Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2079.01.10 – नवनिर्वाचित नगर प्रमुख, उप–प्रमुख एवं वडा अध्यक्षज्यूहरुलाई संघमा स्वागत

नवनिर्वाचित नगर प्रमुख, उप–प्रमुख एवं वडा अध्यक्षज्यूहरुलाई संघमा स्वागत

मिति २०७९ जेष्ठ १० गते, मंगलबार मोरंग व्यापार संघका अध्यक्ष श्री नवीन रिजालज्यूको अध्यक्षतामा विराटनगर महानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख श्री नागेश कोईरालाज्यू, उप–प्रमुख श्री शिल्पा कार्कीज्यू एवं वडा अध्यक्षज्यूहरुलाई संघमा स्वागत गरी बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमा संघका पूर्व अध्यक्ष श्री ताराचन्द खेतानज्यू, पूर्व अध्यक्ष श्री नन्दकिशोर राठीज्यू लगायत संघका पदाधिकारीज्यूहरु, कार्यसमिति सदस्यज्यूहरु, महिला उद्यम समितिज्यूहरु, युवा उद्यम समितिज्यूहरु, उद्योगी व्यापारीज्यूहरु र संचारकर्मीज्यूहरुको सहभागिता रहेको थियो ।