Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

संघमा संघीय सरकारका परराष्ट्र मन्त्रीज्यूको स्वागत

आज मिति २०७६ पौष १७ गते, बिहीबारका दिन मोरंग व्यापार संघ र उद्योग संगठन मोरंगले संघीय सरकारका परराष्ट्र मन्त्री माननीय प्रदिप कुमार ज्ञवालीज्यूलाई संघमा स्वागत गरी छलफल कार्यक्रम आयोजना गरेको थियो । मोरंग व्यापार संघका अध्यक्ष श्री प्रकाश मुन्दडाज्यू र उद्योग संगठन मोरंगका अध्यक्ष श्री भीम घिमिरेज्यूको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा नेकपा मोरङका अध्यक्ष श्री ऋषिकेश पोखरलेज्यू, नेकपाका केन्द्रिय सदस्य श्री महेश रेग्मीज्यू, नेकपाका सदस्य श्री पर्शुराम वस्नेतज्यू, पत्रकार महासंघ प्रदेश १ का अध्यक्षज्यू, संघ र संगठनका पूर्वअध्यक्षज्यूहरु, कार्यसमितिका पदाधिकारीज्यूहरु, का.का.सदस्यज्यूहरु, महिला उद्यमीज्यूहरु, विभिन्न उद्योग प्रतिष्ठानका उद्योगी व्यवसायीज्यूहरु, संचारकर्मीज्यूहरु लगायतको सहभागीता रहेको थियो ।