७७।०८।२२ – कटहरी गाउँपालिकालाई प्याथोलोजी ल्याब हस्तान्तरण

आज मिति २०७७ मंसीर २२ गते, सोमबार, मोरंग व्यापार संघद्वारा संचालित प्याथोलोजी ल्याब कटहरी गाउँपालिकालाई हस्तान्तरण गरी समुद्घाटन गर्नु हुँदै संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यू, पूर्व अध्यक्ष श्री महेश कु. जाजूज्यू र कटहरी गाउँपालिकाका अध्यक्ष श्री राम कुमार कामतज्यू । मोरङको कटहरी लगायत आसपासका गाउँपालिकाहरुका बासिन्दाहरुलाई लक्षित गरी निजहरुको सामान्य चेकजाँच गराउन पनि विराटनगर धाउनु […]

Read More

22. २०७७.०८.१५ – नेपाल उद्योग वाणिज्य महासंघको नवनिर्वाचित कार्य समितिलाई हार्दिक बधाई तथा शुभकामना

नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वकालागि चुनिनु भएका अध्यक्ष श्री शेखर गोल्छाज्यू, वरिष्ठ उपाध्यक्ष श्री चन्द्र प्रसाद ढकालज्यू, उपाध्यक्षज्यूहरूः श्री दिनेश श्रेष्ठज्यू, श्री अंजन श्रेष्ठज्यू, श्री रामचन्द्र संघाईज्यू लगायत पदाधिकारीज्यूहरु र सम्पूर्ण कार्यकारिणी समितिका सदस्यज्यूहरुलाई हार्दिक वधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु । निजी क्षेत्रहरुको छाता संगठनमा वहाँहरुको नेतृत्वले निजी क्षेत्रका प्रत्येक स्तरको हकहितको […]

Read More

23. २०७७.०८.१४ – पूर्व अध्यक्ष श्री अविनाश बोहराज्यू र पूर्व वरिष्ठ उपाध्यक्ष श्री राजेन्द्र राउतज्यूलाई हार्दिक बधाई

नेपाल उद्योग वाणिज्य महासंघको ५४औँ वार्षिक साधारण सभा तथा निर्वाचनमा महासंघको कार्यकारिणी सदस्यकालागि एशोसिएट समुहबाट निर्वाचित हुनु भएका यस संघका पूर्व अध्यक्षश्री अविनाश बोहराज्यू र महासंघको प्रदेश नं. १को केन्द्रीय सदस्य पदमा निर्विरोध चयन हुनु भएका यस संघका पूर्व वरिष्ठ उपाध्यक्ष श्री राजेन्द्र राउतज्यूलाई हार्दिक बधाई ज्ञापन गर्दछौँ । साथै, महासंघमा वहाँहरुको प्रतिनिधित्वमा निजी क्षेत्रका […]

Read More

24. २०७७.०८.०४ – ने.उ.वा.महासंघको केन्द्रीय सदस्य (प्रदेश १) मा संघका पूर्व वरिष्ठ उपाध्यक्षज्यू निर्विरोध निर्वाचित हुनु भएकोमा हार्दिक बधाई

यस संघका पूर्व वरिष्ठ उपाध्यक्ष श्री राजेन्द्र राउतज्यू प्रदेश नं. १ बाट नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पदमा निर्विरोध निर्वाचित हुनु भएकोमा वहाँलाई हार्दिक बधाई ज्ञापन गर्दछु । साथै, वहाँको कार्यकालमा निजी क्षेत्रहरुको छाता संगठन ने.उ.वा.महासंघ मार्फत उद्योगी व्यवसायीहरुको हक हित, संरक्षण, सम्बद्र्धन र विकासजन्य कार्यहरु अझ सशक्त ढंगले अघि बढ्ने विश्वासका साथ महासंघमा […]

Read More

25. २०७७.०८.०२ – मोरंग व्यापार संघमा उद्योग, वाणिज्य तथा आपूर्ति राज्य मन्त्रीज्यूसँगको स्वागत तथा भेटघाट कार्यक्रम

आज मिति २०७७ मंसीर २ गते, मंगलबार मोरंग व्यापार संघले उद्योग, वाणिज्य तथा आपूर्ति राज्य मन्त्री माननीय मोतीलाल दुगडज्यूको संघमा स्वागत गरी भेटघाट तथा छलफल कार्यक्रमको आयोजना गरेको छ । माननीय राज्य मन्त्रीज्यू गृह नगर पाल्नु भएको अवसरमा मोरंग व्यापार संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यू र उद्योग संगठन मोरङका अध्यक्ष श्री भीम घिमिरेज्यूको सभापतित्वमा आयोजित […]

Read More

26. २०७७.०७.१९ – मोरंग व्यापार संघको कार्यकारिणी सदस्यमा महिला उद्यमी बन्दना जैन मनोनित

मुलुकको जेठो उद्योग वाणिज्य संघ, ‘मोरंग व्यापार संघ’को कार्यसमितिको सदस्य पदमा वर्धमान इण्डष्ट्रिज, विराटनगरकी संचालिका श्रीमती बन्दना जैनज्यू मनोनित हुनु भएको छ । उद्यमशिलता क्षेत्रमा महिलाको सक्षमता र पहुँचको कदर हुनु पर्ने मान्यता र महिला उद्यमीहरुलाई समेत यथोचित स्थान दिई प्रोत्साहन गर्नु पर्ने धारणा सहित अध्यक्ष मून्दडाज्यूले संघको नियमावलीको दफा १६.१ (ङ) को व्यवस्था अनुरुप […]

Read More

27. २०७७ असोज ६ गते – संघमा प्र.जि.अ. र सह–प्र.जि.अ.को स्वागत

आज मिति २०७७ असोज ६ गते, मंगलबारका दिन जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी श्री कोशहरी निरौलाज्यू र सहायक प्रमुख जिल्ला अधिकारी श्री ध्रुव बहादुर खड्काज्यूको मोरंग व्यापार संघमा स्वागत गरी भेटघाट गरिएको थियो । संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यूले प्र.जि.अ. र स.प्र.जि.अ.ज्यूको स्वागत गर्नु भई मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगी व्यवसायीहरुले भोगिरहेका समस्याहरु बारे […]

Read More

28. संघका अध्यक्ष श्री प्रकाश मुन्दडाज्यूबाट कोभिड अस्पतालको उद्घाटन

मिति २०७७ भाद्र ११ गते, बिहीबार, विराटनगरको न्यूरो अस्पतालले संचालनमा ल्याएको कोभिड अस्पतालको उद्घाटन गर्नु हुँदै मोरंग व्यापार संघका अध्यक्ष श्री प्रकाश मुन्दडाज्यू ।

Read More

29. संघमा पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीज्यूको स्वागत

आज मिति २०७७ श्रावण ८ गते, बिहिबारका दिन यस मोरंग व्यापार संघले आफ्ना सहयात्री संस्थाहरु उद्योग संगठन मोरंग र विराट व्यापार संघसँगको संयुक्त आयोजनामा संघीय सरकारका पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री माननीय लालबाबु पण्डितज्यूलाई संघमा स्वागत गरी उद्योग व्यवसायका समसामयिक विषयहरुमाथि छलफल गरेको छ । सामाजिक दुरी कायम गर्दै आयोजना गरिएको उक्त कार्यक्रमको […]

Read More

30. उद्योगी व्यवसायीहरुको समस्याहरु सम्बोधनकालागि संयुक्त ज्ञापन पत्र प्रस्तुत

आज मिति २०७७ आषाढ २२ गते, सोमबारका दिन मोरंग व्यापार संघ तथा सहयात्री संस्था उद्योग संगठन मोरङ र विराट व्यापार संघको समन्वयमा प्रदेश नं १ उद्योग वाणिज्य महासंघ लगायत जिल्ला÷नगर उद्योग वाणिज्य संघहरु, मोरंग व्यापार संघका शाखा उद्योग वाणिज्य संघहरु तथा वस्तुगत संघहरुका अध्यक्ष तथा पदाधिकारीज्यूहरु सहितको सहभागितामा संघीय सरकार तथा प्रदेश सरकारका विभिन्न निकायहरु […]

Read More

31. संघद्वारा निःशुल्क होमियोपैथिक औषधि वितरण

मिति २०७७ आषाढ १९ गते, शुक्रबारका दिन रिलायन्स स्पीनिङ मिल्स् लिमिटेडले आफ्नो उद्योगमा कार्यरत २२०० जना कर्मचारी/कामदारहरुकालागि रोग प्रतिरोधात्मक अभिवृद्धि गर्ने होमियोपैथिक औषधीकालागि यस संघमा माग गरेकोमा संघका अध्यक्षज्यू, पूर्व अध्यक्षज्यू, निर्वतमान अध्यक्षज्यू एवं पदाधिकारीज्यूहरुले संघद्वारा संचालित निःशुल्क होमियोपैथिक औषधालय मार्फत उक्त उद्योगलाई सो होमियोपैथिक औषधीहरु वितरण गर्नु भएको छ ।औषधी वितरण कार्यक्रमका केहि झलकहरुः

Read More

32. प्रदर्शनी स्थल निर्माण गर्न संघ र संगठन बीच सम्झौता

आज मिति २०७७ असार १० गते, बुधबार विराटनगर–४ स्थित सत्यनारायण मन्दिरको २ बीघा खाली जग्गा लीजमा लिई अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी स्थल निर्माण गर्न मोरंग व्यापार संघ र उद्योग संगठन मोरङबीच सम्झौता भएको छ । सम्झौता पत्रमा संघका तर्फबाट अध्यक्ष श्री प्रकाश मुन्दडाज्यू, संगठनका तर्फबाट अध्यक्ष श्री भीम घिमिरेज्यू लगायत संघ र संगठनका पूर्व अध्यक्षज्यूहरु र पदाधिकारिज्यूहरुले […]

Read More

33. संघमा प्रदेश सरकार, स्थानीय सरकार र निजी क्षेत्र बीच स्थानीय कर बारे छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

आज मिति २०७७ आषाढ ८ गते, सोमबार मोरंग व्यापार संघमा प्रदेश १ सरकार, स्थानीय सरकार र निजी क्षेत्रका उद्योगी व्यवसायीहरु बीच स्थानीय कर बारे छलफल गर्न अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री माननीय इन्द्र बहादुर आङ्बोज्यूको प्रमुख आतिथ्यतामा मोरङ सुनसरी औद्योगिक कोरिडोरका स्थानीय तहका प्रमुखज्यूहरुसँग स्थानीय […]

Read More

34. संघद्वारा प्रहरी उपरिक्षक श्री विश्व अधिकारीज्यूलाई सम्मान गर्दै विदाई

आज मिति २०७७ आषाढ ५ गते, शुक्रबार, मोरंग व्यापार संघले काठमाडौँ सरुवा भई जान लाग्नु भएका प्रहरी उपरिक्षक श्री विश्व अधिकारीज्यूलाई सम्मान गर्दै विदाई गरेको छ । संघका अध्यक्ष श्री प्रकाश मुन्दडाज्यूको सभापतित्वमा आयोजित उक्त विदाई कार्यक्रममा अध्यक्ष मून्दडाज्यूले प्रहरी निरिक्षक अधिकारीज्यू अत्यन्त मिलनसार रहनुका साथै मुलुकको शान्ति सुरक्षा तथा सुशासन कार्यमा कुशल एवं देशभक्त […]

Read More

35. १० स्थानमा पानीटंकी (स्टेन्ड सहित) र ह्याण्डवासको व्यवस्था

आज मिति २०७७ जेठ २७ गते, मंगलबारका दिन विराटनगर बजार क्षेत्रमा हुने भीडभाड र त्यसकालागि आवश्यक स्वास्थ्य सुरक्षाका विधिहरुलाई ध्यानमा राखी सो क्षेत्रमा आवागमन गर्ने सर्वसाधारणहरुलाई हात धुन सहजता प्रदान गर्न मोरंग व्यापार संघले विराटनगर बजार क्षेत्रका विभिन्न १० स्थानमा पानीटंकी (स्टेन्ड सहित) र ह्याण्डवासको व्यवस्थापन गरेको छ । मोरंग व्यापार संघ लगायत एशियन थाई […]

Read More

36. स्वास्थ्य सुरक्षा सहित बजार/व्यवसाय सुचारु गर्न छलफल कार्यक्रम

स्वास्थ्य सुरक्षा सहित बजार/व्यवसाय सुचारु गर्ने बारे छलफल गर्न मोरंग व्यापार संघद्वारा छलफल कार्यक्रमको आयोजना विश्व व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९को संक्रमण नेपालमा समेत देखा पर्न गई सोको रोकथाम र नियन्त्रणकालागि नेपाल सरकारद्वारा समयमै लागू गरिएको बन्दाबन्दी (लकडाउन)लाई मुलुकभरीका उद्योगी व्यवासायीहरुले मानव जीवन रक्षा प्रति उत्तरदायी भई विगत दुई महिना भन्दा बढी […]

Read More

37. Coordination for operation of Industries, Trade & Market amid COVID 19 विषयक WEBINAR कार्यक्रम सम्पन्न:

आज मिति २०७७ जेठ १२ गते, सोमबार मोरंग व्यापार संघ र उद्योग संगठन मोरङद्वारा संयुक्त रुपमा Coordination for operation of Industries, Trade & Market amid COVID 19 विषयक वेभिनार कार्यक्रम संचालन गरिएको थियो । मोरंग व्यापार संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यू र उद्योग संगठन मोरङका अध्यक्ष श्री भीम घिमिरेज्यूकोे सभापतित्वमा आज बेलुकी ४ः०० बजेदेखि आयोजना […]

Read More

38. कोशी अञ्चल अस्पताललाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण

विश्व व्यापी महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाईरस (कोभिड १९) को संक्रमण नेपालमा पनि व्यापक रुपले फैलिन थालेको सन्दर्भमा त्यसको रोकथाम एवं नियन्त्रण गर्न ने.उ.वा.महासंघका संस्थापक सदस्य ‘मोरंग व्यापार संघ’ र सदस्य ‘उद्योग संगठन मोरङ’ले सरकारका स्वास्थ्य संरक्षणका हरेक कदमहरुलाई आत्मसात गरी निरन्तर रुपले सहकार्य गर्दै आएको छ । यसै सन्दर्भमा आज मिति २०७७ जेठ […]

Read More

39. प्रदेश बजेटका लागि सुझाव प्रस्तुत

आज मिति २०७७ जेठ ५ गते, सोमबारका दिन प्रदेश नं. १ सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि प्रस्तुत गर्ने बजेट नितिमा सम्बोधन गरिनु पर्ने निजी क्षेत्रका उद्योगी व्यवसायीहरुको समष्टिगत मागहरु समेट्दै मोरंग व्यापार संघ र उद्योग संगठन मोरङले संयुक्त रुपमा तयार पारेको सुझाव पत्र प्रदेश १ का मुख्यमन्त्री माननीय शेरधन राईज्यू समक्ष पेश गर्नु हुँदै […]

Read More

40. संघद्वारा बुद्ध जयन्तीमा दिपावली तथा डीआईजी कार्कीज्यूको स्वागत

आज मिति २०७७ वैशाख २५ गते, बिहीबार, बुद्धजयन्तीको शुभ अवसरमा नेपाल सरकारको आह्वानमा मोरंग व्यापार संघले आफ्नो प्राङ्गणमा सामाजिक दुरी कायम गर्दै बेलुकी ठिक ७ः०० बजे भव्य दीपावली गरेको छ । सोही अवसर पारी संघले विराटनगर सरुवा भई आउनु भएका डी.आई.जी. ईश्वर बाबु कार्कीज्यूको समेत संघमा स्वागत गरेको थियो । कार्यक्रममा संघ अध्यक्ष श्री प्रकाश […]

Read More

41. मोरंग व्यापार संघद्वारा सेनिटाइजर वितरण

आज मिति २०७६ चैत्र ९ गते, आइतबार कोरोना भइरस (कोभिड १९)को संक्रमण महामारीको रुपमा विश्वव्यापी फैलिरहेको वर्तमान परिप्रेक्ष्यमा मोरङ जिल्लाका विभिन्न स्थानहरुमा त्यसको रोक थाम र नियन्त्रण कार्यमा सहयोग पु¥याउने उद्देश्यले मोरंग व्यापार संघले आफ्ना जिल्ला भरिका ९ (नौ) वटा शाखाहरु र प्रदेश तथा जिल्ला स्तरीय पत्रकार महासंघहरुलाई आ–आफ्नो स्थानबाट वितरण गरिदिन रु. १,१०,०००।– (अक्षरेपिः […]

Read More

42. रोजगारदाता र ट्रेड युनियनका प्रमुखहरु बीच मोरंग व्यापार संघमा छलफल

आज मिति २०७६ चैत्र ६ गते मोरंग व्यापार संघमा रोजगारदाता तथा ट्रेड युनियनहरुका प्रमुखज्यू एवं पदाधिकारीज्यूहरुको उपस्थितिमा वर्तमान परिस्थितिका विभिन्न विषयहरुमाथि छलफल गरिएको छ । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड १९) बाट जोगिन मोरङ–सुनसरी औद्योगिक कोरिडोरमा अवस्थित सयौँ उद्योगहरुमा कार्यरत हजारौँ कर्मचारीहरु र श्रमिकहरुको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गरी दैनिक कार्यशैलीमा अपनाउनु पर्ने सर्तकताहरु […]

Read More

43. मुख्य मन्त्रीज्यूलाई संघको ज्ञापन पत्र

मुख्य मन्त्रीज्यूलाई संघको ज्ञापन पत्र एवं रोजगारीमूलक उद्योगहरुको विधूत आपूर्ति कटौति प्रति आपत्ति आज मिति २०७६ चैत्र ५ गते, बुधबार मोरंग व्यापार संघले प्रदेश नं. १ का मुख्य मन्त्री माननीय शेरधन राईज्यूसँग भेट गरी वर्तमान परिवेशमा निजी क्षेत्रका औद्योगिक–व्यवसायीक क्षेत्रले भोगिरहेका समस्याहरु बारे अवगत गराई ज्ञापन पत्र बुझाएको छ । संघका अध्यक्ष प्रकाश मुन्दडाज्यूको नेतृत्वमा […]

Read More

44. श्री श्याम राठी संघको वर्तमान कार्यकारिणी सदस्यमा मनोनित

अन्नपूर्ण केवलका संचालक श्री श्याम राठी मोरंग व्यापार संघको वर्तमान कार्यकारिणी सदस्यमा मनोनित मुलुककै जेठो उद्योग वाणिज्य संघ, मोरंग व्यापार संघको वर्तमान ३२औँ कार्यसमितिको सदस्य पदमा अन्नपूर्ण केवल, विराटनगरका संचालक श्री श्याम राठीज्यू मनोनित हुनु भएको छ । आज बसेको संघको का.का. बैठकमा संघका अध्यक्षज्यूले उद्योगी राठीलाई मनोनित गरिएको जानकारी सबै कार्यसमिति सदस्यहरु समक्ष गराउनु […]

Read More