Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

२०७७.०८.१४ – पूर्व अध्यक्ष श्री अविनाश बोहराज्यू र पूर्व वरिष्ठ उपाध्यक्ष श्री राजेन्द्र राउतज्यूलाई हार्दिक बधाई

नेपाल उद्योग वाणिज्य महासंघको ५४औँ वार्षिक साधारण सभा तथा निर्वाचनमा महासंघको कार्यकारिणी सदस्यकालागि एशोसिएट समुहबाट निर्वाचित हुनु भएका यस संघका पूर्व अध्यक्ष
श्री अविनाश बोहराज्यू र महासंघको प्रदेश नं. १को केन्द्रीय सदस्य पदमा निर्विरोध चयन हुनु भएका यस संघका पूर्व वरिष्ठ उपाध्यक्ष श्री राजेन्द्र राउतज्यूलाई हार्दिक बधाई ज्ञापन गर्दछौँ ।

साथै, महासंघमा वहाँहरुको प्रतिनिधित्वमा निजी क्षेत्रका हक हितको संरक्षण, सुदृढिकरण, सम्वद्र्धन र विकासका कार्यहरु अझ सशक्त ढंगले अधि बढ्ने र वहाँहरुको कुशल नेतृत्वले उच्चतम् शिखर हासिल गर्दै जाने अपेक्षा सहित निजी क्षेत्रहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा वहाँहरुको सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ ।

प्रकाश मून्दडा
अध्यक्ष, एवं
मोरंग व्यापार संघ परिवार
विराटनगर