Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2078.07.03 – संघद्वारा प्रमुख कर अधिकृतको विदाई

आज मिति २०७८ कार्तिक ३ गते, बुधबार मोरंग व्यापार संघले आन्तरिक राजस्व कार्यालय, विराटनगरबाट सरुवा हुनु भएका प्रमुख कर अधिकृत श्री विमल सापकोटाज्यूको विदाई गरेको छ ।

संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यूको अध्यक्षतामा संघमा आयोजित विदाई कार्यक्रममा पाल्नु भएका प्रमुख कर अधिकृत श्री विमल सापकोटाज्यूलाई अध्यक्ष श्री मून्दडाज्यूले संघमा स्वागत गर्नु भई वहाँको सरल एवं मिलनसार स्वभावले यस क्षेत्रका उद्योगी÷ व्यवसायीहरुलाई त्रास रहित कर प्रशासनको अनुभूति गराएको तथा कर सम्बन्धी कार्यहरु सहज, सरल एवं पारदर्शी तवरले सम्पन्न गर्न विशेष मद्दत पुगेको बताउँदै वहाँको कार्यशैलीको प्रशंसा गर्नु भई आगामी दिनका वहाँका कार्यकालको पूर्ण सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा संघका उद्योग उपाध्यक्ष श्री अनुपम राठीज्यू, वाणिज्य उपाध्यक्ष श्री विकास बेगवानीज्यू, महासचिव श्री अनिल कुमार साहज्यू, सचिव श्री अनिल कुमार सारडाज्यू लगायतले कर प्रमुख सापकोटाज्यू समक्ष आ–आफ्नो मन्तव्य राख्नु हुँदै वहाँका मार्गदर्शन सिद्धान्तले उद्योगी÷व्यवसायीलाई लेखा प्रणाली अझ व्यवस्थित राख्न प्रेरित गरेको, औद्योगिक÷व्यवसायिक गतविधिहरुलाई करमैत्री र सन्तुलित राख्न मद्दत पुगेको, आत्मीयता र भावनात्मक व्यवहारले करमैत्री मानसिकताको विकास भएको तथा वहाँको २ वर्षे कार्यकाल पूर्ण रुपले सफल भएको बताउँदै बधाई ज्ञापन गरी वहाँका आगामी दिनका सफल कार्यकालका लागि शुभकामना दिनु भएको थियो ।

मन्तव्यका क्रममा प्रमुख कर अधिकृत श्री विमल सापकोटाज्यूले विराटनगर जस्तो ऐतिहासिक औद्योगिक÷व्यवसायिक थलोमा कर प्रमुख भई आफ्नो कार्यभार सम्हाल्न पाएकोमा खुशी व्यक्त गर्दै उद्योगी÷व्यवसायीहरुको साथ र सहयोगबाटै आफ्नो कार्यकाल सफल हुन पुगेको बताउनु भएको थियो । कर प्रमुख श्री सापकोटाज्यूले संघको सहयोगमा आफूले निजी क्षेत्रसँग निरन्तर रुपले समन्वय गर्दै आएकोमा आफ्ना कार्यहरु सम्पादन गर्न अत्यन्त सहज भएको बताउँदै संघलाई धन्यवाद ज्ञापन गर्नु भई आगामी दिनमा समेत त्यसै प्रकारले अघि बढ्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।

संघका महासचिव श्री अनिल कुमार साहज्यूद्वारा संचालित सो कार्यक्रमको अन्त्यमा अध्यक्ष श्री प्रकाश मून्दडाज्यूले कर प्रमुख श्री विमल सापकोटाज्यूलाई संघको तर्फबाट मायाँको चिनो र ‘मेरो देश, मेरै उत्पादन’ अभियानको टेवल स्टेन्ड प्रदान गरी विदाई गर्नु भएको थियो ।

२०७८ कार्तिक ३ गते, बुधबार