Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2078.11.21 – नेपाली काँग्रेसका नेताज्यूसँग संघमा स्वागत तथा छलफल

नेपाली काँग्रेसका नेताज्यूसँग संघमा स्वागत तथा छलफल

मिति २०७८ फागुन २१ गते, शनिबार मोरंग व्यापार संघका अध्यक्ष श्री नवीन रिजालज्यूको अध्यक्षतामा नेपाली काँग्रेसका नेता माननीय डा. मिनेन्द्र रिजालज्यू, केन्द्रिय सदस्य डा. शेखर कोइरालाज्यू, केन्द्रिय सदस्य श्री चन्द्र भण्डारीज्यू, युवा नेता श्री गुरुराज घिमिरेज्यू, श्री डिग बहादुर लिम्बुज्यू लगायत नेपाली काँग्रेसका प्रतिनिधिज्यूहरुलाई संघमा स्वागत तथा भेटघाट कार्यक्रमको आयोजना गरिएको थियो । संघका अध्यक्ष श्री नवीन रिजालज्यू लगायत पूर्वअध्यक्षज्यू, पदाधिकारीज्यूहरु एवम् कार्यसमितिज्यूहरुले मुलुकको वर्तमान आर्थिक अवस्था लगायत भारतीय क्षेत्रमा रहेको मिरगंज पुलको अविलम्ब निर्माण सम्पन्न गराइदिन नेपाल सरकारका तर्फबाट पहल गरिदिन हुनका लागि ज्ञापन पत्र बुझाएको थियो ।
कार्यक्रममा संघका पूर्वअध्यक्षज्यू, नेपाली काँग्रेसका प्रतिनिधिज्यूहरु, संघका पदाधिकारीज्यूहरु तथा कार्यसमिति सदस्यज्यूहरु एवम् महिला उद्यम समितिका सदस्यज्यूहरुको उपस्थितिमा रहेको थियो ।