Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

मोरंग व्यापार संघ मार्फत २००० भारतीयहरुको दर्ता

मोरंग व्यापार संघ मार्फत २००० भारतीयहरुको दर्ता

आज मिति २०७६ श्रावण १३ गते, यस क्षेत्रमा कार्यरत/अध्ययनरत भारतीयहरुको रजिष्ट्रेशनकालागि भारतीय राजदुतावास, काठमाडौँसँग समन्वय गरी मोरंग व्यापार संघले आयोजना गरेको रजिष्ट्रेशन क्याम्पको तेस्रो दिन २००० को हाराहारीमा भारतीय नागरिकहरुले दर्ता गराई प्रमाण–पत्र प्राप्त गरेका छन् ।

उक्त तीन दिने रजिष्ट्रेशन क्याम्पमा लगभग २५०० भारतीय नागरिकहरुको आवेदन परेतापनि आज अन्तिम दिन अत्याधिक चापका कारण कतिपयको आवेदन संकलन गरी भारतीय राजदुतावासलाई बुझाइएको छ भने कतिपयको कागजात अपूर्ण भएको एवं प्रक्रिया नपुगेकाले दर्ता हुन सकेनन् ।

यस क्षेत्रमा कार्यरत/अध्ययनरत भारतीय नागरिकहरुलाई सहज र सरल हुने गरी मोरंग व्यापार संघका अध्यक्ष श्री प्रकाश मुन्दडाज्यूको पहलमा रजिष्ट्रेशन क्याम्पको आयोजना गरिएको थियो ।

यस अघि मोरंग व्यापार संघकै पहलमा गत २०७५ पौषमा आयोजित एक दिने क्याम्पमा यहाँ कार्यरत/अध्ययनरत करिब ५०० भारतीय नागरिकहरुले दर्ता प्रमाण–पत्र प्राप्त गरेका थिए ।

२०७६ श्रावण १३ गते, सोमबार