Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2079.01.16 – वर्तमान विद्युत समस्या सम्बन्धी संघमा पत्रकार सम्मेलन

मिति २०७९ बैशाख १६ गते, शुक्रबार मोरंग व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ, प्रदेश नं. १ को संयुक्त आयोजनामा वर्तमान विद्युत समस्या सम्बन्धी संघमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । विगत केहि दिन देखि पूर्व सूचना बेगर औद्योगिक क्षेत्रमा १२ घण्टा भन्दा बढी विद्युत आपूर्ति अवरोध हुदै आएकोमा गत दुई दिन देखि २४ सै घण्टा विद्युत आपूर्ति ठप्प भएकोप्रति मोरंग व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ, प्रदेश १ को गम्भिर ध्यानाकर्षण भएको छ । उद्योग संचालनमा अक्सीजनको भूमिका निर्वाह गर्ने विद्यूतको निरन्तर आपूर्तिलाई प्राधिकरणको प्रतिष्ठा मै प्रश्न चिन्ह लाग्ने गरी कुनैपनि तालिका सार्वजनिक नगरी पटक पटक आपूर्ति वन्द गरिदिँदा उत्पादनको क्रममा रहेका कच्चा पदार्थहरु खेर जानुका साथै श्रमिकहरुको व्यवस्थापनमा समेत कठिनाई उत्पन्न भएको छ । यस्तो अवस्था रही रहेमा अति आवश्यक वस्तु लगायत सम्पूर्ण उत्पादन प्रकृयानै ठप्प भई आपूर्ति श्रृखंला अबरोध हुने तर्फ समेत सम्बन्धी निकायलाई सचेत गराउँदै हाल उत्पन्न समस्याको तत्काल समाधान गर्नका लागि सुझावहरु सहित सम्बन्धीत निकायलाई समस्या समाधान गर्नकालागि आग्रह गरिएको थियो । कार्यक्रममा संघका अध्यक्ष श्री नवीन रिजालज्यू, नेपाल उद्योग परिसंघ, प्रदेश नं. १ का अध्यक्ष श्री भीम घिमिरेज्यू र उद्योग संगठन मोरङका का.वा. अध्यक्ष श्री प्रदिप मुरारकाज्यू लगायत सम्बन्धीत संघ, परिसंघ र संगठनका पदाधिकारीज्यूहरु र कार्यसमिति सदस्यज्यूहरु र संचारकर्मीज्यूहरुको उपस्थित रहेको थियो ।