Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2078.01.23 – मोरंग व्यापार संघको अनुरोध

कोभिड १९ (दोश्रो लहर)को संक्रमण समुदायस्तरमा तिब्र गतिमा फैलिरहेकोमा त्यसको रोकथाम, नियन्त्रण र समय मै उपचार व्यवस्थापनका कार्यहरु शिघ्रताका साथ गरिनु पर्ने आवश्यकता रहेसँगै विद्यमान विषम् परिस्थितिमा संक्रमितहरुको उपचारार्थ अस्पताल तथा स्वास्थ्य चौकीहरुमा अक्सीजनको खपत बढेको हुँदा समयमै अक्सीजन सिलिण्डरहरुको समुचित व्यवस्थापन गर्न हाल उद्योग प्रतिष्ठान र आम सर्वसाधारणहरुले जगेर्ना गरी राख्नु भएका अक्सीजन सिलिण्डरहरु नजिकको अक्सीजन उद्योगहरुलाई उपलब्ध गराई अक्सीजनको सहज आपूर्ति तथा मानव जीवन रक्षा प्रति संवेदनशिलता अपनाई सहयोग गरिदिन हुन सबै उद्योगी/व्यवसायी मित्रहरु र सर्वसाधारणहरुमा हार्दिक अनुरोध गर्दछौँ ।

साथै, सरकारद्वारा जारी निषेधाज्ञा एवं बन्दाबन्दीको पूर्ण पालना गर्दै यस अवधिमा आम उपभोक्ता समक्ष अत्यावश्कीय वस्तुहरुको सहज आपूर्तिकालागि समेत जिम्मेवारीपूर्वक विशेष सेवा प्रदान गरिदिन हुन उद्योगी/व्यवसायी मित्रहरुमा अनुरोध गर्दछौँ ।

प्रकाश मून्दडा
अध्यक्ष, एवं
मोरंग व्यापार संघ परिवार
विराटनगर