Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2078.01.30 – मोरंग व्यापार संघको अपिल तथा अनुरोध

मुलुकमा हाल कोभिड १९ (दोश्रो लहर)को संक्रमण समुदायस्तरमा तिब्र गतिमा फैलिरहेकोमा त्यसको रोकथाम, नियन्त्रण र समयमै स्वास्थ्योपचारका कार्यहरु शिघ्रताका साथ अघि बढाउनु पर्ने आवश्यक रहेसँगै सरकारले हाल विभिन्न स्थानहरुमा निषेधाज्ञा जारी गरेतापनि अस्पताल तथा स्वास्थ्य चौकीहरुमा संक्रमितहरुको चाप अत्याधिक रुपले बढिरहेको अवस्था छ । हाल अत्याधिक संख्यामा रहेका संक्रमितहरुको अवस्था जटिल बन्दै गई रहेको, मृत्युदर अत्याधिक बृद्धि भईरहेको तथा वैश्विक तथ्यांक अनुसार यस विनाशकारी महामारीबाट अत्यन्त प्रभावित प्रमुख १० मुलुकहरुको सूचिमा नेपाल समेत पर्न गएको अवस्थाले मुलुकमा ठूलो खतरा निम्तिएको संकेत दिएको छ ।

अतः मानव जीवन रक्षा चुनौतिपूर्ण बन्दै गई रहेको विद्यमान विषम् परिस्थितिले अझ विकराल रुप लिन सक्ने तथा मुलुकमा ठूलो दुर्घटना घट्न सक्ने प्रवल सम्भावनालाई मध्यनजर गरी हाल मुलुकमा कम्तिमा आगामी ७ (सात) दिनकालागि एवं आवश्यक परे थप समयावधिकालागि कडाईका साथ कफ्र्यू लागू गर्न हुन नेपाल सरकार समक्ष जोडदार अपिल गर्दछौँ । साथै, सरकारको सो कार्यमा पूर्ण साथ र सहयोग गरी मानव जीवन रक्षार्थ अग्रसर हुन सम्पूर्ण उद्योगी, व्यवसायी लगायत सर्वसाधारणहरुमा हार्दिक अनुरोध गर्दछौँ ।

(प्रकाश मून्दडा)
अध्यक्ष
मोरंग व्यापार संघ
विराटनगर