Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

शैक्षिक विचार विमर्श गोष्ठी.

मिति २०७६ श्रावण २५ गते, शनिबारका दिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री माननीय लालबाबु पण्डितज्यूको प्रमुख आतिथ्यमा पूर्वीय आर्ष परम्परामा विद्यमान ज्ञान विज्ञानलाई संस्कृत एवं अंग्रेजी भाषामा अध्ययन अध्यापन गराउने प्रदेश नं. १ को नमूनाको रुपमा सञ्चालनार्थ प्रस्तावित श्रीलक्ष्मीनारायण वेद विद्याश्रम माध्यमिक विद्यालय (संस्कृत गुरुकूलम्) को कक्षा ११ को औपचारिक शुभारम्भ एवं शैक्षिक विचार विमर्श गोष्ठी कार्यक्रममा यस संघका अध्यक्ष श्री प्रकाश मुन्दडाज्यूको सहभागिता रहेको थियो ।