Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

संघद्वारा बुद्ध जयन्तीमा दिपावली तथा डीआईजी कार्कीज्यूको स्वागत

आज मिति २०७७ वैशाख २५ गते, बिहीबार, बुद्धजयन्तीको शुभ अवसरमा नेपाल सरकारको आह्वानमा मोरंग व्यापार संघले आफ्नो प्राङ्गणमा सामाजिक दुरी कायम गर्दै बेलुकी ठिक ७ः०० बजे भव्य दीपावली गरेको छ । सोही अवसर पारी संघले विराटनगर सरुवा भई आउनु भएका डी.आई.जी. ईश्वर बाबु कार्कीज्यूको समेत संघमा स्वागत गरेको थियो । कार्यक्रममा संघ अध्यक्ष श्री प्रकाश मुन्दडाज्यू, पूर्व अध्यक्ष श्री महेश जाजूज्यू, निवर्तमान अध्यक्ष श्री पवन कुमार सारडाज्यू, वरिष्ठ उपाध्यक्ष श्री नविन रिजालज्यू, विशेष सल्लाहकार श्री सुनिल टिवडेवालाज्यू, उपाध्यक्षद्वय श्री विकास कु. वेगवानीज्यू, श्री अनुपम राठीज्यू, महासचिव श्री अनिल कु. साहज्यू, सचिव श्री अनिल सारडाज्यू, संघका कार्यकारिणी सदस्यज्यूहरु एवं कर्मचारीहरुको सहभागिता रहेको थियो ।