Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

राष्ट्रिय खेल–डोरीतानको प्रवद्र्धनार्थ संघको सहभागिता.

आज मिति २०७६ कार्तिक ३० गते, विराटनगर डोरीतान कमिटी र विराटनगर थग अफ वार एशोसिएशनद्वारा विराटनगरको शहिद रंगशालामा आयोजित डोरीतान प्रतियोगितामा यस संघको सहभागिता रहेको थियो । नेपालको मौलिक खेल एवम् राष्ट्रिय खेलकुद परिषद्मा समेत राष्ट्रिय खेलको रुपमा रहेको विश्वकै पुरानो खेल डोरीतान खेलको जनस्तरमा प्रवद्र्धनार्थ एवं दक्ष खेलाडी उत्पादनका लागि आयोजित उक्त प्रतियोगितामा मोरंग व्यापार संघले सस्फुर्त सहभागिता जनाएको थियो । संघका अध्यक्ष श्री प्रकाश मुन्दडाज्यूको नेतृत्वमा संघका पदाधिकारीज्यूहरु, कार्यसमिति सदस्यज्यूहरु र कर्मचारीहरु सहित गठित ११ जना खेलाडी सदस्यहरुले प्रतिस्पर्धामा भाग लिनु भएको थियो ।