Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

भारतीय नागरिकहरुकालागि तीन दिने रजिष्ट्रेशन क्याम्प

आज मिति २०७६ श्रावण ११ गते, भारतीय राजदुतावास, काठमाडौँ र मोरंग व्यापार संघले संयुक्त रुपमा यहाँ कार्यरतरअध्ययनरत भारतीय नागरिकहरुकालागि तीन दिने रजिष्ट्रेशन क्याम्प आयोजना गरी दर्ता शुरु गरेको छ । दर्ता कार्य थालिएको आज पहिलो दिन उक्त क्याम्पबाट ५०० बढी भारतीय नागरिकहरुले दर्ता प्रमाण पत्र प्राप्त गरेका छन् ।

मोरंग व्यापार संघका अध्यक्ष श्री प्रकाश मुन्दडाज्यूले भारतीय राजदुतावास, काठमाडौंलाई अनुरोध गर्नु भई यस क्षेत्रमा कार्यरतरअध्ययनरत हजारौँ भारतीय नागरिकहरुलाई सहज हुने गरी रजिष्ट्रेशन क्याम्पको आयोजना गराउनु भएको हो । आज श्रावण ११ गतेदेखि शुरु गरिएको उक्त रजिष्ट्रेशन क्याम्प श्रावण १३ गते सम्मकालागि संचालन गरिने छ ।

उक्त रजिष्ट्रेशन क्याम्पमा दर्ता हुन यहाँ कार्यरतरअध्ययनरत भारतीयहरुले निम्न अनुसारका कागजातहरुको सक्कल र प्रतिलिपि बुझाई दर्ता प्रमाण पत्र प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।

आवश्यक प्रमाण–पत्ररकागजातहरुः
– भारतीय राजदुतावास, काठमाडौंको रजिष्ट्रेशन फारम (संघबाट समेत संकलन गर्न सकिने व्यवस्था मिलाइएको छ)

– भारतीय चुनाव परिचय पत्ररपासपोर्टरराशन कार्डरमुल स्थायी निवास प्रमाण–पत्र । (यी बाहेकका आधार कार्ड लगायत अन्य कागजातहरु मान्य रहेका छैनन् ।)

– कार्यरत नागरिकहरुले आफु कार्यरत उद्योग–प्रतिष्ठानको लेटर प्याडमा कार्य विवरण सहितको प्रमाण ९नाम, पद, कार्यअवधि आदि र उद्योग–प्रतिष्ठानको पान प्रमाण पत्रको प्रतिलिपि तथा अध्ययनरत नागरिकहरुले आफु अध्ययनरत शिक्षण संस्थाबाट प्राप्त अध्ययन विवरण सहितको प्रमाण (एड्मिशन लेटर)

– बसोवासको प्रमाण (घरधनी वा होस्टल वार्डनबाट प्रमाणित र निजको नागरिकताको प्रमाणित प्रतिलिपि)

– पासपोर्ट साईज फोटो–२ प्रति

तीन दिनसम्मकालागि आयोजित उक्त क्याम्पमा भारतीयहरुले सम्पूर्ण प्रक्रिया पुर्याएपछि मात्र भारतीय राजदुतावास, काठमाडौंको प्रमाण पत्र पाउने व्यवस्था मिलाइएको छ ।

यस अघिपनि मोरंग व्यापार संघको पहलमा गत २०७५ पौषमा संघमा एक दिने दर्ता क्याम्प आयोजना गरिएको थियो ।

२०७६ श्रावण ११ गते, शनिबार