Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2078.11.25 – Empowering Women in the field of digitalization Interactive Session कार्यक्रम

मिति २०७८ फागुन २५ गते, बुधबार मोरंग व्यापार संघ, महिला उद्यम समिति र ई–सेवाको संयुक्त आयोजनामा आयोजित Empowering Women in the field of digitalization Interactive Session सम्बन्धी कार्यक्रमको आयोजना गरिएको थियो । संघका अध्यक्ष श्री नवीन रिजालज्यूको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि प्रदेश नं. १ सामाजिक विकास मन्त्रालयकी राज्यमन्त्री माननीय विष्णु तुम्बाहाम्फेज्यू हुनुहुन्थ्यो । विभिन्न क्षेत्रका महिलाहरुको सहभागितामा आयोजित कार्यक्रममा संघका सचिव श्री संजय श्रेष्ठज्यू, कार्यसमिति सदस्य श्री दिपेश सुवेदीज्यू, श्री गोपाल अग्रवालज्यू, महिला उद्यम समितिका संयोजक श्रीमती बन्दना जैनज्यू, ई–सेवा विराटनगरका प्रमुख झलक सुब्बाज्यू त्यसैगरी महिला उद्यम समितिका श्रीमती साधना झाज्यू, श्रीमती नम्रता रिजालज्यू, श्रीमती जिना श्रेष्ठज्यू, कार्यक्रम संचालिका सुश्री जिना कार्कीज्यू लगायत संचारकर्मीज्यूहरुको सहभागिता रहेको थियो ।