Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2078.04.28 – प्रदेशस्तरीय बाल अस्पताल निर्माणार्थ मोरंग व्यापार संघलाई प्रस्ताव

मिति २०७८ श्रावण २८ गते, बिहीबार मोरंग व्यापार संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यूले संघमा पाल्नु भएका काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)का अध्यक्ष एवं वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोईरालाज्यू र नेपाली सेनाका उपरथी एवं सामाजिक अभियन्ता श्री अनन्त कार्कीज्यूलाई स्वागत गरी भेटघाट र छलफल गर्नु भएको छ ।

भेटघाटका क्रममा किओचका अध्यक्ष डा. भगवान कोईरालाज्यूले गैह«नाफामुलक र सेवामुलक संस्थाका रुपमा स्थापित काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)को परिचय दिनु हुँदै नेपालका सबै बालबालिकालाई सर्वसुलभ विशिष्टिकृत स्वास्थ्य सेवा पु¥याउने र बाल स्वास्थ्यका क्षेत्रमा अध्ययन अनुसन्धान गर्ने इन्स्टिच्युटको मुख्य उद्देश्य रहेको बताउनु भएको थियो । सोहि क्रममा डा. कोईरालाज्यूले इन्स्टिच्युटले काठमाडौँमा श्रोत केन्द्रको रुपमा बहुविशिष्टीकृत सेवा सहितको अस्पताल र बाँकी सबै प्रदेशमा बाल अस्पताल निर्माण गरी संचालन गर्ने उद्देश्य समेत लिएको बताउनु हुँदै प्रदेश नं. १ मा झापाको दमकमा रेडक्रस भवन लिजमा लिई अत्याधुनिक सेवा सहित दक्ष प्राविधिकहरुबाट संचालन हुने सो बाल अस्पतालको निर्माण कार्यमा मोरंग व्यापार संघबाट सहयोग गरिदिन संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यूलाई प्रस्ताव अनुरोध गर्नु भएको थियो ।

मोरंग व्यापार संघले विराटनगरमा समय सान्दर्भिक र दु्रत गतिमा प्रविधियुक्त सुविधा सम्पन्न कोभिड अस्पताल निर्माण गर्न नागरिक केयर सेन्टर मार्फत पु¥याएको योगदान अत्यन्त प्रशंसनीय र अतुलनीय रहेको उदृत गर्नु भई डा. कोईरालाज्यूले किओचको सो प्रदेशस्तरीय बाल अस्पताल निर्माणका लागि समेत मोरंग व्यापार संघबाट सोही अनुरुपको सहयोग र समन्वय गरिदिन अनुरोध गर्नु भएको थियो ।

डा. कोईरालाज्यूले प्रदेश नं. १ को बाल अस्पताल निर्माणार्थ किओचका कार्य योजनाहरु तयार पारी आगामी दिनमा संघलाई प्रस्तुत गरिने बताउनु भएकोमा संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यू सहित पूर्व अध्यक्ष श्री महेश जाजूज्यूले सो बाल अस्पताल निर्माणका लागि संघबाट यथाशक्य साथ, सहयोग एवं समन्वय गर्ने आश्वासन दिनु भएको थियो ।

कार्यक्रममा मोरंग व्यापार संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यू, पूर्व अध्यक्ष एवं केयर सेन्टरका वरिष्ठ उपाध्यक्ष श्री महेश जाजूज्यू, किओचका अध्यक्ष डा. भगवान काईरालाज्यू, नेपाल सेनाका उपरथी श्री अनन्त कार्कीज्यू सहित उद्योग संगठन मोरङका निर्वतमान अध्यक्ष एवं केयर सेन्टरका उपाध्यक्ष श्री भीम घिमिरेज्यू र मोरंग व्यापार संघका वरिष्ठ उपाध्यक्ष श्री नवीन रिजालज्यू, पदाधिकारीज्यूहरु र का.का. सदस्यज्यूहरुको उपस्थिति रहेको थियो ।

२०७८ श्रावण २८ गते, बिहीबार