Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2078.12.02 – संघका अध्यक्ष सहित निवर्तमान र पूर्वअध्यक्ष सम्मानित

संघका अध्यक्ष सहित निवर्तमान र पूर्वअध्यक्ष सम्मानित

आज मिति २०७८ चैत्र २ गते, बुधबार नारदमुनी पवित्रादेवी स्मृति कोषले मोरंग व्यापार संघका अध्यक्ष श्री नवीन रिजालज्यू सहित निवर्तमान अध्यक्ष श्री प्रकाश मून्दडाज्यू र पूर्वअध्यक्ष श्री महेश जाजूज्यूलाई आफ्नो सतकर्म प्रयासबाट समाजका विभिन्न क्षेत्रमा पु¥याउनु भएको योगदान, विभिन्न क्षेत्रमा गर्नुभएको समाज सेवा तथा नेपाली औद्योगिक क्षेत्रमा पु¥याउनु भएको योगदानको कदर गर्दै दोसल्ला ओढाई सम्मान पत्रले सम्मानित गरिएको छ ।

आज आयोजित सो कोषको छात्रावृति तथा पत्रकारिता पुरस्कार कार्यक्रम अन्तर्गत जिल कुमारी पत्रकारिता पुरस्कार कोषका संरक्षक श्री छलपति लुइटेलले संघका अध्यक्ष श्री रिजालज्यू सहित निवर्तमान अध्यक्ष श्री मून्दडाज्यू र पूर्वअध्यक्ष जाजूज्यूलाई सम्मान गर्नुभएको थियो ।

सरस्वती उच्च मा.वि. झोराहटमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा संघका निवर्तमान अध्यक्ष श्री प्रकाश मून्दडाज्यू र विशिष्ठ अतिथिका रुपमा संघका अध्यक्ष श्री नवीन रिजालज्यू र का.का.सदस्य श्री आशिष जाजूज्यूको सहभागिता रहेको थियो ।

२०७८ चैत्र २ गते, बुधबार ।