Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2078.02.01 – मोरंग व्यापार संघको हार्दिक अपिल

कोभिड १९ (दोश्रो लहर)को संक्रमण नेपालमा पनि तिब्र गतिले फैलिरहेकोमा त्यसको रोकथाम एवं नियन्त्रणार्थ सरकारले विभिन्न स्थानहरुमा निषेधाज्ञा लागू गरेतापनि हाल अस्पताल तथा स्वास्थ्य चौकीहरुमा संक्रमितहरुको चाप अत्याधिक रुपले बढेको, संक्रमितहरुको अवस्था जटिल बन्दै गएको, उपचारका सामग्रीहरुको अभावमा मृत्युदर बढेको एवं मानव जीवन रक्षा चुनौतिपूर्ण बन्दै गईरहेको अवस्थालाई मध्येनजर गरी यस संघले संक्रमितहरुका निम्ति आवश्यक स्वास्थ्योपचारका सामग्रीहरुको सहज उपलब्धता, आपूर्ति एवं समुचित व्यवस्थापनकालागि यथाशक्य साथ, सहयोग र सहजीकरण गर्दै विभिन्न अभियानहरुको थालनी गरेको जानकारी गराउँदछौँ ।

यसै सन्दर्भमा, हाल संक्रमितहरुको उपचारकालागि मुलुक भित्र्याइएका जीवनदायी औषधी (रेम्डेसिभिर (Remdesivir)) लगायत स्वास्थ्योपचारका श्रोत साधनहरुको उपलब्धता र व्यवस्थापनमा चरम अभाव देखिन थालेकोमा प्रत्येक संक्रमितलाई सहज, सरल र व्यवस्थित तवरले स्वास्थ्योपचारका सामग्रीहरु उपलब्ध गराउने व्यवस्था मिलाउन हुन संघीय, प्रदेश र स्थानीय सरकार, विभाग तथा शाखाहरु, सरकारी र निजी अस्पतालहरु, स्वास्थ्य चौकीहरु लगायत सम्बन्धित सबै निकायहरुमा जोडदार अपिल गर्दछौँ ।

(प्रकाश मून्दडा)
अध्यक्ष
मोरंग व्यापार संघ

मितिः २०७८ जेठ १ गते, शनिबार