Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

२०७७.०८.०४ – ने.उ.वा.महासंघको केन्द्रीय सदस्य (प्रदेश १) मा संघका पूर्व वरिष्ठ उपाध्यक्षज्यू निर्विरोध निर्वाचित हुनु भएकोमा हार्दिक बधाई

यस संघका पूर्व वरिष्ठ उपाध्यक्ष श्री राजेन्द्र राउतज्यू प्रदेश नं. १ बाट नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पदमा निर्विरोध निर्वाचित हुनु भएकोमा वहाँलाई हार्दिक बधाई ज्ञापन गर्दछु ।

साथै, वहाँको कार्यकालमा निजी क्षेत्रहरुको छाता संगठन ने.उ.वा.महासंघ मार्फत उद्योगी व्यवसायीहरुको हक हित, संरक्षण, सम्बद्र्धन र विकासजन्य कार्यहरु अझ सशक्त ढंगले अघि बढ्ने विश्वासका साथ महासंघमा वहाँको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आगामी दिनमा वहाँको सक्षमता र कार्यकुशलताले अझ उच्चतम् स्थान हासिल गरोस् भन्ने कामना गर्दछु ।

प्रकाश मून्दडा
अध्यक्ष
मोरंग व्यापार संघ