Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2078.11.09 – पुलको निरीक्षण

मिति २०७८ फागुन ९ गते, सोमाबारका दिन संघका अध्यक्ष श्री नवीन रिजालज्यूले संघको पहलमा भारतको बथनाहा स्थित मिरगञ्ज पुलको विकल्पमा निर्मित नयाँ पुलको अवलोकन गरी पछिल्लो अवस्था बारे जानकारी लिनु भएको छ । निरीक्षणको क्रममा अध्यक्षज्यूले सो नयाँ पुललाई अस्थायी रुपमा संचालनमा ल्याउन संघको पछिल्लो माग बमोजिम पुलको दक्षिण तर्फको निर्माण कार्यमा प्रगति भएको जनाउँदै अब केही मिटरसम्म अस्थाई बाटो निर्माण भए पुलको पूर्व तर्फको लेन संचालनमा ल्याउन सकिने बताउनु भएको छ । साथै, अध्यक्ष नवीन रिजालज्यूले पुल निर्माणका लागि द्रुतगतिमा भएको पछिल्लो प्रगतिका लागि भारतका सम्बन्धित निकायबाट भएका सकारात्मक कदमहरुका लागि धन्यवाद व्यक्त गर्दै आगामी कार्यहरुका लागि सम्बन्धित निकायहरुमा पहल भई रहेको बताउनु भएको छ ।