Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

मोरंग व्यापार संघ र उद्योग संगठन मोरंगबाट संयुक्त रुपमा आयोजित कार्यक्रमहरुको निष्कर्ष

मोरंग व्यापार संघ र उद्योग संगठन मोरंगबाट
संयुक्त रुपमा आयोजित कार्यक्रमहरुको निष्कर्ष

नेपाल सरकारले यस आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याउन खोजेका कतिपय ऐन, नियम, नीति निर्देशन, कानून अव्यवहारिकताका कारण हाल मुलुकको औद्योगिक व्यवसायिक क्रियाकलापहरु एकाएक ठप्प हुने अवस्थामा पुग्नाले मुलुकको आर्थिक विकास र सरकारको समृद्ध नेपाल, सुखी नेपालीको मुलनारा माथी प्रश्न चिन्ह खडा भएकोमा त्यसको गम्भिरता हेरी मोरंग व्यापार संघ र उद्योग संगठन मोरंगले संयुक्त रुपमा मिति २०७६ श्रावण १ गते, बुधबार उद्योगी व्यवसायीहरुको बृहत भेला र आज मिति २०७६ श्रावण २ गते, बिहीबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष श्री भवानी राणा, उपाध्यक्ष श्री किशोर प्रधान लगायत केन्द्रीय पदाधिकारीज्यूसँग भेटघाट तथा छलफल कार्यक्रम आयोजना गरेको छ ।

मोरंग ब्यापार संघको प्राङगणमा आयोजित बृहत भेलाले सरकारबाट ल्याईएका प्रावधानहरु आवश्यकता हेरी लागू गराउन समय दिनु पर्ने एवं चरणवद्ध रुपमा ल्याईनु पर्ने, सुचना प्राविधिको कठिनाईले उद्योगी–व्यवसायीलाई मर्का पार्न नहुने, पान नम्बरको अनिवार्यतालाई लचिलो बनाउनु पर्ने, मु.अ.कर फिर्तामा कुनै जटिलता ल्याउनु नहुने, बैंक र वीमा कम्पनीहरुको सिन्डीकेट अन्त्य गरिनु पर्ने, उच्चस्तरीय कार्यदल समितिले बुझाएको प्रतिवेदनका मागहरु अविलम्ब पुरा गरिनु पर्ने आदि विभिन्न माग राखी सरकार समक्ष पहल गर्ने, ज्ञापन पत्र बुझाउने एवं आवश्यक परे आन्दोलनमा समेत उत्रने निष्कर्ष निकालेको थियो । त्यसै अनुरुप आज उद्योग संगठन मोरंगमा ने.उ.वा. महासंघकी अध्यक्ष श्री भवानी राणाज्यूसँगको भेटघाट कार्यक्रममा ती समस्याहरु समाधानकालागि महासंघले सम्बन्धित निकायहरु समक्ष नेतृत्वदायी भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिँदै ज्ञापन पत्र बुझाइएको छ । मोरंग व्यापार संघ र उद्योग संगठन मोरंगले संयुक्त रुपमा उक्त ज्ञापन पत्र नेपाल सरकारका अर्थ मन्त्रीलाई सम्बोधन गरी सम्माननीय प्रधानमंत्री लगायत विभिन्न मन्त्रालय र विभागहरुमा बुझाउँदैछ ।