Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2077.09.15 – संघमा ‘निर्यात प्रवद्र्धन, पारवहन र व्यापार सहजीकरण’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

आज मिति २०७७ पौष १५ गते, बुधबार मोरंग व्यापार संघ र उद्योग, वाणिज्य तथा आपूति मन्त्रालय, नेपाल–भारत क्षेत्रीय व्यापार तथा पारवाहन आयोजनाले संयुक्त रुपमा ‘निर्यात प्रवद्र्धन, पारवहन र व्यापार सहजीकरण’ विषयक अन्तरक्रिया कार्यक्रम संघमा आयोजना गरेको थियो । मोरंग व्यापार संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यूको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव श्री बैकुण्ठ अर्यालज्यू लगायत वहाँको टोलीको उपस्थिति रहेको थियो ।

मन्त्रालयका सचिवज्यूको उक्त टोलीमा मन्त्रालयका सह–सचिव श्री प्रकाश दाहालज्यू, उप–सचिवज्यूहरु श्री श्रीधर गौतमज्यू, श्री पर्वती शर्माज्यू, श्री अनिता पौडेलज्यू, शाखा अधिकृत, श्री नवराज पराजुलीज्यू, मन्त्रालयका व्यापार सहजीकरण सल्लाहकार श्री हिमाल थापाज्यू लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यूले सचिवज्यू लगायत वहाँको टोलीलाई संघमा स्वागत गर्नु भई वहाँहरुको आगमनले सरकार समक्ष उद्यमी व्यवसायीहरुको समस्या नजिकबाट राख्ने अवसर प्राप्त भएको बताउनु भएको थियो । स्वागत मन्तव्य दिनु हुँदै अध्यक्ष श्री मून्दडाज्यूले सचिवज्यूको सक्रिय र परिणाममुखी कार्यशैलीको सह«ाना गर्नु भई हाल मुलुकको अर्थतन्त्रलाई ‘भी’ आकारमा पुनरुत्थान गर्नु पर्ने आवश्यक रहेको बताउनु भएको थियो ।

निर्यात प्रवद्र्धनको विषयमा अध्यक्षज्यूले नेपाल भुपरिवेष्ठित एवं समुद्री मार्गकालागि परनिर्भर मुलुक भएकाले निर्यात तथा अन्तर्राष्ट्रिय व्यापारिक गतिविधिकालागि त्यस्ता अवरोधहरुका वावजूद मुलुकको निर्यात प्रवद्र्धन र नेपाली उत्पादनहरुलाई अन्तर्राष्ट्रिय बजारमा सहज पहुँच र प्रतिस्पर्धि बनाउन विभिन्न रणनीतिहरुको अवलम्बन गरिनु पर्ने बताउनु भएको थियो ।

निर्यातजन्य उद्योगहरुलाई आयकरमा विषेश छूट र न्यूनतम् व्याजदरमा ऋण उपलब्ध गराउनु पर्ने, डिउटी ड्र व्याक सुविधा सम्बन्धित भन्सार कार्यालयहरुबाटै उपलब्ध गराउनु पर्ने, भ्यालु एडिसनको आधारमा निर्यात अनुदान कायम गरी अनुदानको दायरा बढाउनु पर्ने, अन्तराष्ट्रस्तरको गुणस्तर मापदण्ड र मान्यता प्राप्त व्यापार सहजिकरण निकायको व्यवस्थापन गरिनु पर्ने, निर्यात प्रर्वद्धन एवं विकासकालागि अध्ययन एवं नियमन निकायलाई सक्रिय बनाउनु पर्ने, सुनसरीको अमडुवामा अवस्थित ६३२ विगाहा जग्गालाई औद्योगिक क्षेत्रको रुपमा विकास गर्नु पर्ने, यस क्षेत्रलाई क्रस बोर्डर इकोनोमिक जोनमा परिणत गरी कार्य गति बढाउनु पर्ने आदि सुझावहरु अध्यक्षज्यू दिनु भएको थियो ।

साथै, अध्यक्षज्यूले पारवहन तथा व्यापार सहजीकरणका सन्दर्भमा बोल्नु हुँदै आई.सी.पी. विराटनगरमा गुणस्तर तथा विषादी परिक्षण प्रयोगशालाको स्थापना, चिस्यान केन्द्रको स्थापना, माल वस्तुहरुलाई स्क्यानर एवं एक्सरे मेसिनमार्फत जाँचपासको व्यवस्था आदि पूर्वाधारहरु थप तथा विकास गरी भन्सार गतिविधिहरुलाई बैज्ञानिक बनाउनु पर्ने सुझाव दिनु भएको थियो ।

त्यस्तै, औद्योगिक कच्चा पदार्थको आयातलाई ग्रिन वर्गिकरणमा राखि जाँचपासमा दु्रतता दिनु पर्ने, रेल्वेको शिघ्र संचालनमा जोड दिनु पर्ने, रिङ रोडलाई पूर्ण संचालनमा ल्याउनु पर्ने, ख्ऋत्क् लाई सरलिकृत गर्नु पर्ने, भारतको बन्दरगाह जोड्न जलमार्गको निर्माण कार्यलाई अघि बढाउनु पर्ने, भारत तर्फ जोगबनी आई.सी.पी. सम्मको निर्माणाधिन चार लेनको सडक र पुलको शिघ्र निर्माण तथा भारतको दलखोलामा रेल्वे ट्रयाकका कारण हुने रोड जामको अन्त्य गर्न ओभर व्रिज निर्माणकालागि पहल गर्नु पर्ने, व्यापार सहजीकरणको बैठक निरन्तर रुपले गरिनु पर्ने सुझावहरु अध्यक्ष श्री मून्दडाज्यूले प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सह–सचिव श्री प्रकाश दाहालज्यूले मन्त्रालयका व्यापार सहजीकरण सल्लाहकार श्री हिमाल थापाज्यू मार्फत मुलुकको वैदेशिक व्यापारको अवस्था, निर्यात भई रहेका वस्तुहरुको अवस्था, निर्यात प्रवद्र्धनकालागि मन्त्रालयका कदमहरु, नेपालका पारवहन व्यवस्था तथा व्यापार सहजीकरणका कार्यहरु बारे जानकारी गराउनु हुँदै त्यस सम्बन्धी मन्त्रालयले तयार पारेको प्रस्तुति पेश गराउनु भएको थियो ।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष श्री पवन कुमार सारडाज्यूले बंगलादेशले अवलम्बन गरेका आयात निर्यात नीतिहरुबाट १० वर्षको अन्तरालमै फड्को फेर्दै अन्तर्राष्ट्रिय बजारमा भारतलाई समेत चुनौति दिई रहेको उल्लेख गर्नु भई नेपालले पनि त्यस प्रकारका नीतिहरु अवलम्बन गर्नु पर्ने वताउनु भएको थियो । त्यस्तै, संघका पूर्व अध्यक्ष श्री महेश कुमार जाजूज्यूले अन्तर्राष्ट्रियस्तरमा हुने मेला महोत्सवहरुमा नेपाली उत्पादनहरुको समेत प्रदर्शनीकालागि मन्त्रालयले समन्वयात्मक भूमिका निर्वाह गरी सहजीकरण गरिदिनु पर्ने बताउनु भएको थियो । त्यस्तै, संघका सचिव श्री अनिल कुमार सारडाज्यूले निर्यात अनुदान भ्यालु एडिसनको आधार दिइनु पर्नेमा जोड दिनु हुँदै निर्यातमा एक्साईज रिफन्डको व्यवस्था समेत गर्नु पर्ने, ग्रिन वर्गिकरणमा औद्योगिक कच्चा पदार्थको जाँचपास गर्नु पर्ने, भन्सार मूल्यांकनलाई ६÷६ महिनामा पुनरावलोकन गर्नु पर्ने, नेपालको छ अंकको एच.एस. कोडलाई यु.एस.ए.को झैँ १२ अंकसम्म विस्तृत गर्नु पर्ने र स्थानीय तहले निर्यातजन्य उद्योगहरुबाट कवाडी करको शिर्षकमा लिई रहेको चर्को शुल्कलाई अन्त्य गर्नु पर्ने बताउनु भएको थियो ।

त्यसैगरी संघका उपाध्यक्ष श्री विकास कुमार वेगवानीज्यूले गुणस्तर तथा नापतौलका ऐनहरुमा नविकरणको एकै दिन ढिलाईमा पनि जेल चलान सम्मका प्रावधान अव्यवहारिक रहेकोले त्यसको तत्कालै सुधार गर्नु पर्ने बताउनु भएको थियो भने संघका का.का. सदस्य श्री अमित सारडाज्यूले भन्सारमा जाँचपास पूर्वाधार अभावका कारण हुने ढिलाईले आयातकर्ता र निर्यातकर्ता दुवैलाई आर्थिक भार पर्ने गरेको बताउनु भएको थियो ।

संघका महासचिव श्री अनिल कुमार साहज्यूले संचालन गर्नु भएको उक्त कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष श्री भीम घिमिरेज्यू, वरिष्ठ उपाध्यक्ष श्री सुयस प्याकुरेलज्यू, विराटनगर भन्सार कार्यालयका प्रमुख श्री शिव भण्डारीज्यू लगायतले आ–आफ्नो धारणा राख्नु भएको थियो ।

अन्त्यमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव श्री बैकुण्ठ अर्यालज्यूले अन्तरक्रिया कार्यक्रमबाट उठेका चासोहरु प्रति सरकारबाट भए÷गरिएका कार्यहरु बारे स्पष्ट पार्नु भई बाँकी विषयहरु सम्बन्धित स्तरबाट छलफल गर्ने र तत्परताका साथ समाधानकालागि पहल पैरवी गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।

स्वास्थ्य सुरक्षाका मापदण्ड सहित आयोजित सो कार्यक्रममा संघका पदाधिकारीज्यूहरु, कार्यसमिति सदस्यज्यूहरु लगायत उद्योग संगठन मोरङ, विराट व्यापार संघ, पेट्रोलियम डिलर्स एशोसिएशन र ट्रान्स नेपाल फ्राईट सर्भिसका प्रमुखज्यू एवं पदाधिकारीज्यूहरु र संचारकर्मीज्यूहरुको उपस्थिति रहेको थियो ।

मितिः २०७७ पौष १५ गते, बुधबार