Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

२०७७।०८।२२ – कटहरी गाउँपालिकालाई प्याथोलोजी ल्याब हस्तान्तरण

आज मिति २०७७ मंसीर २२ गते, सोमबार, मोरंग व्यापार संघद्वारा संचालित प्याथोलोजी ल्याब कटहरी गाउँपालिकालाई हस्तान्तरण गरी समुद्घाटन गर्नु हुँदै संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यू, पूर्व अध्यक्ष श्री महेश कु. जाजूज्यू र कटहरी गाउँपालिकाका अध्यक्ष श्री राम कुमार कामतज्यू ।

मोरङको कटहरी लगायत आसपासका गाउँपालिकाहरुका बासिन्दाहरुलाई लक्षित गरी निजहरुको सामान्य चेकजाँच गराउन पनि विराटनगर धाउनु पर्ने बाध्यतालाई अन्त्य गर्न एवं कटहरी गाउँपालिका स्थित आम सर्वसाधारणको सरल र सहज तरिकाबाट पहुँच पु¥याउने अभिप्रायले मोरंग व्यापार संघले आफ्नो स्वामित्वमा रहेको स्वास्थ्य सम्बन्धी चेकजाँच गर्ने ल्याब आज कटहरी गाउँपालिका, मोरङलाई हस्तान्तरण गरेको हो ।

हस्तान्तरण कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष श्री नविन रिजालज्यू, उपाध्यक्ष श्री अनुपम राठीज्यू, का.का. सदस्यज्यूहरु श्री विनित सिंघानियाँज्यू, श्री दिपेश सुवेदीज्यू लगायतको उपस्थिति रहेको थियो । 
२०७७ मंसीर २२ गते, सोमबार