Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2077.11.04 – विदाई तथा स्वागत कार्यक्रम

मिति २०७७ फागुन ४ गते, मंगलबारका दिन मोरंग व्यापार संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यू र उद्योग संगठन मोरङका अध्यक्ष श्री भीम घिमिरेज्यूको अध्यक्षमा आयोजित विदाई तथा स्वागत कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, प्रदेश नं. १ बाट सरुवा हुनुभएका प्रमुख सचिव श्री दिनेश भट्टराईज्यू तथा सचिव (कानुन) श्री भतरमणि रिजालज्यूको विदाई गरिएको थियो । त्यसैगरी प्रदेश सरकारका विभिन्न मन्त्रालयमा सरुवा भई आउनु भएका सचिव श्री कमलप्रसाद भट्टराईज्यू, सचिव श्री सरोजप्रसाद गरागाईज्यू, सचिव श्री राजेन्द्र पौडेलज्यू, सचिव श्री मोहनकुमार शाक्यज्यू, सचिव श्री उत्तरकुमार खत्रीज्यू, सचिव श्री निरु दाहालज्यूको स्वागत गरिएको थियो । कार्यक्रममा दुबै संघ र संगठनका निवर्तमान अध्यक्षज्यू, पूर्वअध्यक्षज्यूहरु, पदाधिकारीज्यूहरु तथा कार्यसमिति सदस्यज्यूहरुको उपस्थिति रहेको थियो । कार्यक्रमका केही झलकहरुः