Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

संघमा पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीज्यूको स्वागत

आज मिति २०७७ श्रावण ८ गते, बिहिबारका दिन यस मोरंग व्यापार संघले आफ्ना सहयात्री संस्थाहरु उद्योग संगठन मोरंग र विराट व्यापार संघसँगको संयुक्त आयोजनामा संघीय सरकारका पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री माननीय लालबाबु पण्डितज्यूलाई संघमा स्वागत गरी उद्योग व्यवसायका समसामयिक विषयहरुमाथि छलफल गरेको छ ।

सामाजिक दुरी कायम गर्दै आयोजना गरिएको उक्त कार्यक्रमको सभापतित्व गर्नु भएका संघका अध्यक्ष प्रकाश मून्दडाज्यूले माननीय पूर्व मन्त्री लालबाबु पण्डितज्यूको संघमा स्वागत गर्नु भई कोभिड १९को संक्रमणका कारण विश्व नै आक्रान्त भई रहेकोमा मुलुकमा समेत लकडाउन लागू भएका कारण स्वास्थ्य सुरक्षाको चुनौति खडा हुनुका साथै उद्योग व्यवसाय र आर्थिक गतिविधिमा समेत नकारात्मक असर पर्न गएको व्यहोरा अवगत गराउनु भएको थियो । स्वागत मन्तव्य दिने क्रममा अध्यक्षज्यूले उद्योगी व्यवसायीहरुको समस्याहरु सरकार समक्ष पु¥याउन माननीय पूर्व मन्त्रीज्यूले विगतमा खेल्नु भएका भूमिकाहरु प्रशंसनीय रहेको बताउनु भएको थियो । साथै, करिब ३ महिनाको लकडाउनका कारण उद्योग व्यवसायका आर्थिक समस्याहरु प्रति बजेटले खासै सम्बोधन गर्न नसकेतापनि मौद्रिक नीतिले केहि राहत तुल्याएको बताउनु भई क्षति र जोखिमलाई ध्यानमा राखी गर्भनरज्यूले मौद्रिक नीति ल्याउन सफल हुनु भएकोमा वहाँलाई बधाई र धन्यवाद ज्ञापन गर्नु भएको थियो । माननीय पूर्व मन्त्रीज्यू समक्ष अध्यक्षज्यूले वर्तमान परिप्रेक्ष्यमा कोभिड १९को संक्रमण बढ्ने क्रम जारी नै रहेकोले मुलुकमा स्वास्थ्य सुरक्षाका विशेष नीतिहरु अनिवार्य अवलम्बन गराई मुलुकको आर्थिक गतिविधिहरु चलायमान राख्न समेत अत्यावश्यक रहेको बताउनु हुँदै धरासायी तर्फ उन्मूख भइरहेका मुलुकका आर्थिक मेरुदण्डीय औद्योगिक व्यवसायिक क्षेत्रको संरक्षण गर्न तथा मोरङ–सुनसरी औद्योगिक कोरिडोरको प्रबद्र्धनमा जोड दिन पनि सरकारको ध्यानाकृष्ट गराउन माननीय पूर्व मन्त्रीज्यूलाई आग्रह गर्नु भएको थियो ।

कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेज्यूले पनि माननीय पूर्व मन्त्रीज्यूका विगतका प्रयास र सहयोगहरुको प्रशंसा गर्नु भई लकडाउनका कारण संकटग्रस्त अवस्थामा पुगेका उद्योग व्यवसायहरुको समस्याहरु सम्बोधन गर्न सरकार चुकिरहेको बारे अवगत गराउनु भएको थियो । साथै, अध्यक्ष घिमिरेज्यूले उद्योग व्यवसायहरुलाई विद्यूत डिमाण्ड शुल्कमा राहत दिने मन्त्री परिषद्को निर्णय कार्यान्वयनमा नदेखिएको अवगत गराउनु भई त्यसको कार्यान्वयन गराउनुका साथै विराटनगरमा विमानस्थलको स्तरोन्नत्ति, मो.व्या.संघ र संगठनको प्रयासमा निर्माण गरिने प्रदर्शनीस्थलकालागि बजेट विनियोजन तथा उद्योग, व्यवसायको हकहितका निमित्त संघ–संगठनका तर्फबाट समय सापेक्ष राखिने मागहरुको सम्बोधनकालागि सरकारको ध्यान केन्द्रित गराउन आग्रह गर्नु भएको थियो ।

कार्यक्रममा मन्तव्य राख्नु हुँदै संघीय सरकारका पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री माननीय लालबाबु पण्डितज्यूले भेटघाट अवसरको वातावरण बनाई दिनु भएकोले संघका अध्यक्षज्यू लगायतहरु प्रति आभार प्रकट गर्नु भएको थियो । कार्यक्रममा उठेका जिज्ञासाहरुको प्रतिउत्तर दिनु भई माननीय पूर्व मन्त्रीज्यूले लकडाउनका कारण उत्पन्न अपवादहरुबाट उन्मूक्ति पाउन पीडित वर्गबाटै अध्ययन गर्नु पर्ने बताउनु भएको थियो । मन्तव्य दिनु हुँदै माननीय पूर्व मन्त्रीज्यूले हाल आफू प्रत्यक्ष रुपले सरकारमा नरहेतापनि राज्य व्यवस्था समिति लगायत आफू आवद्ध विभिन्न समितिहरु मार्फत विषयगत मुद्धाहरु उठान गरिरहेको बताउनु भएको थियो । साथै, उद्योग, व्यवसाय, सेवा, शिक्षा लगायतका क्षेत्रमा देखिने समस्याहरु बुँदागत रुपले संकलन गरी तीनको निराकरणकालागि सरकार र सम्बन्धित निकाय समक्ष पहल गर्न आफू हर बखत तयार रहेको बताउनु भएको थियो । मन्तव्य दिनु हुँदै माननीय पूर्व मन्त्रीज्यूले संघ र संगठनले मुलुकको अर्थतन्त्रमा पु¥याई रहेको योगदान, विकास निर्माण कार्य तथा सेवा सुविधाकालागि गर्दै आएको पहल–पैरवी आदि अत्यन्त महत्वपूर्ण जिम्मेवारी वहन गरिरहेको बताउनु भएको थियो । कार्यक्रममा माननीय पूर्व मन्त्रीज्यूले मुलुकमा ५०० वटा वि.ओ.पी. निर्माण गर्ने योजना अनुरुप हाल १२५ वटा वि.ओ.पी.कालागि बजेट निकासा भई सकेको बताउनु भई आगामी दिनमा सीमा छेउछाउ बसोबास गर्नेहरुलाई विद्यूत, टेलिफोन लगायतका सुविधा पु¥याउने, डुवान क्षेत्रमा ढल निकासको व्यवस्था गर्ने, विराटनगर रिङरोडलाई उचाई दिई ड्याम सरह निर्माण गराउने आदि विभिन्न योजना लिई अध्ययन गर्दै आफू अघि बढि रहेको बताउनु भएको थियो । साथै, महिला सशक्तिकरणकालागि समेत आफू प्रयासरत रहँदै आएको बताउनु भएको थियो ।

मोरंग व्यापार संघका महासचिव श्री अनिल कुमार साहज्यूद्वारा संचालित उक्त कार्यक्रमको अन्त्यमा विराट व्यापार संघका अध्यक्ष श्री सुजन थापाज्यूले धन्यवाद मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा मोरंग व्यापार संघ, उद्योग संगठन मोरङ र विराट व्यापार संघका पदाधिकारीज्यूहरु, कार्यसमिति सदस्यज्यूहरु, महिला उद्यमी सदस्यज्यूहरु लगायत नेकपाका केन्द्रिय सदस्य श्री महेश रेग्मीज्यू, नेकपा मोरङका अध्यक्ष श्री ऋषिकेश पोखरेलज्यू, नेकपा प्रदेश कमिटी सदस्य श्री सत्यनारायण चौधरीज्यू, नेकपा मोरङ सदस्यहरु श्री पर्शुराम वस्नेतज्यू, श्री रामलाल साह, श्री बाबुराम कार्कीज्यू, ने.क.पा, जि.क. सदस्यहरु श्री मकर बुढाथोकीज्यू, श्री बैजु विश्वासज्यू, श्री बलभद्र सरदार थारुज्यू, उद्योगी व्यवसायीहरु तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

मितिः २०७७ श्रावण ८ गते, बिहिबार ।