Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2078.03.27 – संघमा प्रहरी प्रमुखज्यूहरुको स्वागत

मिति २०७८ आषाढ २७ गते, मोरंग व्यापार संघले सुरक्षा निकायका प्रमुखज्यूहरुको संघमा स्वागत गरी भेटघाट गरेको छ ।

संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यूको सभापतित्वमा आयोजित उक्त कार्यक्रम माप्रदेश नं. १ प्रहरी प्रमुखका रुपमा सरुवा भई आउनु भएका प्रहरी नायव महानिरिक्षक श्री अरुण कुमार बीसीज्यू, जिल्ला प्रहरी कार्यालय, मोरङमा सरुवा भई आउनु भएका प्रहरी उपरिक्षक श्री जनार्दन जिसीज्यू र प्रहरी नायव उपरिक्षक श्री दिपक श्रेष्ठज्यूको संघमा स्वागत गरी भेटघाट गरिएको थियो ।

कार्यक्रममा संघका अध्यक्ष श्री मून्दडाज्यूले जिल्लामा शान्ति सुरक्षा एवं सुशासन कायम राख्न मोरंग व्यापार संघले प्रहरी प्रशासनसँग निरन्तर समन्वय, सहयोग एवं सहकार्य गर्दै आएको बताउनु हुँदै सशक्त एवं सु–व्यवस्थित सुरक्षा व्यवस्थापनले औद्योगिक व्यवसायिक वातावरण फस्टाउन मद्दत पुग्ने तथा उद्योगी÷व्यवसायीहरुलाई सुरक्षाको अनुभूति हुने धारणा प्रकट गर्नु भएको थियो । साथै, अध्यक्ष श्री मून्दडाज्यूले लामो समयको बन्दाबन्दी र खुल्ला सिमामा हुने चोरी पैठारीका कारण स्थानीय बजारमा नकारात्मक प्रभाव पुगेको जनाउनु भई चोरी पैठारी नियन्त्रण र सुरक्षित बजार व्यवस्थापनका लागि प्रहरी प्रशासन भूमिका मुख्य रहने उल्लेख गर्नु हुँदै प्रहरी प्रमुखज्यूहरुको कार्यकालमा जिल्लाको शान्ति सुरक्षा अझ व्यवस्थित हुने अपेक्षा सहित शुभकामना दिनु भएको थियो ।

कार्यक्रममा उपस्थित रहनु भएका संघका पूर्व अध्यक्ष श्री शंकरलाल अग्रवालज्यूले यस क्षेत्रमा सरुवा भई आउनु भएका प्रहरी प्रशासनका प्रमुखहरुलाई संघमा एकै साथ स्वागत गरी भेटघाट गर्ने अवसर पाएकोमा खुशी व्यक्त गर्नु भई उत्कृष्ट एवं सभ्य समाजको पहिचान बोकेको विराटनगरमा वहाँहरुको सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो । साथै, निजी क्षेत्र र प्रहरी प्रशासनबीच संघले निरन्तर रुपले समन्वयात्मक भूमिका निर्वाह गर्दै आएको र कुनै समस्या हुँदा छलफल बाटै निराकरण गर्दै आएको जनाउनु भएको थियो ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष श्री नविन रिजालज्यूले प्रहरी प्रमुखज्यूहरु समक्ष संघका विगतका गतिविधिहरु लगायत कोभिड १९को संक्रामक अवस्थामा संघको समन्वयमा निर्मित कोभिड अस्पताल, संघद्वारा वितरित स्वास्थ्य सुरक्षा एवं स्वास्थ्योपचारका सामग्रीहरु तथा प्रहरी प्रशासनलाई पु¥याएको सहयोगहरु बारे उल्लेख गर्नु भई आगामी दिनमा पनि संघ र प्रहरी प्रशासनबीचको सुमधुर सम्बन्ध अझ प्रभावकारी ढंगले अघि बढ्ने विश्वास सहित वहाँहरुको कार्यकालको पूर्ण सफलताको कामना गर्नु भएको थियो ।

स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालना गर्दै संघका महासचिव श्री अनिलकुमार साहज्यूद्वारा संचालित उक्त कार्यक्रममा संघका उपाध्यक्षद्वय श्री अनुपम राठीज्यू र श्री विकास कुमार बेगवानीज्यू, कार्यसमिति सदस्य श्री मनिष मारुज्यू, संघको महिला उद्यम विकास समिति सदस्यश्री श्रुति शर्माज्यू लगायत उपस्थित कार्यसमितिका सम्पूर्ण सदस्यज्यूहरुले प्रहरी प्रमुखज्यूहरुको स्वागत एवं सफल कार्यकालको शुभकामना दिनु भएको थियो ।

सोही क्रममा मन्तव्य राख्नु हुँदै प्रहरी नायव महानिरिक्षक श्री अरुण कुमार बीसीज्यू, जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी उपरिक्षक श्री जनार्दन जिसीज्यू र प्रहरी नायव उपरिक्षक श्री दिपक श्रेष्ठज्यूले यस ऐतिहासिक नगरीमा सरुवा भएल गत्तै मुलुककै जेठो चेम्बरबाट आफूहरुलाई स्वागत गरिएकोमा आफूहरु अत्यन्त हर्षित भएको र हौसला प्रदान भएको जनाउनु भएको थियो । आ–आफ्नो मन्तव्य दिनु हुँदै वहाँहरुले संघको विगत देखिका गतिविधिहरु सह«ानीय रहेको तथा कोभिड महामारी, बाढी, दैवि प्रकोप आदि सबै कठिन परिस्थितिमा संघबाट भएका सहयोगहरु उदाहरणीय रहेको बताउनु भएको थियो । साथै, वहाँहरुले राजनैतिक तथा आर्थिक क्रान्तिबाट अघि आएको ऐतिहासिक शहर विराटनगरमा आफूहरुले कार्यभार सम्हाल्ने अवसर प्राप्त गरेकोमा यस क्षेत्रको महत्वलाई दृष्टिगत गर्दै यहाँ पृथक ढंगले शान्ति सुरक्षाको प्रत्याभूति गराउनेमा आफूहरु कटिबद्ध भई लागेको र सदैव साथ, सहकार्य र सहयोगी भावनाले अघि बढ्ने बताउनु भएको थियो ।