Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2078.10.28 – महिला उद्यम समितिद्वारा कम्बल वितरण

महिला उद्यम समितिद्वारा कम्बल वितरण


आज मिति २०७८ माघ २८ गते, शुक्रबारका दिन मोरंग व्यापार संघको महिला उद्यम समितिद्वारा मोरङको बुढीगंगा गाउँपालिका वडा ५ स्थित विभिन्न स्थानमा कम्बल वितरण गरेको छ । महिला उद्यम समितिका संयोजक श्रीमती वन्दना जैनज्यूको नेतृत्वमा गएको टोलीले उक्त वडाका सुक्चर टोल, पोठिया वडा कार्यालय टोल र लवटोलियाका ५० घर परिवारका गरिव, असहाय र एकल महिलाहरुलाई ५० थान कम्बल वितरण गरेको हो । 


बुढीगंगा गाउँपालिका वडा ५ का वडा अध्यक्ष श्री रमेश कुमार खनालज्यूको समन्वयमा आयोजना गरिएको उक्त कार्यक्रममा महिला उद्यम समितिका सदस्य श्रीमती साधना झाज्यू, श्री श्रृति शर्माज्यू, श्रीमती जीना श्रेष्ठज्यू र संघका प्रमुख कार्यकारी अधिकृत श्री कृष्ण रेग्मीज्यूको उपस्थिति रहेको थियो ।


२०७८ माघ २८ गते, शुक्रबार ।