Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2078.10.23 – संघका टोली अररियाका डिएमसँग स्थलगत निरीक्षणमा

मोरंग व्यापार संघका टोली अररियाका डिएमसँग स्थलगत निरीक्षणमा


आज मिति २०७८ माघ २३ गते, आइतबारका दिन मोरंग व्यापार संघको पहल पश्चात मिरगञ्ज पुल र विराटनगर नाकाको वैकल्पिक मार्ग बारे स्थलगत निरीक्षणका लागि जोगबनी पाल्नु भएका भारतका अररियाका डिष्ट्रिक्ट मजिस्ट्रेट श्री प्रशान्त कुमार सि.एच.ज्यू, Forbesgunj  का SDO सहित LPAI र NHAIका अधिकारीहरुसँग निरीक्षणका क्रममा संघमा अध्यक्ष श्री नवीन रिजालज्यू, पदाधिकारीज्यूहरु एवम् कार्यसमिति सदस्यज्यूहरु सहितको टोली ।


साथै संघको टोलीले Land Customs station, jogbani का असिष्टेट कमिशनरलाई समेत भेट गरी मोरङ–सुनसरी आर्थिक कोरिडोरका उद्योगी व्यवसायीहरुले भोगिरहेका समस्याहरु बारे ज्ञापन बुझाएको थियो ।

२०७८ माघ २३ गते, आइतबार