Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

२०७७.०८.१५ – नेपाल उद्योग वाणिज्य महासंघको नवनिर्वाचित कार्य समितिलाई हार्दिक बधाई तथा शुभकामना

नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वकालागि चुनिनु भएका अध्यक्ष श्री शेखर गोल्छाज्यू, वरिष्ठ उपाध्यक्ष श्री चन्द्र प्रसाद ढकालज्यू, उपाध्यक्षज्यूहरूः श्री दिनेश श्रेष्ठज्यू, श्री अंजन श्रेष्ठज्यू, श्री रामचन्द्र संघाईज्यू लगायत पदाधिकारीज्यूहरु र सम्पूर्ण कार्यकारिणी समितिका सदस्यज्यूहरुलाई हार्दिक वधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।

निजी क्षेत्रहरुको छाता संगठनमा वहाँहरुको नेतृत्वले निजी क्षेत्रका प्रत्येक स्तरको हकहितको संरक्षण, सम्वद्र्धन र विकासकालागि महासंघलाई अझ सशक्त ढंगले प्रस्तुत गराउने, मुलुकमा आर्थिक समृद्धिका निम्ति नयाँ नयाँ आयाम थप्ने, अर्थतन्त्रमा तुलनात्मक सुधार एवं समृद्ध नेपालका सकारात्मक परिसुचकहरुको अनुभूति गराउने र महासंघको शाख अभिवृद्धि गर्ने कार्यहरुमा अग्रसर रहने आशा एवं विश्वासका साथ वहाँहरुको कुशल नेतृत्वको कामना गर्दछु ।

प्रकाश मून्दडा
अध्यक्ष
मोरंग व्यापार संघ
विराटनगर