Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

संघमा भन्सार एवम् आन्तरिक राजस्व कार्यालयका प्रमुखको स्वागत.

मिति २०७६ मंसिर १ गते, आइतबार, मोरंग व्यापार संघले विराटनगर भन्सार कार्यालय, रानी र आन्तरिक राजस्व कार्यालय, विराटनगरमा सरुवा भई आउनु भएका प्रमुख भन्सार अधिकृत श्री शिव भण्डरीज्यू र प्रमुख कर अधिकृत श्री विमल सापकोटाज्यूको संघमा स्वागत गरी भेटघाट गरेको छ ।

स्वागत गर्ने क्रममा संघका अध्यक्ष श्री प्रकाश मुन्दडाज्यूले दुबै निकायका प्रमुखज्यूहरुलाई पुष्प गुच्छाले स्वागत गर्नु भएको थियो भने संघका निवर्तमान अध्यक्ष श्री पवन कुमार सारडाज्यूले सबैलाई खादा ओढाई सम्मान गर्नु भयो । कार्यक्रममा स्वागत मन्तव्य दिनु हुँदै संघका अध्यक्ष श्री प्रकाश मुन्दडाज्यूले विराटनगर भन्सार कार्यालयका प्रमुख तथा आन्तरिक राजस्व कार्यालयका प्रमुखज्यूहरुलाई एकै साथ एकै थलोमा स्वागत गर्न पाउँदा आफू ज्यादै हर्षित भएको बताउनु भयो । संघका महासचिव श्री अनिल कुमार साहज्यूले संचालन गर्नु भएको उक्त कार्यक्रममा संघका पूर्वअध्यक्ष श्री सुरेश कुमार शर्माज्यू, श्री नन्दकिशोर राठीज्यू, श्री खेमचन्द जैनज्यू, शंकरलाल अग्रवालज्यू, श्री महेश कुमार जाजूज्यू, संघका पदाधिकारीज्यूहरु, कार्यसमिति सदस्यज्यूहरु, भन्सार एजेन्ट संघका पूर्व अध्यक्षज्यू, उद्योगी व्यवसायीहरु लगायत सञ्चारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।