Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

मोरंग व्यापार संघको वृक्षारोपण अभियान शुभारम्भ


पर्यावरण प्रबद्र्धन आजको प्रमुख आवश्यकतालाई महशूस गरी मोरंग व्यापार संघले १०००० बोट विरुवा वृक्षारोपण गर्ने अभियान लिई प्रथम चरणमा आज मिति २०७६ श्रावण ३१ गते, शुक्रबारका दिन सूर्यदल गण, थलाह व्यारेक, कटहरी, मोरङमा १००० फलफूल तथा अन्य बोट विरुवाहरु वृक्षारोपण गरी आफ्नो अभियानको शुभारम्भ गरेको छ । मोरंग व्यापार संघका अध्यक्ष श्री प्रकाश मुन्दडाज्यूको अध्यक्षतामा आयोजित उक्त वृक्षारोपण कार्यक्रममा प्रदेश नं. १ का माननीय आन्तरिक मामिला तथा कानून मन्त्री श्री हिक्मत कुमार कार्कीज्यू प्रमुख अतिथिको रुपमा सहभागी रहनु भएको थियो । उक्त वृक्षारोपण कार्यक्रमको सहयोगीको रुपमा एशियन थाई फुड्स प्रा.लि. रहेको थियो । साथै सुर्यदल गण, थलाह व्यारेकका प्रमुख सेनानी श्री रघुनाथ पौडेलज्यू, गणका अधिकृतज्यूहरु लगायत नेपाली सेनाहरुले उक्त वृक्षारोपण कार्यक्रमको व्यवस्थापनमा विशेष सहयोग पु¥याउनु भएको थियो ।

कार्यक्रममा संघका अध्यक्षज्यूले उद्योग व्यवसायको प्रबद्र्धनका क्रियाकलापहरुमा सक्रीय रहनुका साथै वातावरण एवं पर्यावरण संरक्षण गर्नु पनि सबैको दायित्व रहेको बताउनु भएको थियो ।

कार्यक्रममा संघका अध्यक्षज्यूले वृक्षारोपण कार्यक्रम आयोजना गर्नुका साथै रोपिएका बोट विरुवाहरुको संरक्षण गर्नु पनि उत्तिकै महत्वपूर्ण रहेको बताउँदै वृक्षारोपण गरिएका बोट विरुवाहरुको संरक्षण र प्रबद्र्धनकालागि उक्त गणले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा संघले आफ्नो प्रथम चरणको वृक्षारोपण कार्यक्रम सुर्यदल गणबाटै शुरु गरेको कुरा सो कार्यक्रममा जानकारी गराउनु भयो । साथै, उक्त कार्यक्रममा सक्रीय सहभागिता जनाउनु भएका सम्पूर्ण अतिथिगण, जन प्रतिनिधिहरु, विभिन्न सरकारी तथा गैह« सरकारी संघ–संस्था प्रतिनिधिहरु, उद्योगी व्यवसायीहरु, संचारकर्मीहरु लगायत सम्पूर्ण महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

कार्यक्रमको सहयोगीको रुपमा रहेको एशियन थाई फुड्स प्रा.लि.का प्रबन्ध निर्देशक तथा मोरंग व्यापार संघका पूर्व अध्यक्ष श्री महेश कुमार जाजूज्यूले यस किसिमको कार्यक्रमलाई आगामी दिनमा पनि आफू लगायत आफ्नो संस्थाले पूर्ण सहयोग गर्ने बताउँदै संघको प्रथम चरणको वृक्षारोपण कार्यक्रममा आफ्नो संस्थाको तर्फबाट ३०० फलफूलका विरुवाहरु हस्तारन्तरण गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि माननीय आन्तरिक मामिला तथा कानून मन्त्री श्री हिक्मत कुमार कार्कीज्यूले मोरंग व्यापार संघले थालनी गरेको यो अभियान अत्यन्त प्रशंसनीय रहेको र आफू अत्यन्त हर्षित भएको बताउँदै आगामी दिनमा यस किसिमका कार्यक्रमहरुमा आफ्नो मन्त्रालय सदैव मोरंग व्यापार संघसँग सहकार्य गर्न तत्पर रहेको जानकारी गराउनु भएको थियो ।

उक्त वृक्षारोपण कार्यक्रममा प्रदेश नं. १का प्रदेश सभाका सदस्यज्यूहरु, विराटनगर महानगरपालिकाका उप–मेयर श्रीमती इन्दिरा कार्कीज्यू, जिल्ला प्रशासन कार्यालय, मोरङका नि.प्र.जि.अ.ज्यू, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिवज्यू, आन्तरिक राजस्व कार्यालयका प्रमुखज्यू, प्रदेश नं. १ नेपाल प्रहरी प्रमुख एवं शसस्त्रका प्रहरी नायव महानिरिक्षकज्यूहरु, संघका पूर्व अध्यक्षज्यूः श्री शंकरलाल अग्रवालज्यू, श्री महेश कुमार जाजुज्यू, कार्यकारिणी समितिका पदाधिकारी एवं सदस्यज्यूहरु, उद्योग संगठन मोरङका अध्यक्ष श्री भिम घिमिरेज्यू, विभिन्न सरकारी तथा गैह« सरकारी संघ–संस्था प्रतिनिधिहरु, उद्योगी व्यवसायीहरु, संचारकर्मीहरु लगायतको सक्रिय सहभागिता रहेको थियो ।

मितिः २०७६ श्रावण ३१ गते, शुक्रबार ।