Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2078.06.21 – नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक श्री कुलमान घिसिङ्गज्यू समक्ष विद्युत आपूर्ति सम्बन्धित सुझावहरु प्रस्तुत

२०७८ असोज २१ गते, बिहिबार, विराटनगर पाल्नु भएका नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक श्री कुलमान घिसिङ्गज्यू सहित प्रादेशिक कार्यालय, प्रदेश नं. १का निर्देशकज्यूसँग यस संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यूले भेटघाट गर्नु भई मोरङ–सुनसरी आर्थिक कोरिडोरका उद्योगी÷व्यवसायीहरुको विद्युत सम्बन्धित समस्या र त्यसका समाधानका लागि सुझावहरु प्रस्तुत गर्नु भएको छ ।

संघका अध्यक्ष श्री मून्दडाज्यू सहित निर्वतमान अध्यक्ष श्री पवन कुमार सारडाज्यू र सचिव श्री अनिल सारडाज्यूले सोही अवसरमा प्राधिकरणका प्रबन्ध निर्देशकज्यूलाई ‘मेरो देश, मेरै उत्पादन’ अभियानको निमोनिक लोगो सहितको फ्रेम र टेवल स्टेन्ड समेत हस्तान्तरण गर्नु भएको थियो ।