Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

मोरङका प्र.जि.अ. र स.प्र.जि.अ.को मोरंग व्यापार संघद्वारा विदाई

मोरङका प्र.जि.अ. र स.प्र.जि.अ.को मोरंग व्यापार संघद्वारा विदाई

आज मिति २०७६ भाद्र १३ गते शुक्रवारका दिन मोरंगबाट कास्की जिल्लाको प्र.जि.अ. को रुपमा सरुवा भई जान लाग्नु भएका मोरंग जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री रमेश कुमार केसीज्यू र बझाङ सरुवा हुनुभएका सहायक प्र.जि.अ. श्री उमेश पाण्डेज्यूलाई मोरंग व्यापार संघले विदाई गरेको छ ।

विदाईको कार्यक्रम राख्दै मोरंग व्यापार संघका अध्यक्ष, पूर्व अध्यक्ष, पदाधिकारी एवं कार्यसमिति सदस्यहरुले आ–आफ्नो धारणा राख्नु भई प्र.जि.अ. केसी र सहायक प्र.जि.अ. पाण्डेको कुशल कार्यकालको प्रशंसा गर्नु भएको थियो ।

प्र.जि.अ. केसीको निस्पक्षता, दुरदर्शीता र कार्यकुशलताको प्रशंसा गर्नु हुँदै संघका अध्यक्ष प्रकाश मुन्दडाज्यूले विराटनगरलाई राजधानी बनाउन वहाँको पहलकदम र सहयोग, जोगवनी बथनाहा स्थित मिरगंजको पुलका लागि सहजकर्ताको भूमिका निर्वाह, उद्योगी व्यवसायीहरुकालागि वहाँको मार्गदर्शन र संघले संचालन गरेको विविध कार्यक्रमहरुमा वहाँबाट प्राप्त भएको विशेष शान्ति सुरक्षाको व्यवस्था निकै प्रशंसनीय रहेको बताउनु भएको थियो ।

यसै गरी संघका निवर्तमान अध्यक्ष श्री पवन कुमार सारडाले आफ्नो कार्यकाल प्रारम्भ भएसँगै प्र.जि.अ.ज्यूको यस क्षेत्रमा आगमन भएको बताउनु भएको थियो । कुनै पनि कार्यलाई सरल र स्वभाविक रुपमा लिने उहाँको प्रशासनिक कार्यबाट उद्योगीहरु सबै प्रभावित भएको र आफु संघमार्फत प्र.जि.अ.सँग अझ नजिक भई विभिन्न कार्यहरुमा सहकार्य गर्न पाएकोमा गौरवान्वित महशुस गरेको जानकारी गराउनु भएको थियो । आगामी दिनमा कास्की (पोखरा) विराटनगरको हवाई मार्गको कार्य उहाँको कार्यकालमै हुने कुरामा आफू विश्वस्त रहेको बताउनु भएको थियो ।

त्यसै गरी संघका पूर्व अध्यक्ष सुरेश कुमार शर्माज्यूले सरुवा हुनु भनेको नियमित प्रकृया हो, उहाँले यहाँको बसाईको क्रममा उद्योगी व्यवसायीहरुको मन जितेको हुनाले अन्तरआत्मादेखि नै विदाई स्वागत गर्न हामी तत्पर रहेका छौं ।

त्यसै गरी संघका वरिष्ठ उपाध्यक्ष नविन रिजालले प्र.जि.अ. केसीको अनुशासन र कुशल प्रशासकीय दक्षताको सह«ाना गर्नु हुँदै वहाँको उल्लेखनीय भूमिकाको प्रशंसा गर्नु भएको थियो । सकारात्मक सोचका धनी प्र.जि.अ. केसीलाई वहाँको कार्यशैलीको प्रशंसा गर्नु हुँदै संघले यहाँ आउनु हुने सम्पूर्ण प्रशासकहरुसँग सौहाद्र्रपूर्ण सम्बन्ध राख्दै आएको र वहाँहरुको स्वागत एवं विदाई गर्ने परम्परा संघको रहेको जानकारी गराउनु भएको थियो । उहाँको १३ महिने कार्यकालमा खेल्नु भएको भूमिकाका लागि मोरंग व्यापार संघले सदैव स्मरण राख्ने बताउनु भएको थियो ।

कार्यक्रममा प्र.जि.अ. श्री रमेश कुमार केसीज्यूले जिल्ला प्रशासन कार्यालय, मोरंगमा आफ्नो १३ महिने कार्यकालमा संघसँग आफ्नो पारिवारिक सम्बन्धको अनुभूति भएको बताउनु भएको थियो । शान्ति सुरक्षाकालागि विशेष निगरानी कार्यहरुमा आफुले जोड दिएको अनुभव सुनाउनु हुँदै विदाई समापन नभई शुरुवात हो भन्ने धारणा राख्नु भई आफ्नो विराटनगरसँगको अगाढ मायाँको भावना प्रकट गर्नु भएको थियो । साथै, भविष्यमा जुन सुकै स्तरबाटपनि विराटनगरमा कार्य गर्ने अवसर पाए यहाँको विकासकालागि सदा तत्पर रहने धारणा जाहेर गर्नु भई पर्यटन वर्ष २०२० मा यहाँका सम्पूर्ण उद्योगी व्यवसायीहरुलाई पोखरा घुम्नका लागि निमन्त्रणा गर्दै विदा लिनु भएको थियो । यसै गरी सहायक प्र.जि.अ. श्री उमेश पाण्डेज्यूले प्रशासनिक एवम् व्यवहारिक कार्यमा कुशल नेतृत्वका धनी प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीज्यूसँग कार्य गर्न पाएकोमा खुशी व्यक्त गर्नु भएको थियो ।

विदाईका क्रममा संघका अध्यक्ष प्रकाश मुन्दडाले प्र.जि.अ.ज्यू र स.प्र.जि.अ.ज्यूलाई माल्यार्पण, पुष्पगुच्छा र संघको तर्फबाट माँयाको चिनो प्रदान गर्नु भएको थियो । अध्यक्ष श्री प्रकाश मुन्दडाज्यूको सभापतित्वमा आयोजित उक्त विदाई कार्यक्रममा संघका निवर्तमान अध्यक्ष श्री पवन कुमार सारडाज्यू, पूर्व अध्यक्ष श्री सुरेश कुमार शर्माज्यू लगायत पूर्वअध्यक्षज्यूहरु श्री देवेन्द्र कुमार अग्रवालज्यू, श्री ताराचन्द खेतानज्यू, श्री नन्दकिशोर राठीज्यू, श्री शंकरलाल अग्रवालज्यू, संघका पदाधिकारीज्यूहरु, कार्यसमिति सदस्यज्यूहरु र महिला समिति सदस्यज्यूको सहभागिता रहेको थियो ।

मितिः २०७६ भाद्र १३ गते, शुक्रवार ।