Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2078.10.18 – रेल्वे यार्ड निर्माण कार्य शिघ्र सम्पन्न गर्न संघको पहल

आज मिति २०७८ माघ १८ गते, मंगलबार मोरंग व्यापार संघका अध्यक्ष श्री नवीन रिजालज्यू सहित पदाधिकारीज्यूहरु र कार्यसमिति सदस्यज्यूहरुले विराटनगरको आई.सी.पी. स्थित निर्माणाधिन रेल्वे यार्डको निरीक्षण गर्नु भएको छ । संघको विगतका निरन्तर पहलबाट थालनी भएको आई.सी.पी.को निर्माण कार्य अन्तरगत हाल आई.सी.पी., विराटनगर संचालनमा आई सकेको छ भने सो सम्मको रेल्वे यार्डको निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।

निरीक्षणका क्रममा अध्यक्ष श्री नवीन रिजालज्यूले हाल रेल्वे यार्ड देखि आई.सी.पी., विराटनगरसम्मका लागि आवश्यक सडक र थप अन्य पूर्वाधारहरु विस्तार गर्ने कार्यहरु अघि बढि रहेको र आगामी मार्च २०२२ सम्म सम्पन्न गर्न पहल भई रहेको बताउनु भएको थियो । त्यसका साथै, अध्यक्ष श्री रिजालज्यूले आई.सी.पी. सम्म रेल्वे कार्गो संचालनका लागि समेत संघले पहल थालेको र सोका लागि आवश्यक दुई देश बीचको सम्झौता कार्य यथाशिघ्र टुंग्याउन नेपाल र भारत सरकार समक्ष पहल भई रहेको बताउनु भएको थियो ।

अध्यक्ष श्री नवीन रिजालज्यूको नेतृत्वमा गएको संघको उक्त टोलीमा वरिष्ठ उपाध्यक्ष श्री अनुपम राठीज्यू, सचिव श्री संजय श्रेष्ठज्यू, का.का. सदस्यज्यूहरु श्री दिपेश सुवेदीज्यू, श्री अमित सारडाज्यू, श्री शुशिल सुरानाज्यू, श्री अमित राठीज्यू लगायतको सहभागिता रहेको थियो ।

२०७८ माघ १८ गते, मंगलबार ।