Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2078.06.14 – मुलुकका राष्ट्र प्रमुखज्यूहरु सहित उच्च पदस्थ व्यक्तित्वहरुलाई ‘मेरो देश, मेरै उत्पादन’ अभियानको प्रवद्र्धन गर्न आग्रह

मिति २०७८ असोज १४ गते, बिहिबार, मोरंग व्यापार संघ र उद्योग संगठन मोरङका पदाधिकारीज्यूहरु र पूर्व अध्यक्षज्यूहरु सहितको टोलीले मुलुकका राष्ट्र प्रमुखज्यूहरु सहित नेपाल सरकारका उच्च पदस्थ व्यक्तित्वहरुसँग प्रत्यक्ष भेट गरी संघ–संगठनद्वारा संचालित ‘मेरो देश, मेरै उत्पादन’ अभियानलाई सरकार पक्षबाट समेत प्रवद्र्धन गर्न आग्रह गर्दै अभियानका प्रवर्दनात्मक सामग्रीहरु, निमोनिक लोगो सहितको फ्रेम र टेवल स्टेन्डहरु हस्तान्तरण गरेको छ ।

मोरंग व्यापार संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यू र उद्योग संगठन मोरङका अध्यक्ष श्री सुयस प्याकुरेलज्यूको नेतृत्वमा दुवै संघ–संगठनका पदाधिकारीहरु र पूर्व अध्यक्षहरु सहित काठमाडौँ गएको टोलीले मुलुकको आर्थिक मेरुदण्डीय स्वदेशी उद्योगहरुको हक, हित, संरक्षण, सम्वद्र्धन र विकासका लागि स्वदेशी उत्पादनको खपतमा जोड दिनु पर्ने अवधारणाका साथ संघ–संगठनद्वारा थालिएको ‘मेरो देश, मेरै उत्पादन’ अभियानलाई सरकारले पनि आत्मसात गरी त्यसको देशव्यापी प्रवद्र्धन र जनचेतना जागरण कार्यमा साथ र सहयोग गर्नु पर्ने बताउँदै सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यू, सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाज्यू, माननीय अर्थ मन्त्री जर्नादन शर्माज्यू र नेपाल सरकारका उच्च पदस्थ व्यक्तित्वहरुलाई प्रत्यक्ष भेट गरी अनुरोध गरेको छ ।

राष्ट्र प्रमुखज्यूहरु तथा सरकारका उच्च पदस्थ व्यक्तित्वहरुसँगको भेटघाटका क्रममा अध्यक्ष श्री मून्दडाज्यूले ‘मेरो देश, मेरै उत्पादन’ अभियानले स्वदेशी उत्पादनको खपतलाई प्राथमिकता दिई स्वदेशी उद्योगहरुको स्थायित्व कायम गराउन विशेष भूमिका खेल्ने बताउनु हुँदै अभियान साकार भए मुलुकको स्वदेशी उत्पादकत्व वृद्धि, रोजगारीका पर्याप्त अवसरहरु श्रृजना, स्वदेशका बौद्धिक सम्पत्तिको संरक्षण, नवप्रवर्तन÷ आविस्कार एवं सिर्जनशिलता प्रोत्साहन, व्यापार घाटा न्यूनिकरण, आयात प्रतिस्थापन तथा मुलुक आत्मनिर्भर हुनुका साथै आर्थिक समृद्धि र दीर्घकालिन उपलब्धीहरु हासिल हुने तथा आर्थिक रुपान्तरण भई मुलुक गतिशील अर्थतन्त्र तर्फ उन्मूख हुने भएकाले त्यसका लागि सरकार सहित सबै पक्ष एक्यवद्ध भई अघि बढ्नु पर्ने धारणा व्यक्त गर्नु भएको थियो ।

संघका अध्यक्ष श्री मून्दडाज्यूले स्वदेशी उद्योगहरु हाल कोभिड १९ लगायत विभिन्न कारणले सिथिल हुँदा मुलुकको स्वदेशी उत्पादकत्व सहित समग्र अर्थतन्त्र मै ठूलो ह«ास आएको उदृत गर्नु हुँदै विद्यमान अवस्थामा स्वदेशी उद्योगहरुको संरक्षण, सम्वद्र्धन र विकास कार्यलाई प्राथमिकताका साथ अघि बढाउन जोड दिनु भएको थियो । साथै, अध्यक्ष मून्दडाज्यूले स्वदेशी उत्पादकत्व अभिवृद्धि र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्न मुलुक तिव्र औद्योगिकरणको बाटोमा अग्रसर हुन नितान्त आवश्यक रहेको बताउनु भई औद्योगिकरण मार्फत विद्यमान अर्थतन्त्रको सुदृढिकरण तथा विकासका लागि सरकारबाट तत्कालै ठोस नीतिहरु अवलम्बन गर्न अनुरोध गर्नु भएको थियो ।

सोही अवसरमा टोलीले निजी क्षेत्रहरुको छाता संस्था, नेपाल उद्योग वाणिज्य महासंघमा गई अध्यक्ष श्री शेखर गोल्छाज्यूलाई समेत अभियानका प्रवद्र्धनात्मक सामग्रीहरु हस्तान्तरण गरी सहयोगका लागि अनुरोध गरेको छ ।

देशव्यापी प्रवद्र्धन गरिने सो अभियानले उपभोक्ता वर्गमा जनचेतनाका लागि निम्न ४ बुँदे प्रतिवद्धताहरु तयार पारी प्रचार–प्रसार गरिरहेको छः १. मेरो पहिलो रोजाई स्वदेशी उत्पादन हो, २. म आफूलाई दैनिक आवश्यक पर्ने वस्तु तथा सेवाहरु सकेसम्म स्वदेशी नै प्रयोग गर्छु, ३. म छिमेकी, साथीभाई इष्ट मित्र सबैलाई स्वदेशी उत्पादन प्रयोग गर्न प्रेरित गर्छु, ४. म स्वदेशी उत्पादन प्रति गर्व गर्छु र स्वदेशी उत्पादनको प्रवद्र्धनका माध्यमबाट आर्थिक समृद्धि हासिल हुने कुरामा विश्वास गर्छु ।

२०७८ असोज १४ गते, बिहिबार