Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2078.1108 – सेनिटाइजर तथा मास्क वितरण

सेनिटाइजर तथा मास्क वितरण

मिति २०७८ फागुन ८ गते, आइतबारका दिन मोरंग व्यापार संघ, महिला उद्यम समितिले परोकार घाट स्थित सयपत्री परोपकार आधारभूत विद्यालयमा अध्ययनरत विपन्न तथा असहाय बालवालिकालाई लक्षीत गरि मास्क र सेनिटाईजर वितरण गरेको छ । महिला उद्यम समितिका संयोजक श्रीमती वन्दना जैनज्यूको नेतृत्वमा गएको टोलीले सेनिटाइजर ५ लिटरको (१ जार) र ५०० एम.एल. (५ वटा), बेबी मास्क २५० थान (५ प्याकेट) विद्यालयका प्रधानाध्यापक श्री सिता दाहालज्यूलाई हस्तान्तरण गरेको हो । विद्यालयका करिव ६५ जना विद्यार्थीहरु लागि वितरण गरिएको मास्क तथा सेनिटाइजर कार्यक्रममा महिला उद्यम समितिका सदस्य श्रीमती जीना श्रेष्ठज्यू, श्रीमती सुची चौधरी र संघका प्रमुख कार्यकारी अधिकृत श्री कृष्ण रेग्मीज्यूको उपस्थिति रहेको थियो ।