Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2077.12.28 – उत्कृष्ट उद्योग वाणिज्य संघको रुपमा मोरंग व्यापार संघ सम्मानित

‘उद्योग वाणिज्य दिवस २०७७’ एवं नेपाल उद्योग वाणिज्य महासंघको ५५औँ वार्षिक साधारण सभाको अवसरमा १ नं. प्रदेशबाट ‘क’ वर्गको उत्कृष्ट उद्योग वाणिज्य संघको रुपमा मोरंग व्यापार संघलाई सम्मानित गरिएको छ ।

उद्योग, व्यापार, व्यवसायको विकास तथा प्रवद्र्धनमा उत्कृष्ट भूमिका निर्वाह गरी महत्वपूर्ण योगदान पु¥याए वापत मुलुककै जेठो उद्योग वाणिज्य संघ ‘मोरंग व्यापार संघ’लाई सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीज्यू, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष श्री शेखर गोल्छाज्यू र विशिष्ठ व्यक्तित्वज्यूहरुले सम्मान स्वरुप संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यूलाई सम्मान पत्र प्रदान गर्नु भएको छ ।