Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2078.06.10 – संघमा प्रजिअको स्वागत

मिति २०७८ असोज १० गते, मोरंग व्यापार संघले जिल्ला प्रशासन कार्यालय, मोरङमा सरुवा भई आउनु भएका प्रमुख जिल्ला अधिकारी श्री काशीराज दाहालज्यूलाई संघमा स्वागत गरी भेटघाट गरेको छ ।

संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यूले प्रमुख जिल्ला अधिकारीज्यू सहित पाल्नु भएका सहायक प्रमुख जिल्ला अधिकारी श्री सरद कुमार पोखरेलज्यूलाई संघमा स्वागत गर्नु भई संघको परिचय तथा क्रियाकलापहरु बारे अवगत गराउनु भएको थियो ।

अध्यक्ष मून्दडाज्यूले मुलुककै जेठो उद्योग वाणिज्य संघ एवं नेपाल उद्योग वाणिज्य महासंघको संस्थापक सदस्यको रुपमा रहेको मोरंग व्यापार संघले विगत ७० वर्षदेखि औद्योगिक नगरी विराटनगर एवं मोरङ–सुनसरी औद्योगिक कोरिडोरका उद्योग–व्यवसाय प्रतिष्ठानहरुको हक, हित, संरक्षण, सम्वद्र्धन एवं विकासका लागि अग्रणी स्थानमा रही नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको तथा विगत लामो समय देखि नेपाल सरकार तथा जिल्ला प्रशासन कार्यालय, मोरङसँग संघले सहकार्य, समन्वय एवं सहयोग गर्दै प्रगाढ सम्बन्ध कायम राख्दै आएको बारे अवगत गराउनु भएको थियो । अध्यक्ष मून्दडाज्यूले संघले आफ्नो ७० वर्षे ईतिहासमा आर्थिक क्रियाकलापका साथै सामाजिक, शैक्षिक, सांस्कृतिक, स्वास्थ्य लगायत विभिन्न लोक कल्याणकारी कार्यहरुमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएको बताउनु हुँदै विगतका कोशी बाढी, सित लहर, बाढी पहिरो, आगलागी आदि विभिन्न दैवी प्रकोपका साथै कोभिड १९को महामारीमा संघले स्थानीय प्रशासनलाई उल्लेख्य योगदान पु¥याएको जानकारी गराउनु भई आगामी दिनमा समेत त्यस प्रकारका क्रियाकलापहरुलाई निरन्तरता दिँदै संघबाट प्र.जि.अ., स्थानीय प्रशासन तथा सरकारलाई हर प्रकारले साथ एवं सहयोग गर्ने धारणा व्यक्त गर्नु भएको थियो ।

सोही क्रममा अध्यक्षज्यूले हाल हिन्दुहरुको महान चाडपर्वहरु नजिकिरहेकाले व्यवसायिक केन्द्र विन्दु विराटनगर सहित आसपासका क्षेत्रमा उद्योगी/व्यवसायी र आम सर्वसाधारणहरुका लागि बजार व्यवस्थापन र आपूर्ति श्रृंखलालाई सहजीकरण गर्दैै बजार खोल्ने समयावधि बढाउन तथा शान्ति सुरक्षाको प्रत्याभूमि दिलाउन प्र.जि.अ.ज्यूबाट विशेष कदम चाल्न आग्रह गर्नु भई प्र.जि.अ. श्री काशीराज दाहालज्यू सहित स.प्र.जि.अ. श्री सरद कुमार पोखरेलज्यूहरुको मोरङ जिल्लाको कार्यकालको पूर्ण सफलताको कामना गर्नु भएको थियो ।
महासचिव श्री अनिल कुमार साहज्यूद्वारा संचालित उक्त कार्यक्रममा संघका निर्वतमान अध्यक्षज्यू श्री पवन कुमार सारडाज्यू, पूर्व अध्यक्ष श्री महेश कुमार जाजूज्यू, वरिष्ठ उपाध्यक्ष श्री नवीन रिजालज्यू सहित पदाधिकारीज्यूहरु, कार्यसमिति सदस्यज्यूहरु, का.का. सदस्यज्यूहरु तथा महिला उद्यम विकास समिति सदस्यज्यूहरुले समेत सबै दृष्टिकोणले सक्रीय रहँदै आएको मोरङ जिल्लामा वहाँहरुको कार्यकाल उत्साहजनक रुपले सफलता हासिल गरोस् भन्ने शुभकामना व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा स.प्र.जि.अ. पोखरेलज्यूले संघका क्रियाकलापहरु बारे आपूm पनि जानकार रहँदै आएको उदृत गर्नु हुँदै संघका त्यस प्रकारका गतिविधिहरु प्रशंसनीय रहेको बताउनु भएको थियो । त्यसैगरी, कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्री काशीराज दाहालज्यूले आफूले विगत लामो समय देखि संगालेको अनुभवका वावजूद स्थानीय र उद्योगी÷व्यवसायीहरुको साथ, सहयोग र मायाले मात्र मोरङ जिल्लामा आफ्नो कार्यकाल सफल हुने हुँदा सोका लागि सबै पक्षलाई अनुरोध गर्नु भई आफ्ना कार्यकालमा संघसँगको सम्बन्ध अझ प्रगाढ गरिने तथा उद्योगी÷व्यवसायीहरुको हक, हित, संरक्षण, सम्वद्र्धनका लागि आवश्यक सुधारोन्मुख कार्यहरु क्रमिक रुपले अवलम्बन/कार्यान्वयन गरिँदै जाने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।

कार्यक्रमको अन्त्यमा, संघका अध्यक्षज्यूले स्वदेशी उत्पादनको प्रवदनार्थ संघद्वारा संचालित ‘मेरो देश, मेरै उत्पादन’ अभियानको टेवल स्टेन्ड प्र.जि.अ.ज्यूलाई प्रदान गर्नु भएको थियो ।