Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

१० स्थानमा पानीटंकी (स्टेन्ड सहित) र ह्याण्डवासको व्यवस्था

आज मिति २०७७ जेठ २७ गते, मंगलबारका दिन विराटनगर बजार क्षेत्रमा हुने भीडभाड र त्यसकालागि आवश्यक स्वास्थ्य सुरक्षाका विधिहरुलाई ध्यानमा राखी सो क्षेत्रमा आवागमन गर्ने सर्वसाधारणहरुलाई हात धुन सहजता प्रदान गर्न मोरंग व्यापार संघले विराटनगर बजार क्षेत्रका विभिन्न १० स्थानमा पानीटंकी (स्टेन्ड सहित) र ह्याण्डवासको व्यवस्थापन गरेको छ । मोरंग व्यापार संघ लगायत एशियन थाई फुडस, रिजालको ग्रुप, गुडलाईफ विस्कुट र हिमगिरी हाईजिनको संयुक्त सहयोगमा उपलब्ध भएको उक्त सामाग्रीहरु विराटनगरको मेनरोडमा नेपाल बैंक लिमिटेड (सिटी अफिस) अगाडि, जलजला चोक (चुन्नीलाल श्रीकिशन पसल अगाडि), शनि मन्दिर चोक, नारायण स्टोर अगाडि, पंडितजी मिठाई पसल (पञ्चमुखी हनुमान मन्दिर) अगाडि, जिल्ला ट्राफिक कार्यालय अगाडि राखिएका छन् भने विराटनगर वसपार्क, मालपोत कार्यालय सहित अन्य स्थानमा समेत राखिने क्रममा रहेको छ ।