Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

संघद्वारा ने.वि.प्रा., विराटनगर केन्द्र प्रमुख र इन्जीनियरहरुको विदाई

मिति २०७७ पौष ६ गते, सोमबार, मोरंग व्यापार संघले विराटनगरबाट सरुवा भई जान लाग्नु भएका नेपाल विद्यूत प्राधिकरण, विराटनगर वितरण केन्द्रका केन्द्र प्रमुख श्री राजीव कुमार सिंहज्यू, इन्जीनियर श्री साजन महर्जनज्यू र इन्जीनियर श्री विजुली प्रसाद यादवज्यूलाई संघमा स्वागत गरी विदाई गरेको छ ।

संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यूको अध्यक्षतामा महासचिव श्री अनिल कुमार साहद्वारा संचालित उक्त कार्यक्रममा प्राधिकरणमा हाल कार्यरत इन्जीनियर श्री राजेश कुमार झाज्यू, श्री गृष्म भण्डारीज्यू, श्री व्यासी शाहीज्यू, श्री गोपाल कटुवालज्यू लगायतलाई समेत संघका स्वागत गरी सम्मान गरिएको थियो । 
कार्यक्रममा संघका निर्वतमान अध्यक्ष श्री पवन कुमार सारडाज्यू, वरिष्ठ उपाध्यक्ष श्री नविन रिजालज्यू, उपाध्यक्ष विकाश कुमार वेगवानीज्यू, का.का.सदस्यज्यूहरु श्री मनिष मारुज्यू, श्री आशिष जाजूज्यू, श्री श्याम राठीज्यू, श्रीमति बन्दजा जैनज्यू लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमका केहि झलकहरु संलग्न छन् ।