Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2078.11.09 – संघका अध्यक्षज्यूबाट उद्घाटन

संघका अध्यक्षज्यूबाट उद्घाटन

मिति २०७८ फागुन ९ गते, सोमबारका दिन मोरंग व्यापार संघका अध्यक्ष श्री नवीन रिजालज्यूले विराटनगरमा संचालनमा आएको हाइलेक्स सेनिटरीको समेत उद्घाटन गर्नुभएको छ । हाइलेक्सका निर्देशक विश्वनाथ आचार्यज्यूको अनुरोधमा संघका अध्यक्ष श्री रिजालज्यूले सो प्रतिष्ठानको उद्घाटन गर्ने क्रममा कोभिड महामारीबाट उद्योग तथा व्यवसाय क्षेत्र धारासायी भइरहेको अवस्थामा व्यवसाय क्षेत्रमा युवा समूहको उपस्थिति आउनु सुखद सन्देश रहेको बताउँदै उक्त प्रतिष्ठानका संचालकहरु श्री विश्वनाथ आचार्य, श्री जितेश कोइराला र श्री सुभाष भगतलाई बधाई तथा शुभकामना दिनु भएको थियो । हाल काठमाडौँ लगायत विभिन्न स्थानमा बिक्री कक्ष रहेको हाइलेक्सले प्रदेश नं. १को राजधानी विराटनगरमा समेत विक्री वितरण शरु गरेको छ ।