Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2078.06.03 – मोरङका प्र.जि.अ.श्री कोशहरी निरौलाज्यूको विदाई

मोरङका प्रमुख जिल्ला अधिकारी श्री कोशहरी निरौलाज्यूको विदाई

मिति २०७८ असोज ३ गते, आइतबारका दिन मोरंग व्यापार संघका का.वा. अध्यक्ष श्री नविन रिजालज्यूको अध्यक्षतामा मोरङ जिल्लाबाट सरुवा भई जान लाग्नु भएका जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी श्री कोशहरी निरौलाज्यूलाई विदाई गरेको छ ।

उक्त कार्यक्रममा संघका कार्यवाहक अध्यक्ष श्री नविन रिजालज्यूले विदाई गर्दै विगतको विषम परिस्थितिमा पनि सक्षम नेतृत्व प्रदान गरी एउटा कुशल प्रशासकको भूमिका निर्वाह गर्न सफल हुनुभएको र आउँदो दिनहरुमा पनि उहाँको भूमिकाको उच्च कदर गर्दै उत्तरोत्तर प्रगति तथा सफलताको कामना गर्नुभयो ।

त्यसैगरी प्रमुख जिल्ला अधिकारी श्री कोशहरी निरौलाज्यूले मेरो आफ्नो कार्यकालमा मैले सम्भव भएसम्म सबै क्षेत्रलाई समेटि कार्य गर्ने प्रयत्न गरे र यसमा म कति सफल असफल भए यसको मूल्याकंन यहाँहरुले अवस्य नै गर्नुभएको होला । र विगतको विषम् परिस्थितिमा पनि स्थानिय उद्योगी व्यवसायीहरुसँग समन्वय गरी उद्योग व्यवसायलाई निरन्तर रुपमा संचालन गर्न उद्योगी व्यवसायीहरुका तर्फबाट पनि पूर्ण सहयोग पाएको मेरो विगतको अनुभव रहेको छ । यस कार्यमा यहाँहरुको समेत अथक प्रयास रहेको र आउँदा दिनहरुमा पनि म यहाँहरुका तर्फबाट यसरी नै साथ र सहयोग पाउने अपेक्षा लिएको छु ।

कार्यक्रममा उपस्थित संघका उपाध्यक्ष श्री अनुपम राठीज्यू, महासचिव श्री अनिल कुमार साहज्यू, सचिव श्री अनिल सारडाज्यू, का.का.सदस्यज्यूहरु श्री मनिष मारुज्यू, श्री बिनित सिंघानियाज्यू, श्री अमित सारडाज्यू, श्री संजय श्रेष्ठज्यू, सन्तनु रेग्मीज्यू लगायतले उहाँको आगामी कार्यकालको शुभकामना दिदै उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको थियो ।

मितिः २०७८ असोज ३ गते, आइतबार ।