Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2077.11.16 – सहायक प्रमुख जिल्ला अधिकारी श्री ध्रुव बहादुर खड्काज्यूको विदाई

मिति २०७७ फागुन १६ गते, आइतबारका दिन मोरंग व्यापार संघ र उद्योग संगठन मोरङको संयुक्त आयोजनामा मोरङ जिल्लाबाट सरुवा हुनु भएका सहायक प्रमुख जिल्ला अधिकारी श्री ध्रुव बहादुर खड्काज्यूको विदाई कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा दुबै संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यू र उद्योग संगठन मोरङका अध्यक्ष श्री भीम घिमिरेज्यू लगायत दुबै संघ र संगठनका पूर्व अध्यक्षज्यूहरु, पदाधिकारीज्यूहरु र कार्यसमिति सदस्यज्यूहरुले विदाई गरी आगामी कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो ।