Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

रजिष्ट्रेशन क्याम्पको दोश्रो दिनसम्म १२०० भारतीयहरु दर्ता

आज मिति २०७६ श्रावण १२ गते, यस क्षेत्रमा कार्यरत/अध्ययनरत भारतीयहरुको रजिष्ट्रेशनकालागि मोरंग व्यापार संघले आयोजना गरेको रजिष्ट्रेशन क्याम्पको दोश्रो दिन ७०० बढी भारतीय नागरिकहरुले दर्ता गराई प्रमाण–पत्र प्राप्त गरेका छन् ।

भारतीय राजदुतावास, काठमाडौँ र मोरंग व्यापार संघले संयुक्त रुपमा आयोजना गरेको उक्त तीन दिने रजिष्ट्रेशन क्याम्पमा हालसम्म १२०० बढी भारतीय नागरिकहरुले प्रमाण–पत्र प्राप्त गरिसकेका छन् । मोरंग व्यापार संघका अध्यक्ष श्री प्रकाश मुन्दडाज्यूको पहलमा यस क्षेत्रमा कार्यरत/अध्ययनरत भारतीय नागरिकहरुलाई सहज हुने गरी रजिष्ट्रेशन क्याम्पको आयोजना गरिएकोमा उक्त क्याम्पमा २०७६ श्रावण १३ गते विहान ११ः०० बजेसम्म आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ । रजिष्टे«शन क्याम्पमा दर्ता हुन भारतीयहरुले निम्न अनुसारका कागजातहरुको सक्कल र प्रतिलिपि बुझाई दर्ता प्रमाण पत्र प्राप्त गर्न सक्ने व्यवस्था रहेको छ ।

आवश्यक प्रमाण–पत्र/कागजातहरुः
– भारतीय राजदुतावास, काठमाडौंको रजिष्ट्रेशन फारम (संघबाट समेत संकलन गर्न सकिने व्यवस्था मिलाइएको छ)

– भारतीय चुनाव परिचय पत्र÷पासपोर्ट÷राशन कार्ड/मुल स्थायी निवास प्रमाण–पत्र । (यी बाहेकका आधार कार्ड लगायत अन्य कागजातहरु मान्य रहेका छैनन् ।)

– कार्यरत नागरिकहरुले आफु कार्यरत उद्योग–प्रतिष्ठानको लेटर प्याडमा कार्य विवरण सहितको प्रमाण (नाम, पद, कार्यअवधि आदि) र उद्योग–प्रतिष्ठानको पान प्रमाण पत्रको प्रतिलिपि तथा अध्ययनरत नागरिकहरुले आफु अध्ययनरत शिक्षण संस्थाबाट प्राप्त अध्ययन विवरण सहितको प्रमाण (एड्मिशन लेटर)

– बसोवासको प्रमाण (घरधनी वा होस्टल वार्डनबाट प्रमाणित र निजको नागरिकताको प्रमाणित प्रतिलिपि)

– पासपोर्ट साईज फोटो–२ प्रति

उक्त क्याम्पमा भारतीयहरुले सम्पूर्ण प्रक्रिया पु¥याएपछि मात्र भारतीय राजदुतावास, काठमाडौंले प्रमाण पत्र दिने गरेको छ । यस अघि मोरंग व्यापार संघकै पहलमा गत २०७५ पौषमा संघमा एक दिने दर्ता क्याम्प आयोजना गरिएको थियो ।

२०७६ श्रावण १२ गते, आईतबार