Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2078.11.23 – BIZ TALK ‘अर्थ व्यापार संवाद–समृद्धिका लागि’

BIZ TALK ‘अर्थ व्यापार संवाद–समृद्धिका लागि’

मिति २०७८ फागुन २३ गते, सोमबार हाल मुलुकमा तरलता अभावका कारण समग्र क्षेत्र प्रभावित भईरहेको सन्दर्भमा मोरंग व्यापार संघले BIZ TALK ‘अर्थ व्यापार संवाद–समृद्धिका लागि’ अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो ।
आर्थिक तरलताको अभाव (Cash Crunch) संवाद कार्यक्रमबाट आएका यथार्थपरक समस्या र समाधानका उपायहरु समेटी आगामी दिनमा सरकारका सम्बन्धीत निकायहरुलाई दिशानिर्देश गर्ने अभिप्रायले थालनी गरिएको उक्त संवाद कार्यक्रममा डा. भेष प्रसाद धमलाज्यू, प्रा.डा. पि.के. झाज्यू र प्रा.डा. बेदराज आचार्यज्यूको प्यानलिष्ट रहेको थियो ।
कार्यक्रममा संघका अध्यक्ष श्री नवीन रिजालज्यूले उपस्थित सम्पूर्ण महानुभावज्यूहरुलाई स्वागत गर्नुभएको थियो । युवा उद्यम समितिका संयोजक श्री ओम प्रकाश शर्माज्यूको संयोजकत्वमा आयोजित कार्यक्रममा संघका पदाधिकारीज्यूहरु, कार्यसमिति सदस्यज्यूहरु, महिला उद्यमी समिति सदस्यज्यूहरु, उद्योगी व्यवसायीज्यूहरु, विभिन्न बैंक तथा वित्तिय संस्थाका प्रतिनिधिज्यूहरु र संचारकर्मीज्यूहरुको सहभागितामा आयोजित कार्यक्रमको संचालन डा. सन्देश दास श्रेष्ठज्यूले गर्नुभएको थियो ।