Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2078.04.03 – संघद्वारा शाखाहरु मार्फत राहत सामग्री वितरण

मिति २०७८ साउन ३ गते, मोरंग व्यापार संघले जिल्लाका आफ्ना शाखाहरुलाई खाद्य तथा स्वास्थ्य सुरक्षाका सामग्रीहरु वितरण गरेको छ । संघले जिल्लाका विभिन्न स्थानहरुमा कोभिड १९का कारण प्रभावित विपन्न तथा असहाय वर्गहरुलाई वितरण गर्ने उद्देश्यले आफ्ना नौ वटा शाखामार्फत उक्त राहत सामग्रीहरु हस्तान्तरण गरेको हो ।

मोरंग व्यापार संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यूको अध्यक्षतामा आयोजित उक्त कार्यक्रम संघका का.का. सदस्य एवं शाखा संयोजक श्री नवराज चापागाईज्यूले संयोजन गर्नु भएको थियो । कार्यक्रममा संघका अध्यक्ष श्री मून्दडाज्यूले आफ्ना शाखाहरु, सुन्दर हरैंचा उद्योग वाणिज्य संघ, पथरी उद्योग वाणिज्य संघ, लेटांग उद्योग वाणिज्य संघ, बेलवारी उद्योग वाणिज्य संघ, उर्लावारी उद्योग वाणिज्य संघ, मिक्लाजुंग व्यापार संघ, इटहरा उद्योग वाणिज्य संघ, केरावारी व्यापार प्रबन्ध समिति, रंगेली उद्योग वाणिज्य संघका अध्यक्ष एवं प्रतिनिधिज्यूहरुलाई चामल, दाल, तेल, विस्कुट, चाउचाउ, नुन, मास्कआदि सामग्रीहरु सहितको करिब ४०० थान राहत सामग्रीहरु हस्तान्तरण गर्नु भएको थियो ।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष श्री पवनकुमार सारडाज्यू, वरिष्ठ उपाध्यक्ष श्री नविन रिजालज्यू, उपाध्यक्ष (उद्योग) श्री अनुपम राठीज्यू, महासचिव श्री अनिल कुमार साहज्यू, का.का.सदस्यहरु श्री संजय श्रेष्ठज्यू, श्री मनिष मारुज्यू, श्री विनित सिंघानियाज्यू, श्री सन्तनु रेग्मीज्यू लगायतको उपस्थिति रहेको थियो ।

२०७८ श्रावण ३ गते, आइतबार ।